गेजिङ
स्वरूप
(ग्याल्सिङबाट अनुप्रेषित)
गेजिङ | |
|---|---|
| निर्देशाङ्क: २७°१७′N ८८°१६′E / 27.28°N 88.27°E | |
| देश | |
| राज्य | |
| जिल्ला | गेजिङ जिल्ला |
| उन्नतांश | ८२३ मिटर (२७०० फिट) |
| जनसङ्ख्या (2011) | |
| • जम्मा | ४,०१३ |
| समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
गेजिङ भारतको सिक्किम राज्यको गेजिङ जिल्लामा अवस्थित एउटा सहर हो। यो जिल्लाको प्रशासनिक सदरमुकाम हो। सहर राजधानी गान्तोकसँग धातुको सडकद्वारा जोडिएको छ। गेजिङ पश्चिम बंगालका दार्जिलिङ र कालिम्पोङ सहरहरूमा जोरथाङ हुँदै जोडिएको छ। केही किलोमिटर उत्तरमा पेलिङ सहर छ। सहरमा नेपालीहरूको ठूलो जनसङ्ख्या छ, र नेपाली भाषा यस क्षेत्रको प्रमुख भाषा हो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]सन् २००१ भारतको जनगणना अनुसार, गेजिङको जनसङ्ख्या ४,०१३ थियो। जनसङ्ख्याको ५९% पुरुष र ४१% महिलाहरू छन्। ग्यालसिङको औसत साक्षरता दर ७२% छ, जुन राष्ट्रिय औसत ५९.५% भन्दा बढी छ: पुरुष साक्षरता ७५% र महिला साक्षरता ६८% छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Census of India 2001: Data from the 2001 Census, including cities, villages and towns (Provisional)", Census Commission of India, मूलबाट २००४-०६-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-११-०१। अभिलेखिकरण २००४-०६-१६ वेब्याक मेसिन
विकिमिडिया कमन्समा गेजिङ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।