बुतरस बुतरस घाली
बुतरस बुतरस घाली | |
|---|---|
بطرس بطرس غالي | |
सन् १९९३ मा बुतरस बुतरस घाली | |
| संयुक्त राष्ट्र सङ्घको छैटौँ महासचिव | |
| कार्यकाल १ जनवरी १९९२ – ३१ डिसेम्बर १९९६ | |
| पूर्वाधिकारी | जेभियर पेरेज दे क्वेयार |
| उतराधिकारी | कोफी अन्नान |
| ला फ्राँकोफोनीको महासचिव | |
| कार्यकाल १६ नोभेम्बर १९९७ – ३१ डिसेम्बर २००२ | |
| पूर्वाधिकारी | जाँ-लुई रोय (सांस्कृतिक तथा प्राविधिक सहयोग नियोग) |
| उतराधिकारी | आब्दु दिउफ |
| कार्यवाहक विदेश मामिला मन्त्री | |
| कार्यकाल १७ सेप्टेम्बर १९७८ – १७ फेब्रुअरी १९७९ | |
| प्रधानमन्त्री | |
| पूर्वाधिकारी | मुहम्मद इब्राहिम कामेल |
| उतराधिकारी | मुस्तफा खलिल |
| कार्यकाल १७ नोभेम्बर १९७७ – १५ डिसेम्बर १९७७ | |
| प्रधानमन्त्री | मामदु सालिम |
| पूर्वाधिकारी | इस्माइल फामी |
| उतराधिकारी | मुहम्मद इब्राहिम कामेल |
| व्यक्तिगत विवरण | |
| जन्म | १४ नोभेम्बर १९२२ कायरो, इजिप्ट |
| मृत्यु | १६ फेब्रुअरी २०१६ (उमेर ९३) कायरो, इजिप्ट |
| राजनीतिक दल |
|
| जीवनसाथी | लेइया मारिया नादलर ( भन्दा अगाडि २०१६) |
| मातृ शिक्षाप्रतिष्ठान | |
| हस्ताक्षर | |
बुतरस बुतरस घाली (अरबीبطرس بطرس غالي) (१४ नोभेम्बर १९२२ - १६ फेब्रुअरी २०१६) एक मिस्री राजनीतिज्ञ र कूटनीतिज्ञ थिए जसले सन् १९९२ देखि १९९६ सम्म संयुक्त राष्ट्र सङ्घको छैटौँ महासचिवको रूपमा सेवा गरेका थिए। महासचिवको रूपमा नियुक्त हुनुभन्दा पहिले, उनी सन् १९७७ देखि १९७९ सम्म इजिप्टको कार्यवाहक विदेश मामिला मन्त्री थिए। उनले युगोस्लाभियाको विघटन र रुवान्डा नरसंहार सहित धेरै विश्व सङ्कटहरूसँग मिल्दोजुल्दो अवधिमा संयुक्त राष्ट्र सङ्घको निरीक्षण गरेका थिए।
कायरोको एक कोप्टिक इसाई परिवारमा जन्मेका बुतरस-घालीले सन् १९४९ देखि १९७९ सम्म कायरो विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्ध पढाउने र प्रशिक्षण दिने एक शैक्षिक व्यक्तित्व थिए। उनको राजनीतिक वृत्ति अन्वर सदातको राष्ट्रपतित्वमा सुरु भएको थियो, जसले उनलाई सन् १९७७ मा कार्यवाहक विदेश मन्त्री नियुक्त गरेका थिए। त्यस जिम्मेवारीमा रहेर उनले क्याम्प डेभिड सम्झौता र सदात र इजरायली प्रधानमन्त्री मेनाकेम बेगिन बीचको इजिप्ट-इजरायल शान्ति सन्धिमा वार्ता गर्न मद्दत गरेका थिए। उनले केही महिना उप-विदेश मन्त्रीको रूपमा सेवा गरेका थिए र पछि सन् १९९१ को सुरुवातसम्म कार्यवाहक विदेश मन्त्री नियुक्त भएका थिए।
बुतरस-घाली सन् १९९१ मा संयुक्त राष्ट्र महासभाद्वारा महासचिवमा निर्वाचित भएका थिए र सन् १९९२ मा जेभियर पेरेज दे क्वेयारको उत्तराधिकारी भएर आफ्नो कार्यकाल सुरु गरेका थिए। उनको कार्यकाल विवाद र सङ्कटले भरिएको थियो, जसमा सोमाली गृहयुद्ध, रुवान्डा गृहयुद्ध, निरन्तर अङ्गोलाको गृहयुद्ध र युगोस्लाभ युद्धहरू समावेश थिए। अङ्गोला र रुवान्डामा नरसंहारको समयमा संयुक्त राष्ट्र सङ्घको निष्क्रियताको लागि उनले आलोचना भएको थियो, र बोस्नियामा संयुक्त राष्ट्र शान्ति अभियानको कथित प्रभावहीनताको कारणले नेटोको हस्तक्षेप भएको थियो। सन् १९९६ मा, बुतरस-घाली महासचिवको रूपमा दोस्रो कार्यकालको लागि निर्विरोध उत्रिएका थिए तर संयुक्त राज्य अमेरिका, उनको नेतृत्वबाट लामो समयदेखि असन्तुष्ट भएकाले आफ्नो सुरक्षा परिषद् भिटो प्रयोग गरेर उनको उम्मेद्वारीलाई अस्वीकार गरेको थियो।
संयुक्त राष्ट्र सङ्घ छोडेपछि, बुतरस-घालीले सन् १९९७ देखि २००२ सम्म ला फ्राँक्रोफोनीको पहिलो महासचिवको रूपमा सेवा गरेका थिए। त्यसपछि उनी विकासशील देशहरूको लागि अन्तरसरकारी सङ्गठन साउथ सेन्टरको अध्यक्ष बनेका थिए। उनको सन् २०१६ मा ९३ वर्षको उमेरमा कायरोमा मृत्यु भएको थियो।
प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन गर्नुहोस्]बुतरस बुतरस घालीको जन्म १४ नोभेम्बर १९२२ मा इजिप्टको कायरोमा एक कोप्टिक अर्थोडक्स ईसाई परिवारमा भएको थियो।[१][२][३] उनका बुबा युसुफ बुतरस घाली बुतरस घालीका छोरा थिए। उनका हजुर बुबा बुतरस घाली सन् १९०८ देखि १९१० मा उनको हत्या नभएसम्म इजिप्टका प्रधानमन्त्री थिए।[४][५] उनकी आमा, सफाला मिखाइल सारुबिम, एक निजामती कर्मचारी र इतिहासकार मिखाइल सारुबिम (सन् १८६१-१९२०)की छोरी थिइन्।[६]
बुतरस घालीले सन् १९४६ मा कायरो विश्वविद्यालयबाट स्नातक गरेका थिए।[७] उनले पेरिसको कानुन सङ्काय (पेरिस विश्वविद्यालय) बाट अन्तर्राष्ट्रिय कानुनमा विद्यावारिधि र सन् १९४९ मा साइन्सेस पोबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तरमा हासिल गरेका थिए। सन् १९४९-१९७९ को अवधिमा, उनी कायरो विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक नियुक्त भएका थिए। उनी सन् १९७५ मा राजनीतिक तथा रणनीतिक अध्ययन केन्द्रका अध्यक्ष र सन् १९८० मा अफ्रिकी राजनीतिक अध्ययन समाजका अध्यक्ष बनेका थिए। उनी सन् १९५४ देखि १९५५ सम्म कोलम्बिया विश्वविद्यालयमा फुलब्राइट अनुसन्धान विद्वान, सन् १९६३ देखि १९६४ सम्म हेग अन्तर्राष्ट्रिय कानुन एकेडेमीमा अनुसन्धान केन्द्रका निर्देशक र सन् १९६७ देखि १९६८ सम्म पेरिसको कानुन संकायमा भ्रमणकारी प्राध्यापक थिएका थिए। सन् १९८६ मा, उनले स्विडेनको उप्साला विश्वविद्यालयको कानुन सङ्कायबाट मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेका थिए।[८]
राजनीतिक वृत्ति
[सम्पादन गर्नुहोस्]
बुतरस घालीको राजनीतिक वृत्ति अनवर सदातको राष्ट्रपतिकालमा विकसित भएको थियो। उनी सन् १९७४ देखि १९७७ सम्म अरब समाजवादी सङ्घको केन्द्रीय समितिका सदस्य थिए। उनले सन् १९७७ देखि १९९१ को सुरुवातसम्म इजिप्टको विदेश राज्यमन्त्रीको रूपमा काम गरेका थिए। त्यसपछि उनी संयुक्त राष्ट्र सङ्घमा जानु अघि धेरै महिनासम्म विदेश उपमन्त्री बनेका थिए। राज्यमन्त्रीको रूपमा, उनले राष्ट्रपति सदात र इजरायली प्रधानमन्त्री मेनाकिम बेगिन बीचको शान्ति सम्झौतामा विशेष भूमिका खेलेका थिए।[९]
अनुसन्धान पत्रकार लिन्डा मेल्भर्नका अनुसार, उनी विदेशमन्त्री भएको बेला अर्थात् सन् १९९० मा रुवान्डा सरकारलाई २.६ करोड डलरको गोप्य हतियार बिक्रीलाई अनुमोदन गरेका थिए जुन हुतु शासनले पछिल्ला नरसंहारको लागि सार्वजनिक, दीर्घकालीन तयारीको रूपमा भण्डार गरेका हतियारहरू थिए।[१०][११]
संयुक्त राष्ट्र सङ्घको महासचिव (सन् १९९२-१९९६)
[सम्पादन गर्नुहोस्]१९९१ चयन
[सम्पादन गर्नुहोस्]सन् १९९१ को छनोटमा बुतरस घालीले संयुक्त राष्ट्र सङ्घको महासचिवको लागि उम्मेदवारी दिएका थिए। पेरुका जेभियर पेरेज दे क्वेयार आफ्नो दोस्रो कार्यकालको अन्त्यमा पुगेपछि संयुक्त राष्ट्र सङ्घको शीर्ष पद खुल्दै थियो र त्यसपछि अफ्रिकाको पालो थियो। बुतरस बुतरस घालीले पहिलो दुई चरणको मतदानमा जिम्बाब्वेका बर्नार्ड चिडजेरोसँग बराबरी गरेका थिए र तेस्रो चरणमा एक मतले अगाडि र चौथो चरणमा एक मतले पछाडि परेका थिए। संयुक्त राज्य अमेरिकाले दुवै प्रमुख उम्मेदवारहरूलाई हटाउन खोजिरहेको डरले धेरै देशहरूले चिडजेरोको लागि आफ्नो समर्थन फिर्ता लिएपछि, बुतरस बुतरस घालीले पाँचौँ चरणमा स्पष्ट विजय हासिल गरेका थिए।[१२]
पहिलो कार्यकाल
[सम्पादन गर्नुहोस्]बुतरस बुतरस-घालीको कार्यकाल अवधि विवादास्पद रह्यो। १९९२ मा, तिनले शान्तिको लागि एजेन्डा, पेश गरेका थिए। यो संयुक्त राष्ट्रले कसरी हिंसात्मक संघर्षको जवाफ दिन सक्छ भन्ने सुझावपत्र थियो। तथापि, सन् १९९४ को रुवान्डा नरसंहारको रोक्न नसक्नु संयुक्त राष्ट्रसङ्घको असफलताको आलोचना गरिएको थियो, उक्त नरसंहारमा आधिकारिक रूपमा एक लाख भन्दा बढी मानिसको हत्या भएको थियो, र उनले संयुक्त राष्ट्रमा अङ्गोलाको गृहयुद्ध हस्तक्षेपको लागि समर्थन जुटाउन असमर्थ भएका थिए। उनको कार्यकालको सबै भन्दा कठिन कार्यहरु मध्ये एक युगोस्लाभियाको विघटन पछि यूगोस्लाभ युद्धहरूको संकटसंग समाधानको अभाव थियो। उनको प्रतिष्ठा संयुक्त राष्ट्र सङ्घको प्रभावकारिता र संयुक्त राष्ट्रमा संयुक्त राज्यको भूमिकामाथि ठूलो विवादमा उभिएको थियो।
मृत्यु
[सम्पादन गर्नुहोस्]उनको कायरोको एक अस्पतालमा ९३ वर्षको उमेरमा मृत्यु भएको थियो, जहाँ उनी खुट्टा भाचिएकोले १६ फेब्रुअरी २०१६ मा भर्ना भएका थिए।[१३][१४][१५] उनको लागि एक सैन्य अन्तिम संस्कार भएको थियो। उनलाई अब्राफिया, कायरोमा पेट्रिना चर्चमा समाधिस्त गरिएको थियो।[१६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Boutros Boutros-Ghali Biography – life, family, history, young, infor…", Encyclopedia of World Biography, २०१२-०९-०६, मूलबाट ६ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०३-१९ – archive.todayद्वारा।
- ↑ Chandler, Adam (२०१६-०२-१६), "Remembering Boutros Boutros-Ghali", The Atlantic (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-०७।
- ↑ "Vale Boutros Boutros-Ghali: Former UN chief and key thinker on peacekeeping", lowyinstitute.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-०७।
- ↑ Reid, Donald M. (१९८२), "Political Assassination in Egypt, 1910–1954", The International Journal of African Historical Studies 15 (4): 625–651, जेएसटिओआर 217848, डिओआई:10.2307/217848।
- ↑ Goldschmidt 1993, पृष्ठ. 183, 188.
- ↑ Goldschmidt 1993, पृष्ठ 183.
- ↑ Goshko, John M. (२०१६-०२-१६), "Boutros Boutros-Ghali, U.N. secretary general who clashed with U.S., dies at 93", The Washington Post (en-USमा), आइएसएसएन 0190-8286, अन्तिम पहुँच २०१६-०२-१६।
- ↑ Naylor, David, "Honorary doctorates" (अङ्ग्रेजीमा), Uppsala University, Sweden, अन्तिम पहुँच २०२२-०३-२०।
- ↑ "Boutros Boutros-Ghali: The world is his oyster", Weekly Ahram, १८ जनवरी २००६, मूलबाट ३० जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१२।
- ↑ Melvern 2000.
- ↑ Confessore, Nicholas (Dec २०००), "A PEOPLE BETRAYED: The Role of the West in Rwanda's Genocide. – Review – book review", Washington Monthly, मूलबाट १२ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०२२ – Find Articlesद्वारा।
- ↑ Lewis, Paul (१९९१-११-२३), "How U.N. Nominee Won: 4 Switched", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२२-०३-२०।
- ↑ "Boutros Boutros-Ghali, former UN head, dies at 93", BBC News (en-GBमा), २०१६-०२-१६, अन्तिम पहुँच २०२२-०३-२१।
- ↑ Botelho, Greg (२०१६-०२-१६), "Former U.N. Secretary-General Boutros Boutros-Ghali dies" (अङ्ग्रेजीमा), CNN, अन्तिम पहुँच २०२२-०३-२१।
- ↑ McFadden, Robert D. (२०१६-०२-१६), "Boutros Boutros-Ghali, Former U.N. Secretary General, Dies at 93", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२२-०३-२१।
- ↑ "Boutros-Ghali to be buried at family's Italian-style church", Egypt Independent (अङ्ग्रेजीमा), २०१६-०२-१७, अन्तिम पहुँच २०२२-०३-२१।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
विकिकथनमा बुतरस बुतरस घाली सम्बन्धित भनाइहरू रहेका छन्- बुतरस बुतरस घाली संयुक्त राष्ट्र सङ्घको अभिलेखालयमा रहेका कागजातहरू
- उपस्थिति सि-स्प्यानमा