बान कि-मुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

व्यक्तिगत विबरण[सम्पादन गर्नुहोस्]

वान कि मुनको जन्म १९४४मा कोरीयामा जापानी शासनको अन्त्य तिर उत्तरी चुङ्गचेओङ्ग प्रान्तको एउटा सानो किसानी गाउँ युम्सेओङ्गमा भएको थियो। पछि उनको परिवार नजीकएको शहर् चुङ्जुमा बसाई सर्यो।[१] वान सानो हुँदा उनको बुवा गोदामको ब्यापारी थिए तर पछि गोदामको ब्यापार टाट पल्टिए पछि उनीहरूको मध्यम वर्गिय स्तर खस्किएर गयो। वान ६ वर्षको हुँदा उनको परिवार कोरियाली युद्धको अवधी भरको लागि पिछडिएको पहाडी क्षेत्रमा सरेर गए।[२] युद्ध समाप्त भएपछि उनको परिवार पुन: चुङ्जुमा नै फिर्ता भयो।

परिवार[सम्पादन गर्नुहोस्]

वान कि मुनले यू सुन-टाएकलाई १९६२मा उच्च माध्यमिक स्तरका बिद्यार्थी हुँद भेटेका थिए। त्यस बेला उनी १८ वर्षको थिए र यू सुन-टाएक निम्न माध्यमिक स्तरको बिद्यार्थी परिषदको अध्यक्ष थिईन। वान कि मुन र यू सुन-टाएकको विबाह १९७१मा भएको थियो। उनिहरूका दुई छोरी र १ छोरा गरी जम्मा तिन जना सन्तानहरू छन। उनकी जेठी छोरी सियोन्-योङ्ग जन्म १९७२मा भएको थियो र हाल उनी सियोलमा कोरिया फाउन्डेसनमा कार्यरत छिन। उनले एक भारतिय नागरीक सँग विबाह गरिन।[३][४] उनका छोरा वू-ह्युन १९७४मा भारतमा जन्मिएका थिए। उनले क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलसको युसिएलए एन्डर्सन स्कुल अफ म्यानेजमेन्टबाट एमबिए गरे र न्यूयोर्कमा एक वित्तिय कम्पनीको लागि काम गर्छन।[५] उनकी कान्छि छोरी ह्यून ही (जन्म १९७६) नैरोबीमा यूनिसेफको फिल्ड अधिकृत छिन।[२] वान संयुक्त राष्ट्र संघका महासचिवमा चुनिए पछि अहिले पनि उनको बृहत परिवार बसोबास गरिरहेको गृहनगरमा उनी एउटा प्रतिक बने। चुनावको परिणामको उत्सव मनाउनको लागि ५०,००० भन्दा बढि मानिसहरू चुङ्जुको फुटबल मैदान जम्मा भएका थिए। वान कि मुन कुनै पनि गिर्जाघर वा धार्मिक समूहको सदस्य छैनन[६] र उनले विश्वासको बारेमा ब्याख्या गर्न इन्कार गर्दै भनेका थिए "म अहिले संयुक्त राष्ट्र सङ्घको महासचिव भएको हैसियतले अहिलेको समयमा मेरो व्यक्तिगत विश्वास तथा कुनै विशेष धर्म वा भगवानको बारेमा कुरा गर्ने ठिक नहोला। यसकारण हामी व्यक्तिगत कुराहरूको बारेमा पछि अन्य समयमा गरौला।" [७] उनकी आमा चाही बुद्ध धर्मालम्बि हुन।

व्यक्तित्व[सम्पादन गर्नुहोस्]

कुटनीतिक जीवन[सम्पादन गर्नुहोस्]

दक्षिणकोरियाली परराष्ट्र तथा ब्यापार मन्त्री[सम्पादन गर्नुहोस्]

संयुक्त राष्ट्र सङ्घको महासचिव[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Martin Fackler (२००६-१२-२२), "On His Ancestors' Wings, a Korean Soars to the U.N.", The New York Times 
  2. २.० २.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Times12-09
  3. "Ban Ki-moon's family nuptial ties with India", Rediff News, ३१ अक्टोबर २००८, अन्तिम पहुँच ५ जुन २०११ 
  4. "Ban ki-Moon at the World Hindi Conference", Rediff News, १४ जुलाई २००७, अन्तिम पहुँच ५ जुन २०११ 
  5. "반기문 총장 아들 내달 결혼", Dong-a Ilbo (Koreanमा), २००९-०४-२८। 
  6. "Correction: Ban Ki-moon", The Economist, २००७-०१-११, अन्तिम पहुँच २००७-०८-०२ 
  7. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named un.org