राष्ट्र सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
राष्ट्र सङ्घ

Société des Nations
१९२०–१९४६
राष्ट्र सङ्घको झण्डा
अर्ध-आधिकारिक झण्डा (सन् १९३८)
विश्व नक्साले २६ वर्षको इतिहासमा राष्ट्र सङ्घमा आवद्ध देशहरू देखाउँदै।
विश्व नक्साले २६ वर्षको इतिहासमा राष्ट्र सङ्घमा आवद्ध देशहरू देखाउँदै।
वस्तु-स्थितिअन्तर्राष्ट्रिय सङ्गठन
प्रधान कार्यालयजेनेभा[a]
आम भाषाहरूफ्रान्सेलीअङ्ग्रेजी
महासचिव 
• सन् १९२०–१९३३
एरिक ड्रुमोन्ड
• सन् १९३३–१९४०
जोसेफ आभ्नोल
• सन् १९४०–१९३६
सेआन लेस्टर
उपमहासचिव 
• सन् १९१९–१९२३
जँ मोने
• सन् १९२३–१९३३
जोसेफ आभ्नोल
• सन् १९३७–१९४०
सेआन लेस्टर
ऐतिहासिक कालप्रथम र दोस्रो विश्वयुद्धको बीचको अवधिमा
१० जनवरी १९२०
• प्रथम वैठक
१६ जनवरी १९२०
• विघटन
२० अप्रिल १९४६
उत्तरवर्ती
संयुक्त राष्ट्र सङ्घ
  1. ^ यसको प्रधान कार्यालय १ नोभेम्बर १९२० देखि पाले विल्सन, जेनेभामा अवस्थित थियो र १७ फेब्रुअरी १९३६ देखि यसको प्रधान कार्यालय पाले दे नास्योँमा निर्माण हुने भनिएको थियो जुन जेनेभामै अवस्थिति छ।

राष्ट्र सङ्घ, (फ्रान्सेली: Société des Nations), (उच्चारण:सोसियेते द नास्योँ), (अङ्ग्रेजी: League of Nations) (उच्चारण:लिग अफ नेसन्स), विश्वव्यापी पहिलो अन्तर्राष्ट्रिय सङ्गठन थियो जसको मुख्य उद्देश्य भनेको विश्व शान्ति कायम गर्नु थियो। यसको स्थापना १० जनवरी १९२० मा, पहिलो विश्व युद्धको समाप्ति र पेरिस शान्ति सम्मेलन पश्चात् भएको थियो[१] भने विघटन २० अप्रिल १९४६ मा, भएको थियो।[२]

सङ्गठनको सम्झौतामा गरिएको उल्लेख अनुसार यस संस्थाको प्राथमिक लक्ष्य भनेको सामूहिक सुरक्षा र निशस्त्रीकरण मार्फत युद्ध रोक्नु र वार्ता र मध्यस्थता मार्फत अन्तर्राष्ट्रिय विवाद समाधान गर्नु थियो। यस सम्बन्धित सन्धिहरूका अन्य सम्झौतामा श्रम अवस्था, जन्मजात बासिन्दाहरूको उपचार, मानव र लागूऔषधको तस्करी, हतियारको व्यापार, विश्वव्यापी स्वास्थ्य, युद्धबन्दी र युरोपमा अल्पसङ्ख्यकहरूको संरक्षण लगायतका बुँदाहरू पनि रहेका थिए। राष्ट्र सङ्घलाई २८ जुन १९१९ मा भर्सायको सन्धिको भाग १ को रूपमा हस्ताक्षर गरिएको थियो र यो १० जनवरी १९२० को बाँकी सन्धिसँगै प्रभावकारी भएको थियो। राष्ट्र सङ्घको परिषद्को पहिलो बैठक १६ जनवरी १९२० मा भएको थियो र सङ्घीय सभाको पहिलो बैठक १५ नोभेम्बर १९२० मा भएको थियो।[३] सन् १९१९ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति उड्रो विल्सनले राष्ट्र सङ्घको प्रमुख वास्तुकारको भूमिकाका लागि नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए।[४]

सङ्घको कूटनीतिक दर्शनले अघिल्ला सयौँ वर्षबाट मौलिक परिवर्तनलाई प्रतिनिधित्व गरेको थियो। राष्ट्र सङ्घमा आफ्नै सशस्त्र बलको अभाव रहेको थियो र प्रथम विश्व युद्धका विजयी राष्ट्र फ्रान्स, बेलायत, इटाली र जापान कार्यकारी परिषद्का स्थायी सदस्यहरू थिए भने यसको प्रस्ताव लागू गर्न, आर्थिक प्रतिबन्धहरूलाई कायम राख्न, वा आवश्यक अवस्थामा सेना उपलब्ध गराउन राष्ट्र सङ्घ ती राष्ट्रहरूमा निर्भर थियो भने महान् शक्तिहरू प्राय: त्यसो गर्न अनिच्छुक थिए।[५] स्वीकृतिले सङ्घीय सदस्यहरूलाई चोट पुर्‍याउन सक्ने अनुमान गर्दै राष्ट्रहरू त्यसलाई पालना गर्न हिचकिचाइरहेका थिए। दोस्रो इटाली-इथियोपिया युद्धको बेलामा, राष्ट्र सङ्घले इटालेली सैनिकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट आन्दोलनको चिकित्सकीय शिविरलाई निशाना बनाएको आरोप लगाएको थियो।

२८ सेप्टेम्बर १९३४ देखि २३ फेब्रुअरी १९३५ सम्म यसमा ५८ राष्ट्र आवद्ध भएका थिए। १९२० को दशकमा केही उल्लेखनीय सफलता र केही प्रारम्भिक असफलताहरू पश्चात्, राष्ट्र सङ्घ अन्ततः १९३० को दशकमा अक्ष शक्तिहरूको आक्रमणलाई रोक्न असमर्थ साबित भएको थियो। संयुक्त राज्य अमेरिका यसमा सामेल नहुनु, सोभियत सङ्घ यसमा ढिलो सामेल हुनु र फिनल्यान्डलाई आक्रमण गरे पश्चात् यसबाट सोभियत सङ्घको निष्कासन हुनुले यसको विश्वसनीयता माथि धक्का लागेको थियो।[६][७][८][९] जर्मनी जस्तै जापान, इटाली, स्पेन राष्ट्र सङ्घबाट पछि हटेका थिए। सङ्घले यसको प्राथमिक उद्देश्य प्राप्तिमा असफलता प्राप्त गरेको थियो जुन भविष्यको कुनै पनि विश्व युद्ध रोक्नको लागि महत्त्वपूर्ण कदम हुन सक्दथ्यो। दोस्रो विश्वयुद्धमा निम्त्याउनुमा राष्ट्र सङ्घको विफलता प्रमुख कारण थियो।[१०] राष्ट्र सङ्घ २६ वर्षसम्म चलेको थियो र दोस्रो विश्वयुद्धको अन्त्य पश्चात् संयुक्त राष्ट्र सङ्घले यसलाई प्रतिस्थापित गरेको थियोे र सङ्घले स्थापना गरेका धेरै संस्था र संगठनहरूलाई अधिकारमा ल्याएको थियो।[११]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "लोकसेवा प्रश्नोत्तर"। रातोपाटी। सङ्ग्रह मिति ९ डिसेम्बर २०२० 
  2. "1946: O fim da Liga das Nações", Deutsche Welle, २००७, अन्तिम पहुँच ११ de marzo de २००८ 
  3. "1920: Primeira assembléia da Liga das Nações", Deutsche Welle, २००७, अन्तिम पहुँच ११ de marzo de २००८ 
  4. "अमेरिकाका यी चार राष्ट्रपति र एक उप राष्ट्रपतिले प्राप्त गरेका थिए नोबेल शान्ति पुरस्कार"। उज्यालो नेटवर्क। सङ्ग्रह मिति ९ डिसेम्बर २०२० 
  5. "द्वन्द्व र शान्ति अध्ययन : नेपालमा यसको आवश्यकता र औचित्यता"। आँधीखोला अनलाइन। सङ्ग्रह मिति ९ डिसेम्बर २०२० 
  6. Osakwe, C O (१९७२), The participation of the Soviet Union in universal international organizations.: A political and legal analysis of Soviet strategies and aspirations inside ILO, UNESCO and WHO, Springer, पृ: ५, आइएसबिएन 978-9028600027 
  7. Pericles, Lewis (२०००), Modernism, Nationalism, and the Novel, Cambridge University Press, पृ: ५२, आइएसबिएन 9781139426589 
  8. Ginneken, Anique H. M. van (२००६), Historical Dictionary of the League of Nations, Scarecrow Press, पृ: १७४, आइएसबिएन 9780810865136 
  9. Ellis, Charles Howard (२००३), The Origin, Structure & Working of the League of Nations, Lawbook Exchange Ltd, पृ: १६९, आइएसबिएन 9781584773207 
  10. "के फेरि अर्को विश्वयुद्ध होला ?"। इ रातो खबर। सङ्ग्रह मिति ९ डिसेम्बर २०२० 
  11. संयुक्त राष्ट्रसङ्घ - एक परिचय।बीबीसी

बाह्य कडीहरू[सम्पादन गर्ने]