रेसम मार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेशम मार्गको सञ्जाल।
ईस्वी सम्वत्‌को पहिलो शताव्दीमा रेशम मार्गको मानचित्र।

रेशम मार्ग रेशम मार्ग (अङ्ग्रेजीमा Silk Route) प्राचीन तथा मध्ययुगीन समयको व्यापारिक मार्गहरूको सञ्जाल हो। यो मार्गको विस्तार पूर्वी एसिया देखि मध्य एसिया हुँदै भू-मध्य सागर सम्म फैलिएको थियो। यसको प्रयोग गरी पूर्वीय देशहरू खासगरी चीनले पश्चिमी देशहरू सँग ब्यापार गर्ने गर्दथे। मध्य एसिया खासगरी चीनमा उत्पादित रेशम तथा रेशमी कपडाको व्यापारिक ओसार पसार गरिने भएकोले यो मार्गको नाम रेशम मार्ग रहन गएको हो। यद्यपि यो मार्गमा रेशमका अतिरिक्त सुती कपडा तथा अन्य वस्तुहरूको पनि व्यापार हुने गरेको थियो। रेशम मार्ग व्यापारिक प्रयोजनका अतिरिक्त तीर्थयात्री, घुमन्तेहरू तथा विद्वानहरूको यात्रा गर्ने विशेष मार्ग पनि थियो। रेशम मार्ग हुँदै विभिन्न ठाँउहरूबाट व्यापारीहरू तथा अन्य मानिसहरू यात्रा गर्ने भएको हुँदा चीनमा विभिन्न प्रकारका विचारहरू आउने र चीनको विचार अन्य ठाँउमा प्रसारित हुने अवसर यो मार्गले दिएको थियो। रेशम मार्गले चीनलाई एउटा ठूलो आर्थिक आम्दानी भएको थियो। यो मार्गबाट चीनियाँहरूले रेशम, माटोका सामानहरू, चामलमसलाहरूको व्यापार मध्यपूर्व तथा यूरोप सम्म गर्ने गर्थे। रेशम मार्ग चीन, इजिप्ट, मेसोपोटामिया, पर्सिया, भारतरोमको प्राचीन संस्कृतिको विकासको एउटा ठूलो आधार थियो। यो मार्गले आधुनिक विचारहरूको सञ्चार गर्न ठूलो योगदान दिएको छ।

प्राचीन मार्ग[सम्पादन गर्नुहोस्]

रेशम मार्ग उत्तर चीनबाट पश्चिमतिर गएको छ। त्यसैगरी अन्य मार्ग उत्तर तथा दक्षिणतिर विभाजित भएर तिब्बती पठारको वरिपरी फैलिएको छ। पश्चिम गएको मार्ग इरान, सिरिया हुँदै भूमध्य सागरमा पुग्दछ। भूमध्य सागरको जलमार्गले यसलाई इटाली सँग जोड्दछ। भूमध्य सागरबाटै यो मार्ग अफ्रिकी देशहरूसँग पनि जोडिन्छ। रेशम मार्गको फैलावट जलमार्गमा पनि रहेको थियो। यसको फैलावट दक्षिण चीनदेखि फिलिपिन्स, ब्रुनइ, जाभा इन्डोनेशिया, सिंगापुर, मलेशिया, थाइल्याण्ड, श्रीलङ्का, भारत, पाकिस्तान हुँदै इरान सम्म पुगेको थियो। युरोपमा यसको फैलाव इजरायल, लेबनान, इजिप्त अनि इटाली सम्म छ। मू-मध्य सागरबाट यो पोर्चुगल तथा स्विडेन सम्म जोडिन्थ्यो।

आधुनिक रेसम मार्ग[सम्पादन गर्नुहोस्]

प्राचीन रेशम मार्गलाई आधार मानी चीनले अन्तरराष्ट्रिय व्यापारिक राजमार्ग निर्माण गर्ने योजना बनाएको छ जसमा एसियाका विभिन्न ४२ देशहरू संलग्न रहेका छन्। [१] रेसम मार्ग परियोजनामा भूटान, श्रीलङ्का, नेपाल जस्ता देशहरूलाई समेत समावेश गरी १२ हजार ८ सय किलोमीटर लामो मार्ग बनाउने योजना चीनले अघि सारेको छ। [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "चीनको नयाँ रेसम मार्ग रणनीति", अन्नपूर्ण पोष्ट दैनिक, अन्तिम पहुँच ३० नोभेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २९ जनवरी २०१६ मिति
  2. "सन् २०१८ मा सिल्क रोड सम्पदा पहिचान गरिने", कान्तिपुर समाचार, अन्तिम पहुँच ३० नोभेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति