ली कुआन यु
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
ली कुआन यु सन् १९२३ सेप्टेम्बरको १६ तारिखका दिन सिङ्गापुरको धनी परिवारमा जन्मेका हुन्। प्रारम्भिक शिक्षादिक्षा सिङ्गापुरकै स्कूलमा सम्पन्न गरेका उनले उच्चशिक्षा बेलायतबाट हासिल गरे। स्टामफोर्ड र्याफल सिङ्गापुरका जन्मदाता हुन् भने आधुनिक सिङ्गापुरका जन्मदाता ली कुआन यु हुन्।उनकै गतिशील नेतृत्वका कारण सिङ्गापुरको विकासमा तीव्र रूपान्तरण भएको हो भन्ने कुरामा त्यस क्षेत्रका मात्र हैन पश्चिमा मुलुक तथा विश्व नै विश्वस्त छ।
पूर्व, पश्चिम तथा दक्षिणतिर अवस्थित विशाल निकटतम छिमेकी राष्ट्र इन्डोनेसिया र उत्तर पश्चिमपट्टकिो अर्को निकटतम विशाल छिमेकी राष्ट्र मलेसियाको बीचमा रहेको यो सानो मुलुकको अवस्थिति हेर्दा पूर्व, पश्चिम र दक्षिणतिरको विशाल छिमेकी राष्ट्र भारत र उत्तरतिर अवस्थित नेपालको अवस्थितिसाग लगभग मिल्दोजुल्दो छ। काठमाडौा र ललितपुर जिल्लाको क्षेत्रफल जोड्दा हुने क्षेत्रफलभन्दा सानो अर्थात् ५७० वर्ग किलोमिटर क्षेत्रफल भएको यो सानो राष्ट्र जुन विश्वका कतिपय मुलुकका राजधानी सहरभन्दा सानो छ त्यसको प्रतिव्यक्ति आय एसियामा जापानपछि पहिलो छ।वैदेशिक परिवत्र्य मुद्रामा समेत आफ्नो मुद्रा पुर्याउन सफल सिङ्गापुर तुलनात्मक रूपमा अत्यधिक साधनस्रोत भएका आˆनै दुई छिमेकी राष्ट्र मलेसिया र इन्डोनेसियालाई समेत विकासका धेरै कुरामा उछिन्न सफल भएको छ।
पढाइमा सधौ उम्दा रहेका ली कानुनको अध्ययन समाप्त गरी स्वदेश फर्किएर वकालत गर्न थाले। यही समयमा उनी मजदूर युनियनका कानुनी सल्लाहकार पनि भए। सन् १९५४मा उनकै पहलमा पिपुल्स एक्सन पार्टी नामक राजनीतिक सङ्गठन खडा भयो। उनी त्यसका महासचिव चुनिए र सन् १९९२ सम्म महासचिव पदमा कायम रहे। सन् १९५५मा उनी सिङ्गापुर विधानसभाको सदस्यमा चुनिए। सन् १९५९मा स्वशासित सरकारका प्रधानमन्त्री बनेका ली सन् १९६३को सेप्टेम्बरदेखि मलेसियाको एउटा प्रदेशको रूपमा सिङ्गापुर रहादा पनि सिङ्गापुरको प्रधानमन्त्री थिए र सन् १९९० सम्म अर्थात् ३१ वर्षसम्म उनी लगातार प्रधानमन्त्री पदमा रहे। सन् १९६५मा सिङ्गापुर स्वतन्त्र सार्वभौम राष्ट्रको रूपमा स्थापित भयो।
राष्ट्रलाई समृद्धशाली बनाउने निर्णायक तत्व जनता नै हुन् भन्ने ली तिनका शिक्षा, तालीम, ज्ञान, प्राविधिक क्षमता राष्ट्रका लागि अत्यन्त महìवपूर्ण हुने कुरामा विश्वस्त छन्। राष्ट्रलाई गतिशील बनाउन मर्यादित र योग्य अधिकतम व्यक्तिहरू माथिल्लो स्तरमा आवश्यक हुन्छ र जनताको स्वाभिमानको जगेर्ना गर्ने कार्यबाट नै उनीहरू आफौ राष्ट्र बनाउन प्रयत्नशील हुन्छन् भन्ने ली नेताहरूको कर्तव्य आफ्ना लागि उत्कृष्ट कार्यको ढाचा तयार गर्नु हो जसबाट उनीहरू सिक्न, कडा परिश्रम गर्न, उत्पादनशील हुन र त्यसैअनुसार राष्ट्रलाई पुरस्कृत गर्न सकुन् भन्छन् र चेतावनी दिन चाहन्छन् यी सबै प्राप्त गर्न सजिलो चैं छैन। yogesh rajbhandari
पार्टी बनाउने र बढाउने कुरामा उनी भन्छन् 'पार्टीको भित्री तहमा मन परेका व्यक्तिलाई मात्र स्थान दिने हो भने पार्टी विस्तार गर्न सकिन्न। जति बढी निस्वार्थी नेता हुन्छ त्यति बढी जनसमूहलाई आकर्षण गर्न सक्छ भाषणले मात्र जनसमूह आकषिर्त हुादैन- उनी स्पष्ट पार्न चाहन्छन्। पूरै गाउालेले सुन्ने गरी कराउने एउटा कुखुरीले एउटा अण्डा दिन्छ तर सय अण्डा दिने कछुवाको आवाज नै सुनिादैन भन्दै नारा र योजना फलाक्नु भन्नु परिणाममुखी नेता उत्तम हुन्छ भन्ने कुरा उनी बुझाउाछन्।
सन् १९५९को विधान सभाको चुनावमा ५१ सिटमध्ये ४३ सिटमा उनको पार्टीले विजय हासिल गरेपछि प्रधानमन्त्री बनेका लीका सामुन्ने बेरोजगारी, दु्रत परिणामको उच्च जनआकाङ्क्षा, विस्तृत भ्रष्टाचार, अधिक हडताल, न्यून लगानी, स्कूल र संघसंस्था तथा सङ्गठनमा देखिएका विकृति, दुःखमय समाजका भारी उपस्थित थिए तर ती समस्या र अप्ठ्याराहरूको समाधानमा निरन्तर गम्भीररूपमा लागेर उनले ती सबैबाट पार पाए। उनी भन्छन् 'समस्या र अप्ठ्याराहरूबाट पार पाउने उपाय भनेको हामी कति स्वभाविक योजना बनाउाछौा र कति कडा परिश्रम गर्छौं भन्नेमा निर्भर थियो।
सन् १९६५मा मलेसियाले मलेसियन फेडरेसनबाट अलग पारी सिङ्गापुर स्वतन्त्र राष्ट्र घोषित हुादा टेलिभिजन प्रेस कन्फरेन्समा बेल्दाबोल्दै उनी रोएका थिए तर सक्षम, इमानदार र लगनशील सहयोगीहरूको साथ पाएर उनले छिटै सिङ्गापुरलाई उन्नत बनाउन सके। ३५ वर्षको उमेरमै प्रधानमन्त्रीको पद सम्हाल्दा उनलाई अप्ठेरो महसुस नभएको हैन। त्यतिखेर उनलाई प्रशासनको कुनै अनुभव थिएन। उनले सरकारको संरचनासाग परिचित हुने र मन्त्रीहरूका कार्य क्षेत्र विषयमा जानकारी राख्ने अठोट गरे। आफ्नो देशको राजनीतिक, आर्थिक तथा सामाजिक समस्या समाधान गर्न आफूसाग वरिष्ठ अधिकारी सहयोगी भएको अनुभव गर्न र तिनका कार्य पद्धति, प्रवृत्ति र कार्यशैलीबारे जानकारी राखेर तिनमा कत्तिको परिवर्तन ल्याउन जरुरी छ थाहा पाउन उनले प्रयास गरे। त्यसैगरी हरेक मन्त्रालयको स्रोत आकलन गर्न र महत्त्वपूर्ण स्रोतको पुनर्परिचालन कसरी गर्न सकिन्छ भन्ने विषयमा उनले चिन्तन गरे।
सुरुमै अर्थतन्त्रको सुधारका लागि व्यापक औद्योगीकरण, न्यूनमूल्यमा आवास कार्यक्रम, भ्रष्टाचार विरोधी वृहत् रणनीतिजस्ता कार्यक्रम ल्याएर सन् १९६७मा आर्थिक विकास बोर्ड गठन गरी उनले वैदेशिक लगानी भित्र्याउने प्रयास गरे। वैदेशिक लगानी प्रभावित गर्न उनले आकर्षक कर प्रोत्साहन नियम लागू गर्दै सापेक्षित न्यून वेतनिक दक्ष, अनुशासित श्रमशक्तिलाई ती उद्योगहरूमा आकर्षण गराए। त्यसैगरी भूमि, श्रम तथा पूाजिगत स्रोतहरूमा कसिलो नियन्त्रणका नियम बनाए। देशको अर्थतन्त्रको अर्को मजबुत आधार पर्यटन उद्योगलाई बढावा दिइयो। आधारभूत संरचना निर्माण गर्ने क्रममा हवाइ मैदान, बन्दरगाह, सडक तथा सञ्चार सञ्जाल विकसित गरेर बेरोजगारी घटाउने यस्तो प्रयास भयो कि सन् १९६५मा १४ प्रतिशत बेरोजगारी रहेकोमा सन् १९७३ सम्म आइपुग्दा त्यो घटेर ४.५ प्रतिशतमा झर्यो।
त्यसैगरी सन् १९६०मा प्रतिव्यक्ति आय अमेरिकी मुद्रामा ४४३ डलर रहेकोमा सन् १९८०को मध्यतिर त्यो १५ गुणाले बढेर ६६३४ डलर पुग्यो। यसै अवधिमा पूर्ण रोजगारका कारणले बेरोजगारी त्यहाको समस्या रहेन। सार्वजनिक बसोबासको वृद्धि ९ प्रतिशतबाट ९ गुना बढेर ८१ प्रतिशत पुग्यो। यसै अवधिदेखि भ्रष्टाचार त्यहाको जीवन पद्धतिबाट हरायो।
लीका यस्ता अनेकन कार्यक्रमले गर्दा सिङ्गापुरेहरू सुशिक्षित तथा सुसूचित मात्र भएनन् उनीहरूले उच्च जीवनस्तर, उच्च स्वास्थ्य हेरचाह, बसोबास तथा लामो जीवन पाएर सन् १९८० सम्म आइपुग्दा उनीहरूले गुणस्तरीय जीवन जीउन पाए त्यतिमात्र हैन उनले महिला मुक्तिका लागि पनि अनेक सुधार गरे। श्रम स्थिरता कायम गर्नुका साथै तिनका जीवनस्तर उठाइदिएर उनको पथ प्रदर्शनमा प्रचुर प्राकृतिक स्रोतको कमीका बाबजुद सिङ्गापुर आर्थिक तथा औद्योगिक शक्तिगृह भएको छ।
देश विकासको पहिलो पक्ष त अधिकारवाला नै हो- तिनले कस्तो र कसरी निर्णय गर्छन्, दोस्रो जनता हुन् अधिकारवालाका निर्णयलाई तिनले कसरी बुझ्छन् र लिन्छन्, तेस्रो छिमेकी मित्र हुन्- तिनका प्रवृत्ति कस्ता छन् भन्ने बुझेका लीले त्यस्ता नोकर शाह चाहन्थे जसले जनताप्रतिको सरकारको प्रतिबद्धता पूरा गर्न सहयोग गरोस्। अनावश्यकरूपमा नोकरशाहलाई चोट पुर्याउने र दोषारोपण गर्ने कार्य गर्नु हुादैन। सक्षम, इमानदार र लगनशीललाई प्रोत्साहन र पुरस्कार दिने गर्नुपर्दछ भन्ने दृष्टिकोण भएकाले लीलाई तिनका विश्वास प्राप्त भयो अनि देश र जनताका भलाइका काम गर्न कठिन भएन। त्यसैगरी छिमेकीसागको सम्बन्ध सुमधुर बनाउन पनि सिङ्गापुरलाई गाहारो परेन। लीको कुशल नेतृत्वकै कारण उपस्थिति हाकको सामना गर्न र तिनका प्रवृत्ति र नीतिमा आधारभूत परिवर्तन गर्न त्यो देश सफल भयो। फलस्वरूप बजेट सन्तुलनमा राख्न गाहारो भएन र बजेट घाटा व्यहोर्नु परेन।
मन्त्री, सचिव तथा आˆना सभासद्हरूलाई शक्तिको उन्मादमा नपर्न र शक्तिको दुरूपयोग नगर्न उनी कडा चेतावनी दिन्थे। त्यसैगरी सामाजिक समारोहमा मन्त्रीहरू उपस्थित नहुने कडा निर्णय थियो। सहरको सरसफाइ गर्न जनता तथा मन्त्रीसमेतलाई परिचालित गर्ने मात्र हैन उनी आफौ पनि सागै कुचो लिएर बढार्ने गर्थे। जनसेवाको लागि कडा परिश्रम गर्न र आफ्नो सुकिलोपनको प्रभावमा नपर्न उनी कडा चेतावनी दिन्थे। जनचेतना विस्तार गर्न, सरसफाइ कायम गर्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न जन उत्साह र संलग्नताका लागि उनी जनतालाई प्रोत्साहित गर्थे। वक्र्स बि्रगेड स्थापना गरेर बेरोजगार युवाहरूलाई अर्धसैनिक पोसाकमा छाउनीमा राखेर खेती सडक निर्माण, ईटा बनाउने तथा निर्माण कार्यको तालीम दिन लगाएका थिए। यसले गर्दा तिनमा अनुशासनमा रहने, मेहनत गर्ने बानी मात्र बसेन, सडकमा टल्लिएर हिाड्ने तिनका बानी समेत हरायो। उनकै नेतृत्व तथा दृष्टिकोण क्षमताले जुवा खेल्ने, लागू पदार्थ सेवन गर्ने, अश्लील सिनेमा हेर्नर्, बहुपत्नी राख्ने, वेश्यालयमा छोरी पठाउने, भ्रष्टाचार गर्ने एवं नातावादमा रुमल्लिने बानीजस्ता गलत क्रियाकलाप सिङ्गापुर भूमिबाट हट्यो।
भनाइ छ उनको कार्यकालमा भएको सिङ्गापुरको राजनीतिक स्थिरता, द्रुततर आर्थिक वृद्धि र त्यस वृद्धिले निम्त्याएको सम्पन्नता संयोग थिएन बरु उनको सक्षम तथा गतिशील नेतृत्व र आर्थिक नैतिका कारण थियो। उनका स्पष्ट दृष्टिकोण, सक्षम नेतृत्व, कार्यकुशलता, लगनशीलता, इमानदारी आदिका कारण उनी दक्षिणपूर्ण एसीयामा मात्र हैन सुदूर पूर्व तथा यूरोपमा समेत सम्मानित रूपमा हेरिन्छन्। भाषिक तथा जातीय विविधतायुक्त गरी देश सिङ्गापुरलाई सुखमय, शान्तिमय र समृद्धियुक्त बनाउने श्रेय ली कुआन युलाई जान्छ।
सिङ्गापुर भ्रमणका बेला विभिन्न ठाउामा विभिन्न वर्गका मानिससाग यो लेखकको कुराकानी भयो। कुराकानीका क्रममा उनको विषयमा सोद्धा प्रत्येकको एउटै जवाफ थियो- ली आधुनिक सिङ्गापुरका जन्मदाता मात्र हैनन्, सारा सिङ्गापुरेका पिता हुन्। यसै सन्दर्भमा उल्लेख नगरी नहुने अर्को चाख लाग्दो कुरा छ। सन् १९९१मा भियतनामी प्रधानमन्त्री भो भान किएटले सिङ्गापुर भ्रमणको क्रममा उनलाई भियतानामको आर्थिक सल्लाहकार बनिदिन प्रस्ताव गरेछन्। यद्यपि उनी त्यतिखेर प्रधानमन्त्री पदबाट हटिसकेका थिए उनले त्यो प्रस्ताव स्वीकार गरेनछन् बरु आफूले सक्दो सहयोग गर्ने बचन दिएछन्। उनकै सल्लाहअनुसार गरेको हुनाले भनिन्छ दस वर्ष भित्रमा भियतनाम आफ्नो अर्थतन्त्रमा निकै ठूलो फड्को मार्न सफल भयो।
उनले स्वेच्छाले प्रधानमन्त्री पद त्याग गरे पनि उनलाई मन्त्रिमण्डलबाट पृथक् बस्न दिइएन। तसर्थ उनी अहिले पनि मिनिष्टर मेन्टर।को पदमा आसिन छन् र उनको सल्लाह, निर्देशन तथा मार्ग दर्शन त्यहा आवश्यक ठानिएको छ। सिङ्गापुरको विकासले यति फड्को मारिरहेको छ कि आाकडाअनुसार २००७को प्रतिव्यक्ति आय अमेरिकी मुद्रामा ४८,९०० डलर पुगेको छ।
![]() |
विकिमिडिया कमन्समा ली कुआन यु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]
- Lee Kuan Yew
- Appearances on C-SPAN
- ली कुआन यु चार्ली रोज प्रोग्राममा
- इन्टरनेट चलचित्र डेटाबेसमा ली कुआन यु
- ली कुआन युको बारेमा वा गरिएका कार्यहरू (वर्ल्डक्याट श्रेणीमा) रहेको छ ।
- ली कुआन यु समाचार तथा टिप्पणीहरु द न्युयोर्क टाइम्समा
- ली कुआन यु नोटेबल नाम डाटाबेसमा
- Interviews and articles
- A Conversation with Lee Kuan Yew, Fareed Zakaria, Foreign Affairs, March–April १९९४
- War of Words Alejandro Reyes, Time, २५ September १९९८
- Lee Kuan Yew: A Chronology, १९२३–१९६५ Largely based on Lee Kuan Yew, The Singapore Story: Memoirs of Lee Kuan Yew. Singapore: Times, १९९८. Retrieved ८ December २००४
- Part १, Part २: CNN, Fareed Zakaria talks with Lee Kuan Yew about his life as prime minister of Singapore, २२ September २००८
- Daddy knows best: The Lee Kuan Yew story, Tom Plate, Sify.com, २०१०(?)
- Lee Kuan Yew Watch
- Official Profile at the Parliament of Singapore (archived)