सन् २०२० चीन–भारत झडप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चीन–भारत झडप
चीन-भारत सीमा विवादको भाग

काश्मिरको CIA नक्शा
मिति५ मे २०२० – हाल
स्थान
वास्तविक नियन्त्रण रेखा,
चीन-भारत सीमा
स्थिति जारी
योद्धा
 भारत  चीन
सेनापतिहरू

राम नाथ कोविन्द
(भारतको राष्ट्रपति)

नरेन्द्र मोदी
(भारतको प्रधानमन्त्री)
राजनाथ सिंह (भारतको रक्षामन्त्री)
विपिन रावत
(प्रमुख सुरक्षा कर्मचारी)
मनोज मुकुन्द नरवणे
(प्रमुख सेना कर्मचारी)
योगेश कुमार जोशी
(प्रधान सेनानी, उत्तरी आज्ञा)
सि चिनफिङ
(चिनियाँ साम्यवादी दलका महासचिव, राष्ट्रपति र सैन्य आयोगका अध्यक्ष[१]
सु छिलाङ
(सैन्य आयोगका उपाध्यक्ष)
झाङ योछ्या
(सैन्य आयोगका उपाध्यक्ष)
हान वेगुओ
(सेनापति, भूमि जन मुक्ति सेना बल)
झाङ शुलिन
(सेनापति, भूमि जन मुक्ति सेना बल, पश्चिम युद्धमञ्च आज्ञा)[२]
Units involved

चित्र:Armed forces flag.png भारतीय सशस्त्र बल

चित्र:Indo-Tibetan Border Police Logo.png भारत-तिब्बत सीमा प्रहरी

 People's Liberation Army

  • भूमि जन मुक्ति सेना बल
    • पश्चिमी युद्धमञ्च आज्ञा
मृत्यु र क्षति

भारतीय स्रोत:
४ घाइते (१० मे)[३][४]
२० जनाको मृत्यु (१५ जुन)[२]


भारतीय स्रोत:
७ घाइते (१० मे)[३]
४३ को मृत्यु वा घाइते (१५ जुन)[५]

अमेरिकी स्रोत:
३५ को मृत्यु (१५ जुन)[६]

सन् २०२० चीन – भारत झडप, (चिनियाँ: 2020年中印边境冲突), चीन र भारत बीच चलिरहेको सैन्य अवरोधहरू मध्ये एक हो। ५ मे २०२० देखि चिनियाँ र भारतीय सेना कथित रूपमा चीन-भारतीय सीमाको छेउछाउका स्थानमा आक्रामक, द्वन्द्व र झडपमा संलग्न रहेको बताइएको छ। १६ जुन २०२० मा चीन र भारतीय सेनाहरू बीच हात पाईहुँदा एक अधिकारी सहित २० भारतीय सैनिकको मृत्यु भएको थियो [७]र हालसम्म भारतीय सञ्चार माध्यमका स्रोतहरूले एक अधिकारी सहित मृत्यु भएका र घाइते गरी कम्तिमा ४३ चिनियाँ सैनिकको हताहत भएको बताएका छन्। घटना लद्दाखको पाङगोङ छो नदी र सिक्किमको नाथु ला भञ्ज्याङमा भएको थियो।[८] यसका साथै पूर्वी लद्दाखमा वास्तविक नियन्त्रणको रेखाको ठाउँमा झडप भएको थियो जुन हालसम्म सन् १९६२ को चीन भारतीय युद्धबाट जारी छ,[९] ती मध्ये हाल गलवान नदी उपत्यकामा, चिनियाँ सेनाले भारतीय क्षेत्र भित्र सडक निर्माण गर्दा आपत्ति जनाएको थियो। [१०]

अवरोधहरूका बीचमा, भारतले पूर्वाधार विकास पूरा गर्ने उद्देशका साथ करीव १२,००० थप कामदारहरूलाई यस क्षेत्रमा सार्ने निर्णय गरेको थियो।[११] १,६०० भन्दा बढी कामदारहरू भएको पहिलो रेल १४ जुन २०२० मा झारखण्डबाट उधमपुरको लागि प्रस्थान गरेको थियो, जहाँबाट यसले भारत-चीन सीमामा भारतीय सीमा सडक सङ्गठनलाई सहयोग पुर्‍याएको थियो।[१२] विज्ञहरूको भनाइ अनुसार लद्दाखमा अवस्थित दुरबुक – दौलत बेग ओल्दी मार्गमा पूर्वाधार परियोजनाको निर्माणको जवाफमा चीनको पक्षमा पूर्व-साम्राज्यवादी उपायका कारण यो गतिरोध भएको हुन सक्छ।[१३] यी विवादित सीमाना क्षेत्रमा विस्तृत चिनियाँ पूर्वाधार विकास पनि भइरहेको छ। [१४] भारत सरकारले अगस्ट २०१९ मा जम्मू कश्मीरको स्थिति विभाजनले चिनियाँलाई समस्यामा पारेको थियो।[१५] यद्यपि भारत र चीन दुवैले शान्त कूटनीतिक प्रक्रियाबाट यस भयावह अवस्था समाधान गर्न पर्याप्त द्विपक्षीय संयन्त्रहरू भएको बताएका छन्।[१६] १५ जुनमा गलवान उपत्यकाको झडपपश्चात धेरै भारतीय सरकारी अधिकारीहरूले सीमा तनाव र चिनियाँ उत्पादनहरूको बहिष्कारले भारत र चीनको व्यापारमा असर नपर्ने बताएका छन्।[१७][१८][१९]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

भारत र चीन बीचको विवादित क्षेत्र

चीन र भारत बीचको सीमा बीस विभिन्न स्थानमा विवादित छ।[२०] सन् १९८० को दशकदेखि यता यी सीमा विवाद सम्बन्धी दुई देशहरूबीच २० भन्दा बढी पटक वार्ता भइसकेको छ।[२१] प्रेक्षक अनुसन्धान कोषको अध्ययनले, सन् २०१० र २०१४ को बीचको सीमा घटनाहरूमा १ देखि २ प्रतिशत मात्र सञ्चार माध्यममा प्रकाशित भएको जनाएको थियो।[२२] सन् २०१९ मा, भारतीय जन मुक्ति सेनाले ६०० भन्दा बढी पटक वास्तविक सिमा रेखाको उल्लङ्घन गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो[२०][२३] र सोही वर्षमा १०८ वटा हवाई उल्लङ्घन भएको थियो। [२४]

भारतको वास्तविक नियन्त्रण रेखाको संस्करण चित्रण गर्न कुनै सार्वजनिक रूपमा उपलब्ध नक्सा छैन भने भारतको लागि आधिकारिक सीमा भारतको नक्सामा देखिएको छ र अर्का तर्फ चीनको लागि वास्तविक नियन्त्रण रेखा प्रायः लद्दाख क्षेत्रमा दाबी गरिएको छ, तर भारतको उत्तर-पूर्वमा, चीनले अरुणाचल प्रदेशको सीमावर्ती स्थान दावी गरेको छ। सन् २०१३ मा कूटनीतिज्ञ श्याम सरणको एक प्रतिवेदनले चिनियाँ गस्तीका कारण भारतले ६४० किलोमिटर (२४७ वर्ग माइल) गुमाएको थियो भन्ने कुरा पत्ता लागेको खुलासा गरेको थियो।[२५] तर पछि सरणले क्षेत्रको क्षतिको बारेको दावीलाई अस्वीकार गरेका थिए। [२६]विवाद, झडप र अवरुद्धताको बाबजुद ५० वर्ष भन्दा बढीको लागि सीमामा दुवै देशहरूबीच एउटा गोली पनि चलाइएको छैन।

सेप्टेम्बर २०१४ मा चीनको सर्वोपरि[१] नेता सि चिनफिङको नयाँ दिल्ली भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा प्रश्नमाथि छलफल गरेका थिए र त्यसलाई हल गर्नुपर्ने कुरामा जोड दिएका थिए। सीमा मुद्दाहरूको स्पष्टीकरणले दुई देशहरूमो सम्बन्धको सम्भावना महसुस गर्न मद्दत पुर्‍याउने कुरा पनि व्यक्त भएको थियो।[२७] यद्यपि चीन र भारतबीच अन्तिम ठूलो टक्कर सन् २०१७ को दोकलाम झडप हो जुन ७३ दिनसम्म चलेको थियो। त्यस बेलादेखि चीनले तिब्बती उच्चसमस्थलीमा सैन्य उपस्थिति बढाएको थियो। न्यगारी कुनशा विमानस्थल लडाकु जेटहरू राखिएको छ। विमानस्थल पाङगोङ छो, लद्दाखबाट २०० किलोमिटर (१२४ माइल) टाढा अवस्थित छ।[२८] [२९] सन् १९५० देखि चीनले बेलायती शासनकालमा तय गरिएको सीमालाई मान्यता दिन अस्वीकार गरेको थियो र यसको परिणाममा सन् १९६२ मा दुई देशबीच युद्ध भएको जसमा भारत नराम्ररी पराजित भएको थियो।[३०]

कारण[सम्पादन गर्नुहोस्]

यी झडपहरूका धेरै कारणहरू उद्धृत गरिएको छ। [३१]म्यासाचुसेट्स प्रविधि संस्थान प्राध्यापक टेलर फ्रभेलले चीनले लद्दाखमा भारतको पूर्वाधार विकास, जस्तै दुरबुक – दौलत बेग ओल्दी सडकमा, प्रतिक्रिया व्यक्त गरेको बताएका थिए।[३२] उनले चीनको उहानबाट सुरु भएको कोरोना विषाणु महामारीको बीच यो चीनको लागि एक शक्ति प्रदर्शन भएको बताएका थिए जसले देशको अर्थव्यवस्था र यसको कूटनीतिक सम्बन्ध दुवैलाई बिगारेको पनि उनले बताएका थिए।[३३]

चीनको समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाहरूका वाङ शिदाले वर्तमान सीमा तनावलाई भारतको संविधानको धारा ३७० लाई उल्लङ्घन गर्ने सन् २०१९ को मा जम्मू-काश्मीरको स्थिति परिवर्तन गर्ने भारतको निर्णयसँग जोडेका थिए।[३४] प्रवीण साहनी वाङसँग सहमत भए पनि उनले अमित शाहको संसदीय भाषणले चिनियाँलाई उस्काउन सक्ने धारणा व्यक्त गरेका थिए।[३४] शाहले अक्साई चिन, लद्दाख केन्द्र शासित प्रदेश भएको घोषण गरेका थिए।[३५][३१] सिद्दीक वाहिदले सन् २०१९ मा जम्मू कश्मीरको विभाजनलाई औँल्याउँदै, भारतीय जनता पार्टीका वरिष्ठ मन्त्रीहरूले हालसालै मे २०२० सम्म दावी गरिएका अझै बाँकी रहेको भारतको लागि गिलगित-बाल्तिस्तान पुनः प्राप्त गर्नुपर्नेमा जोड दिएका थिए। [३६]भाारतीय कूटनीतिज्ञ गौतम बम्बावलेले नयाँ दिल्लीको जम्मू-कश्मीर सम्बन्धी अगस्ट २०१९ मा गरिएको गतिविधिले बेइजिङलाई क्रोधित बनाएको बताएका थिए।

चीनका लागि भारतका पूर्व राजदूत अशोक कान्थाले यी झगडा भारत र चीन सीमा र दक्षिण चीन समुद्री दुबैमा बढ्दो चिनियाँ दाबीको कारणले भएको जनाएका थिए। भारतीय कूटनीतिज्ञ फुन्चोक स्टोब्दानले ठूलो रणनीतिक बदलावको घटना औँल्याउँदै भारत त्यसप्रति सतर्क हुनुपर्ने बताएका थिए।[३७]

सेवानिवृत्त भारतीय सेनाका नौसेना सैयद अता हसनैनले यो विवाद चीनको छिमेकीहरूलाई कोभिड १९ पछिको रणनीतिक सन्देश प्रवाह गर्ने माध्यम रहेको र भारतले हिमालय क्षेत्रलाई समुद्री हिन्द महासागर क्षेत्रको प्राथमिकतामा पुर्‍याउन चीनका लागि बढी जोखिमपूर्ण रहेको बताएका थिए।[३८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "चिनियाँ राष्ट्रपति सि जिनपिङ मकाओमा", खरिबोट, अन्तिम पहुँच १७ जुन २०२० 
  2. २.० २.१ "भारत–चीन सीमामा २० भारतीय सैनिकको मृत्युबारे के भन्छ चीन ?"। १६ जुन २०२०। सङ्ग्रह मिति १६ जुन २०२० 
  3. ३.० ३.१ वेदिका सुद; बेन वेस्टकोट (११ मे २०२०), "Chinese and Indian soldiers engage in 'aggressive' cross-border skirmish", सिएनएन, मूलबाट १२ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०२० 
  4. चौहान, नेहा (२६ मे २०२०), "Over 5000 Chinese Soldiers Intrusion in the Indian Territory", द पोलिसी टाइम्स, मूलबाट ४ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०२०  वेब्याक मेसिन अभिलेखिकरण ४ जुन २०२० मिति
  5. "China suffered 43 casualties during face-off with India in Ladakh: Report", इन्डिया टुडे, १६ जुन २०२०, अन्तिम पहुँच १७ जुन २०२० 
  6. "India, China Face Off in First Deadly Clash in Decades", USNews, अन्तिम पहुँच १६ जुन २०२० 
  7. "चीन-भारत सीमा विवाद : लद्दाखमा ४५ वर्षपछि गयो ज्यान"अन्नपूर्ण पोस्ट्। सङ्ग्रह मिति १८ जुन २०२० 
  8. "नथु लामा चीन–भारतबीच सीमा विवाद अझ बल्झियो"अनलाइन मजदुर। सङ्ग्रह मिति १८ जुन २०२० 
  9. "नेहरूको चीन भ्रमण र १९६२ को युद्ध, यस्तो छ भारत–चीन युद्धको नालीबेली"रातोपाटी। सङ्ग्रह मिति १८ जुन २०२० 
  10. "२० सैनिक मारिएपछि भारत र चीनको आगामी कदम के होला ?"नेपाल समय। सङ्ग्रह मिति १८ जुन २०२० 
  11. "सीमामा भारतले सडक बनाएपछि चिनियाँ जनमुक्ति सेनाले रोके, लद्दाख आसपास तनाव बढ्यो"। सङ्ग्रह मिति १८ जुन २०२० 
  12. "भारत-चीन सीमामा सडक बनाउँदै भारत, झारखण्डबाट लगिँदैछ १६ सय मजदुर"देखा पढी। सङ्ग्रह मिति १८ जुन २०२० 
  13. भोजराज दाहाल। "दुवै छिमेकीको कूटनीतिक प्राथमिकतामा नेपाल पर्दैन"नयाँ पत्रिका। सङ्ग्रह मिति १८ जुन २०२० 
  14. "दौलत बेग ओल्‍डी : जगातील सर्वात उंचावरची हवाई पट्टी, चीनच्या डोळ्यात खुपतेय भारताची 'सर्वोच्च' शक्ती"लोकमत (मराठी भाषा)। सङ्ग्रह मिति १८ जुन २०२० 
  15. "کیا قبائلیوں کی کشمیر پر چڑھائی سے کشمیر ہاتھ سے نکل گیا"قبائلیوں (उर्दू भाषा)। सङ्ग्रह मिति १८ जुन २०२० 
  16. रोचे, एलिजावेथ (८ जुन २०२०), "India, China to continue quiet diplomacy on border dispute", लाइभमिन्ट (अङ्ग्रेजीमा), मूलबाट ९ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुन २०२० 
  17. "भारतलाई चिनियाँ सामान बहिष्कार गर्न मुश्किल"कारोबार दैनिक। सङ्ग्रह मिति १८ जुन २०२० 
  18. Suneja, Kirtika; Agarwal, Surabhi (१७ जुन २०२०), "Is This Hindi-Chini Bye Bye on Trade Front? Maybe Not: No immediate impact likely on business relations, say govt officials" (print version), द इकोनोमिक्स टाइम्स 
  19. "Traders' body calls for boycott of 3,000 Chinese products over 'continued' border clashes", द प्रिन्ट (अङ्ग्रेजीमा), १६ जुन २०२०, अन्तिम पहुँच १७ जुन २०२० 
  20. २०.० २०.१ "不是“武汉精神”:中印之间的小冲突", 皇家联合服务学院, २१ मे २०२०, मूलबाट २८ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २०२०  वेब्याक मेसिन अभिलेखिकरण २८ मे २०२० मिति
  21. "1959-1962年中印冲突与中国外交政策的转变-《华东师范大学第一届世界史博士生学术论坛论文摘要集》(2019)-手机知网", wap.cnki.net, अन्तिम पहुँच २०२०-०६-१६ 
  22. "印度政府首次明确承认西藏是我国领土一部分-东方网", अन्तिम पहुँच २०२०-०६-१६  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-०६ मिति
  23. भोँन्स्ले, मिहिर (१२ फेब्रुअरी २०१८), "Understanding Sino-Indian border issues: An analysis of incidents reported in the Indian media", प्रेक्षक अनुसन्धान कोष, मूलबाट ३ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २०२० 
  24. "1988年12月19日至23日 印度总理拉吉夫·甘地对我国进行正式访问-中华人民共和国国务院新闻办公室", अन्तिम पहुँच २०२०-०६-१६  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-१८ मिति
  25. युवराज घिमिरे। "चीनले नाघेको कूटनीतिको लक्ष्मणरेखा"देश सञ्चार। सङ्ग्रह मिति १८ जुन २०२० 
  26. "Shyam Saran: Shyam Saran denies any report on Chinese incursions", द टाइम्स अफ इन्डिया (अङ्ग्रेजीमा), ६ सेप्टेम्बर २०१३, मूलबाट ६ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मे २०२० 
  27. "चिनियाँ राष्ट्रपति सि जिनपिङ भारतमा"कोशी अनलाइन। सङ्ग्रह मिति १८ जुन २०२० 
  28. चान, मिनि (४ जुन २०२०), "China flexing military muscle in border dispute with India", साउथ चाइना मर्निङ पोस्ट (अङ्ग्रेजीमा), मूलबाट ४ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०२० 
  29. "China starts construction activities near Pangong Lake amid border tensions with India", बिजनेस टुडे, २७ मे २०२०, मूलबाट ५ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुन २०२० 
  30. "विश्वकै दुई ठुला राष्ट्र भारत र चीन बिच सैन्य भिडन्त किन भयो ?"सफल खबर। १६ जुन २०२०। सङ्ग्रह मिति १८ जुन २०२० 
  31. ३१.० ३१.१ Singh, Sushant (२६ मे २०२०), "Indian border infrastructure or Chinese assertiveness? Experts dissect what triggered China border moves", द इन्डियन एक्सप्रेस, मूलबाट १ जुन २०२०-मा सङ्ग्रहित। 
  32. "Beijing think-tank links scrapping of Article 370 to LAC tensions"द हिन्दु। १२ जुन २०२०। सङ्ग्रह मिति १५ जुन २०२० 
  33. "Here's Why All's Not Well for India on the Ladakh Front", द वायर, १० जुन २०२०, अन्तिम पहुँच १५ जुन २०२० 
  34. ३४.० ३४.१ वाहिद, सिद्दिक (११ जुन २०२०), "There is a Global Dimension to the India-China Confrontation in Ladakh", द वायर, अन्तिम पहुँच १५ जुन २०२० 
  35. "क्या है अक्साई चिन का इतिहास, जिसे लेकर चीन ने फिर दिखाई दादागीरी"हिन्दी न्युज (हिन्दी भाषा)। सङ्ग्रह मिति १८ जुन २०२० 
  36. "As China intrudes across LAC, India must be alert to a larger strategic shift", द इन्डिन एक्सप्रेस, २६ मे २०२०, मूलबाट ३ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मे २०२० 
  37. "चिनियाँ, भारतीय सेनाको विवादित लद्दाख बोर्डरमा सामना"समाचार। सङ्ग्रह मिति १८ जुन २०२० 
  38. Action on the LAC | Blitzkrieg with Major Gaurav Arya, रिपब्लिक टिभी, ६ जुन २०२०, अन्तिम पहुँच ८ जुन २०२०