सामग्रीमा जानुहोस्

अक्साई चिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निर्देशाङ्कहरू: ३५°७′उ॰ ७९°८′पू॰ / ३५.११७°N ७९.१३३°E / 35.117; 79.133

अक्साई चिन
भारत - चीन पश्चिमी सीमामा अक्साई चिन दर्शित हो
परम्परागत चिनियाँ 阿克賽欽
सरलीकृत चिनियाँ 阿克赛钦

अक्साई चिन या अक्सेचिन (उईगुर: ur‎, सरलीकृत चिनिया: 阿克赛钦, आकेसैचिन) चीन, पाकिस्तानभारतको बिचमा तिब्बती पठारको उत्तरपश्चिममा स्थित एक विवादित क्षेत्र हो। यो कुनलुन पर्वतको ठीक तल छ।[] ऐतिहासिक रूपमा अक्साई चिन भारतलाई रेशम मार्गसँग जोडने कारण थियो र भारत र हजारौ बर्षदेखी मध्य एसियाको पूर्वी इलाका (जसलाई तुर्किस्तान पनि भनिन्छ) र भारतको बीच संस्कृति, भाषा र व्यापारको बाटो रहेको छ। भारतसँग तुर्किस्तानको व्यापार मार्ग लद्दाख र अक्साई चिनको बाटो हुँदै काश्गर सहर जाने गर्द्थे।[] १९५० को दशकदेखी यो क्षेत्र चीन कब्जामा छ तर भारत यसमा अपना दावा जनाउछ र यस जम्मु कश्मीर राज्यको उत्तर पूर्वी हिस्सा मान्दछ। अक्साई चिन जम्मु कश्मीरको कुल क्षेत्रफलको पांचऔँ भागको बराबर छ। चीनले यसलाई प्रशासनिक रूपमा शिनजियांग प्रांतको काश्गर विभागको कार्गिलिक जिल्लाको हिस्सा बनाएको छ।

नाम कि उत्पत्ति

[सम्पादन गर्नुहोस्]

'अक्साई चिन' (ur‎)को नाम उईगुर भाषाबाट आएको हो,, जो एक तुर्की भाषा हो। उईगुरमा 'अक' (ur‎)को मतलब 'सफा' हुदछ[] र 'साई' (ur‎)को अर्थ 'घाटी' वा 'नदीको मैदान' हुदछ।[] उईगुरको एक र शब्द 'चोअल' (ur‎) है, जसको अर्थ हुदछ 'वीराना' वा 'मरुभुमी', जसको पुरानो खितानी भाषामा रूप 'चिन' ((ur‎)) था।[][] 'अक्साई चिन'को नामको अर्थ 'सफेद ढुगे घाटीको मरुभुमी' निस्कन्छ।[] चीनको सरकार यस क्षेत्रमा अधिकार जनाउनको लागि 'चिन'को मतलब 'चीनको सफेद मरुभुमी' निस्किन्छ, लेकिन अन्य मानिस यसमा विवाद गर्दछन।

अक्साई चिन एक धेरै ऊंचाई (लगभग ५,००० मीटर)मा स्थित एक नमकको मरुस्थल हो। यसको क्षेत्रफल ४२,६८५ किमी² (१६,४८१ वर्ग मील)को आसपास छ। भौगोलिक दृष्टिबाट अक्साई चिन तिब्बती पठारको भाग हो, र यसलाई 'खारा मैदान' पनि भनिन्छ। यो क्षेत्र लगभग निर्जन छ र यहाँ स्थायी बस्तीहरू छैनन। यस क्षेत्रमा 'अक्सेचिन' नामको ताल र 'अक्सेचिन' नामको नदी छ। यहाँ वर्षाहिमपात हुँदैन किनकी हिमालय र अन्य पर्वत भारतीय मानसूनी हवा यहाँ आउनबाट रोकिदिन्छ।

भारत-चीन विवाद

[सम्पादन गर्नुहोस्]

चीनले जब १९५० को दशकमा तिब्बतमा कब्जा गर्यो तब त्यहाको केही क्षेत्रमा विद्रोह भडकियो जसबाट चीन र तिब्बतको बीचको मार्ग बिच्छेद हुने खतरा भएको थियो। चीनले त्यस समय शिंजियांग-तिब्बत राजमार्गको निर्माण गर्यो जो अक्साई चिनबाट निस्कन्छ र चीनको पश्चिमी तिब्बतसँग संपर्क राख्ने अर्को कारण दिन्छ। भारतको जब यो थाहा भयो तब उसले आफ्नो इलाका फिर्ता लिने कोशिस गर्यो। यो १९६२ को भारत-चीन युद्धको एउट ठुलो कारण बन्यो। वह रेखा जो भारतीय कश्मीरको क्षेत्रलाई अक्साई चिनसँग अलग गर्दछ 'वास्तविक नियन्त्रण रेखा'को रूपमा बुझिन्छ। अक्साई चिन भारतचीनको बीच चलिरहेको दुई प्रमुख सीमा विवाद मध्ये एक हो। चीनको साथ अन्य विवाद अरुणाचल प्रदेशसँग सम्बन्धित छ।

यो पनि हेर्नु होस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Aksai Chin: China's disputed slice of Kashmir वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-०८ मिति, CNN.com, Accessed 2007-07-23
  2. Foreign trade and commerce in ancient India, Prakash Charan Prasad, Abhinav Publications, 1977, ISBN 978-81-7017-053-2
  3. Spoken Uyghur, Reinhard F. Hahn, Ablahat Ibrahim, University of Washington Press, 2006, ISBN 978-0-295-98651-7, ... aq (n) 'white,', 'clear,' 'clean,' 'innocent' ...
  4. ur‎ (युल्गुन उईगुर लुगात/शब्दकोष) - साई, ... ئى a river valley, riverbed, canyon, wadi ...
  5. ur‎ (युल्गुन उईगुर लुगात/शब्दकोष) - चोअल, ... چۆل a desert, a wilderness (without vegetation), a deserted, uninhabited, desolate place ...
  6. ur‎ (अक्साई चिन्मु या के अक्साई चोअलमू?), ... ur‎ ('अक्साई चिन'मा 'अक्साई' त ठीक छ तर अगर असली मूल नाम सच कहा जाए तो 'अक्साई चोअल' हो ... उईगुरको 'चोअल' शब्दको खितानी भाषामा 'चिन' उच्चारित गरिन्थ्यो) ...
  7. The face of the earth: (Das antlitz der erde) Volume 1, Eduard Suess, Clarendon press, 1904, ... into the Aksai Chin, i.e. the White Desert, and towards the Yeshil Kul ...

बाहिरी सूत्र

[सम्पादन गर्नुहोस्]