राष्ट्र सङ्घ
राष्ट्र सङ्घ Société des Nations | |||||||
|---|---|---|---|---|---|---|---|
| १९२०–१९४६ | |||||||
|
अर्ध-आधिकारिक झण्डा (सन् १९३८) | |||||||
विश्व नक्साले २६ वर्षको इतिहासमा राष्ट्र सङ्घमा आवद्ध देशहरू देखाउँदै। | |||||||
| वस्तु-स्थिति | अन्तर्राष्ट्रिय सङ्गठन | ||||||
| प्रधान कार्यालय | जेनेभा[a] | ||||||
| आम भाषाहरू | फ्रान्सेली र अङ्ग्रेजी | ||||||
| महासचिव | |||||||
• सन् १९२०–१९३३ | एरिक ड्रुमोन्ड | ||||||
• सन् १९३३–१९४० | जोसेफ आभ्नोल | ||||||
• सन् १९४०–१९३६ | सेआन लेस्टर | ||||||
| उपमहासचिव | |||||||
• सन् १९१९–१९२३ | जँ मोने | ||||||
• सन् १९२३–१९३३ | जोसेफ आभ्नोल | ||||||
• सन् १९३७–१९४० | सेआन लेस्टर | ||||||
| ऐतिहासिक काल | प्रथम र दोस्रो विश्वयुद्धको बीचको अवधिमा | ||||||
| १० जनवरी १९२० | |||||||
• प्रथम वैठक | १६ जनवरी १९२० | ||||||
• विघटन | २० अप्रिल १९४६ | ||||||
| |||||||
| |||||||
राष्ट्र सङ्घ, (फ्रान्सेली: Société des Nations), (उच्चारण:सोसियेते द नास्योँ), (अङ्ग्रेजी: League of Nations) (उच्चारण:लिग अफ नेसन्स), विश्वव्यापी पहिलो अन्तर्राष्ट्रिय सङ्गठन थियो जसको मुख्य उद्देश्य भनेको विश्व शान्ति कायम गर्नु थियो। यसको स्थापना १० जनवरी १९२० मा, पहिलो विश्व युद्धको समाप्ति र पेरिस शान्ति सम्मेलन पश्चात् भएको थियो[१] भने विघटन २० अप्रिल १९४६ मा, भएको थियो।[२]
सङ्गठनको सम्झौतामा गरिएको उल्लेख अनुसार यस संस्थाको प्राथमिक लक्ष्य भनेको सामूहिक सुरक्षा र निशस्त्रीकरण मार्फत युद्ध रोक्नु र वार्ता र मध्यस्थता मार्फत अन्तर्राष्ट्रिय विवाद समाधान गर्नु थियो। यस सम्बन्धित सन्धिहरूका अन्य सम्झौतामा श्रम अवस्था, जन्मजात बासिन्दाहरूको उपचार, मानव र लागूऔषधको तस्करी, हतियारको व्यापार, विश्वव्यापी स्वास्थ्य, युद्धबन्दी र युरोपमा अल्पसङ्ख्यकहरूको संरक्षण लगायतका बुँदाहरू पनि रहेका थिए। राष्ट्र सङ्घलाई २८ जुन १९१९ मा भर्सायको सन्धिको भाग १ को रूपमा हस्ताक्षर गरिएको थियो र यो १० जनवरी १९२० को बाँकी सन्धिसँगै प्रभावकारी भएको थियो। राष्ट्र सङ्घको परिषद्को पहिलो बैठक १६ जनवरी १९२० मा भएको थियो र सङ्घीय सभाको पहिलो बैठक १५ नोभेम्बर १९२० मा भएको थियो।[३] सन् १९१९ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति उड्रो विल्सनले राष्ट्र सङ्घको प्रमुख वास्तुकारको भूमिकाका लागि नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए।[४]
सङ्घको कूटनीतिक दर्शनले अघिल्ला सयौँ वर्षबाट मौलिक परिवर्तनलाई प्रतिनिधित्व गरेको थियो। राष्ट्र सङ्घमा आफ्नै सशस्त्र बलको अभाव रहेको थियो र प्रथम विश्व युद्धका विजयी राष्ट्र फ्रान्स, बेलायत, इटाली र जापान कार्यकारी परिषद्का स्थायी सदस्यहरू थिए भने यसको प्रस्ताव लागू गर्न, आर्थिक प्रतिबन्धहरूलाई कायम राख्न, वा आवश्यक अवस्थामा सेना उपलब्ध गराउन राष्ट्र सङ्घ ती राष्ट्रहरूमा निर्भर थियो भने महान् शक्तिहरू प्राय: त्यसो गर्न अनिच्छुक थिए।[५] स्वीकृतिले सङ्घीय सदस्यहरूलाई चोट पुर्याउन सक्ने अनुमान गर्दै राष्ट्रहरू त्यसलाई पालना गर्न हिचकिचाइरहेका थिए। दोस्रो इटाली-इथियोपिया युद्धको बेलामा, राष्ट्र सङ्घले इटालेली सैनिकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट आन्दोलनको चिकित्सकीय शिविरलाई निशाना बनाएको आरोप लगाएको थियो।
२८ सेप्टेम्बर १९३४ देखि २३ फेब्रुअरी १९३५ सम्म यसमा ५८ राष्ट्र आवद्ध भएका थिए। १९२० को दशकमा केही उल्लेखनीय सफलता र केही प्रारम्भिक असफलताहरू पश्चात्, राष्ट्र सङ्घ अन्ततः १९३० को दशकमा अक्ष शक्तिहरूको आक्रमणलाई रोक्न असमर्थ साबित भएको थियो। संयुक्त राज्य अमेरिका यसमा सामेल नहुनु, सोभियत सङ्घ यसमा ढिलो सामेल हुनु र फिनल्यान्डलाई आक्रमण गरे पश्चात् यसबाट सोभियत सङ्घको निष्कासन हुनुले यसको विश्वसनीयता माथि धक्का लागेको थियो।[६][७][८][९] जर्मनी जस्तै जापान, इटाली, स्पेन राष्ट्र सङ्घबाट पछि हटेका थिए। सङ्घले यसको प्राथमिक उद्देश्य प्राप्तिमा असफलता प्राप्त गरेको थियो जुन भविष्यको कुनै पनि विश्व युद्ध रोक्नको लागि महत्त्वपूर्ण कदम हुन सक्दथ्यो। दोस्रो विश्वयुद्धमा निम्त्याउनुमा राष्ट्र सङ्घको विफलता प्रमुख कारण थियो।[१०] राष्ट्र सङ्घ २६ वर्षसम्म चलेको थियो र दोस्रो विश्वयुद्धको अन्त्य पश्चात् संयुक्त राष्ट्र सङ्घले यसलाई प्रतिस्थापित गरेको थियोे र सङ्घले स्थापना गरेका धेरै संस्था र संगठनहरूलाई अधिकारमा ल्याएको थियो।[११]
संगठन
[सम्पादन गर्नुहोस्]राष्ट्र संघका मुख्य अंगहरू महासभा, परिषद् र स्थायी सचिवालय थिए। यसको अतिरिक्त, धेरै सहायक एजेन्सीहरू र निकायहरू थिए। प्रत्येक अंगको बजेट सभाद्वारा विनियोजन गरिएको थियो (लिगलाई यसका सदस्य राष्ट्रहरूले आर्थिक रूपमा समर्थन गरेका थिए)।
स्थायी सचिवालय
[सम्पादन गर्नुहोस्]जेनेभामा रहेको लिगको मुख्यालयमा स्थापित स्थायी सचिवालयमा महासचिवको निर्देशनमा विभिन्न क्षेत्रका विज्ञहरूको समूह रहेको थियो।.[१२] यसका प्रमुख खण्डहरू राजनीतिक, वित्तीय र अर्थशास्त्र, पारवहन, अल्पसंख्यक र प्रशासन (सार र ड्यान्जिगको प्रशासन), जनादेश, निशस्त्रीकरण, स्वास्थ्य, सामाजिक (महिला र बालबालिकामा अफिम र यातायात), बौद्धिक सहयोग र अन्तर्राष्ट्रिय ब्यूरो, कानुनी र सूचना थिए। सचिवालयका कर्मचारीहरू परिषद् र सभाको लागि एजेन्डा तयार गर्ने र बैठकहरू र अन्य नियमित मामिलाहरूको रिपोर्ट प्रकाशित गर्ने जिम्मेवारी थिए, जसले प्रभावकारी रूपमा लिगको निजामती सेवाको रूपमा काम गर्थ्यो। १९३१ मा कर्मचारीहरूको संख्या ७०७ थियो।[१३]
सभा
[सम्पादन गर्नुहोस्]सभामा लिगका सबै सदस्यहरूका प्रतिनिधिहरू थिए, प्रत्येक राज्यलाई तीन जना सम्म प्रतिनिधि र एक मतको अनुमति थियो। [१४] यसको बैठक जेनेभामा हुने गर्थ्यो र १९२० मा यसको प्रारम्भिक सत्र पछि, [१५] यो वर्षमा एक पटक सेप्टेम्बरमा बस्थ्यो।[१४] सभाको विशेष कार्यहरूमा नयाँ सदस्यहरूको प्रवेश, परिषद्मा अस्थायी सदस्यहरूको आवधिक चुनाव, स्थायी अदालतका न्यायाधीशहरूको चुनाव, र बजेट नियन्त्रण समावेश थियो। व्यवहारमा, सभा राष्ट्रसंघको गतिविधिहरूको सामान्य निर्देशक शक्ति थियो।[१६]
परिषद्
[सम्पादन गर्नुहोस्]परिषद्ले सभाको कामलाई निर्देशित गर्ने एक प्रकारको कार्यकारी निकायको रूपमा काम गर्यो।[१७] यसको सुरुवात चार स्थायी सदस्यहरू - संयुक्त अधिराज्य, फ्रान्स, इटाली र जापान - र चार गैर-स्थायी सदस्यहरूबाट भयो जुन सभाद्वारा तीन वर्षको अवधिको लागि निर्वाचित भएका थिए।[१८] पहिलो अस्थायी सदस्यहरू बेल्जियम, ब्राजिल, ग्रीस र स्पेन थिए।[१९]
परिषद्को संरचना धेरै पटक परिवर्तन गरियो। अस्थायी सदस्यहरूको संख्या पहिलो पटक २२ सेप्टेम्बर १९२२ मा छ र ८ सेप्टेम्बर १९२६ मा नौ पुर्याइयो। जर्मनीका वर्नर डाङ्कवर्टले आफ्नो देशलाई लिगमा सामेल हुन आग्रह गरे; १९२६ मा सामेल हुँदै, जर्मनी परिषद्को पाँचौं स्थायी सदस्य बन्यो। पछि, जर्मनी र जापान दुवैले लिग छोडेपछि, अस्थायी सिटहरूको संख्या नौबाट बढाएर एघार पुर्याइयो, र सोभियत संघलाई स्थायी सदस्य बनाइयो जसले गर्दा परिषद्को कुल पन्ध्र सदस्यहरू भए।[१९] परिषद्को बैठक औसतमा वर्षमा पाँच पटक हुने गर्थ्यो र आवश्यकता अनुसार असाधारण सत्रहरूमा पनि। १९२० देखि १९३९ सम्म जम्मा १०७ सत्रहरू आयोजना भएका थिए।[२०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ लोकसेवा प्रश्नोत्तर, रातोपाटी, अन्तिम पहुँच ९ डिसेम्बर २०२०, (नेपाली भाषामा)।
- ↑ "1946: O fim da Liga das Nações", Deutsche Welle, २००७, अन्तिम पहुँच ११ de marzo de २००८।
- ↑ "1920: Primeira assembléia da Liga das Nações", Deutsche Welle, २००७, अन्तिम पहुँच ११ de marzo de २००८।
- ↑ अमेरिकाका यी चार राष्ट्रपति र एक उप राष्ट्रपतिले प्राप्त गरेका थिए नोबेल शान्ति पुरस्कार, उज्यालो नेटवर्क, अन्तिम पहुँच ९ डिसेम्बर २०२०, (नेपाली भाषामा)।
- ↑ द्वन्द्व र शान्ति अध्ययन : नेपालमा यसको आवश्यकता र औचित्यता, आँधीखोला अनलाइन, अन्तिम पहुँच ९ डिसेम्बर २०२०, (नेपाली भाषामा)।
- ↑ Osakwe, C O (१९७२), The participation of the Soviet Union in universal international organizations.: A political and legal analysis of Soviet strategies and aspirations inside ILO, UNESCO and WHO, Springer, पृ: ५, आइएसबिएन 978-9028600027।
- ↑ Pericles, Lewis (२०००), Modernism, Nationalism, and the Novel, Cambridge University Press, पृ: ५२, आइएसबिएन 9781139426589।
- ↑ Ginneken, Anique H. M. van (२००६), Historical Dictionary of the League of Nations, Scarecrow Press, पृ: १७४, आइएसबिएन 9780810865136।
- ↑ Ellis, Charles Howard (२००३), The Origin, Structure & Working of the League of Nations, Lawbook Exchange Ltd, पृ: १६९, आइएसबिएन 9781584773207।
- ↑ के फेरि अर्को विश्वयुद्ध होला ?, इ रातो खबर, अन्तिम पहुँच ९ डिसेम्बर २०२०, (नेपाली भाषामा)।
- ↑ संयुक्त राष्ट्रसङ्घ - एक परिचय।बीबीसी
- ↑ Northedge 1986, पृष्ठ 50.
- ↑ "League of Nations Secretariat, 1919–1946", United Nations Office at Geneva, मूलबाट १२ डिसेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ सेप्टेम्बर २०११।
- 1 2 "Organization and establishment:The main bodies of the League of Nations", The United Nations Office at Geneva, मूलबाट ९ डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २००८। अभिलेखिकरण ९ डिसेम्बर २००८ वेब्याक मेसिन
- ↑ Northedge 1986, पृष्ठ 72.
- ↑ Northedge 1986, पृष्ठ. 48–50.
- ↑ Northedge 1986, पृष्ठ 48.
- ↑ Northedge 1986, पृष्ठ. 42–48.
- 1 2 "League of Nations Photo Archive", University of Indiana, मूलबाट ९ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ सेप्टेम्बर २०११।
- ↑ "Chronology 1939", University of Indiana, मूलबाट २७ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ सेप्टेम्बर २०११।