कोफी अन्नान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोफी अन्नान
संयुक्त राष्ट्र संघको ७ औ महासचिव
कार्यकाल
१ जनवरी १९९७ – ३१ डिसेम्बर २००६
सहायकLouise Fréchette (1997–2006)
Mark Malloch Brown (2006)
पूर्वाधिकारीबुत्रोस बुत्रोस-घाली
उतराधिकारीवान कि मुन
व्यक्तिगत विवरण
जन्म
कोफी अट्टा अन्नान

(१९३८-०४-०८)अप्रिल ८, १९३८
Kumasi, Colony of the Gold Coast, British Empire
मृत्यु१८ अगस्ट २०१८(2018-08-18) (उमेर ८०)
राष्ट्रियताघाना
जीवन साथीनाने मारिया लागर्ग्रेन
मातृ शिक्षाप्रतिष्ठानKwame Nkrumah University of Science and Technology
Macalester College
Graduate Institute of International Studies
MIT

कोफी अट्टा अन्नान (/[invalid input: 'icon']ˈkfi əˈnɑːn/; जन्म ८ अप्रिल १९३८- मृत्यु १८ अगस्ट २०१८) घानाका कूटनीतिज्ञ हुन, उनी १ जनवरी १९९७ देखी ३१ डिसेम्बर २००६ सम्म संयूक्त राष्ट्र संघको सातौँ महासचिवको रूपमा सेवारत रहेका थिए । संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने उनी पहिलो अश्वेत अफ्रिकी हुन्।

अन्नान र संयुक्त राष्ट्र सङ्घ २००१मा विकासशिल राष्ट्रहरूको सहयोगको लागि विश्व एड्स तथा स्वास्थ्य कोषको स्थापना गरे वापत प्राप्त नोवल पुरस्कारमा सह-प्राप्तकर्ता भए।

बाल्यकाल तथा शिक्षा[सम्पादन गर्नुहोस्]

कोफी अन्नानको जन्म घानाको कुमासीको कोफान्ड्रोस भागमा भएको थियो, जुन पछि गोल्ड कोस्टको ब्रिटिश बस्ती भयो। उनको जुम्ल्याहा जन्म भएको थियो जुन घानी संस्कृतिमा सम्माननिय हुन्छ। उनकी जुम्ल्याहा दिदी एफुआ अट्टा अन्नानको १९९१मा मृत्यू भयो। उनीहरूको बीचको संयूक्त नाम "अट्टा"को अर्थ फान्टेआकन भाषामा "जुम्ल्याहा" हुन्छ। उनीहरू दुवैको जन्म राज्यको कुलिन परिवारहरू मध्य एकमा भएको थियो, उनीहरूका हजुरबुवा र काकाहरू आदिवासी समुदाय प्रमूख थिए।[२]

कोफी अन्नानले १९५४ देखि १९५७ सम्म्म केप कोस्टमा १८७० तिर स्थापना भएको मेथोडिस्ट आवासिय विद्यालय एलाईट म्फान्टसिपिम विद्यालयमा अध्ययन गरे। १९५७मा अन्नानले स्नातक तह पास गरेकै वर्ष घाना ब्रिटेनबाट स्वतन्त्र भएको थियो। १९५८मा उनले कुमासी कलेज अफ साइन्स एन्ड टेक्नोलोजी ( हालको क्वामे क्रुमाह कलेज अफ साइन्स एन्ड टेक्नोलोजी, घाना)मा अर्थशास्त्र विषयको अध्ययन शुरू गरे।

करियरको प्रारम्भ[सम्पादन गर्नुहोस्]

संयुक्त राष्ट्र सङ्घको महासचिव[सम्पादन गर्नुहोस्]

उनी महासचिव हुँदा २००३ मा अमेरिकाले सञ्चालन गरेको इराक युद्धको विरोध गरेका थिए ।कोफी अन्नानले राष्ट्र सङ्घीय बडापत्रको विपरीत अमेरिकाले इराकमा आक्रमण गरेको अभिव्यक्ति दिँदै आएका थिए । शान्ति स्थापनाका लागि उनले गरेको कामलाई सम्मान गर्दै सन् २००१ को नोवेल शान्ति पुरस्कार दिइएको थियो।[३]

अवकास पछि[सम्पादन गर्नुहोस्]

राष्ट्रसंघको महासचिवबाट अवकास पाएपछि उनलाई सिरियाली गृहयुद्धको क्रममा सिरियामा शान्तिका लागि विशेष दुतका रूपमा पठाएको थियो ।[४]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Lefevere, Patricia (११ डिसेम्बर १९९८), "Annan: `Peace is never a perfect achievement' – United Nations Secretary General Kofi Annan", National Catholic Reporter, मूलबाट १३ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ फेब्रुअरी २००८ 
  2. "Kofi Annan – The Man To Save The World?", Saga Magazine, November 2002
  3. पूर्व महासचिव कोफी आननको निधन https://www.bbc.com/nepali/news-45233417
  4. संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानको निधन http://www.nayapatrikadaily.com/2018/08/18/84434/ वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-१९ मिति