सामग्रीमा जानुहोस्

महिला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महिला

महिला, स्त्री वा नारी (अङ्ग्रेजी: Woman) मानवको वयस्क स्त्रीलिंग जाती हो जसको व्यवहार पनि स्त्रीकै हुन्छ। यो शब्द सम्पूर्ण स्त्री वर्गलाई दर्शाउनको लागि प्रयोग गरिन्छ। प्रौढ हुनु अघि स्त्री बालबालिका वा किशोरीलाई सामान्यतया केटी भनिन्छ।

सामान्यतया महिलाहरू शारीरीक रुपमा स्त्रीलिंगी हुन्छन् र आमाबुबा प्रत्येकबाट एक-एकवटा गरी दुईवटा X गुणसूत्र प्राप्त गर्छन्। कार्यशील गर्भाशय भएको महिलाहरूले किशोरावस्था पछि देखि रजोनिवृत्ति सम्म गर्भवती भई सन्तान जन्माउन सक्छन्। व्यापक रूपमा हेर्दा, भ्रूणको यौन विभेदीकरण SRY Sex-determining Region Y जीनको अनुपस्थिति वा गैर–सक्रिय अवस्थाले निर्धारित गर्दछ। महिलाको शारीरिक बनावट पुरुषभन्दा प्रजनन प्रणालीका हिसाबले भिन्न हुन्छ। यसमा अण्डाशय, फेलोपियन ट्यूब, गर्भाशय, योनि र भगाङ्कुर सहितको बाह्य यौनाङ्ग पर्दछन्। वयस्क महिलाको श्रोणी प्रायः फराकिलो, कूल्हा चौडा र स्तन ठूला हुने गर्छन्, जसले सन्तान जन्माउने र स्तनपान गराउने प्रक्रियामा सहयोग गर्दछ। सामान्यतया महिलाका अनुहारमा र शरीरमा पुरुषभन्दा कम रौं हुन्छ, शरीरमा बोसोको प्रतिशत बढी हुन्छ, र औसतमा पुरुषभन्दा होचो[] तथा कम मांसपेशी भएको देखिन्छ।

जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका महिलालाई त्याचलैङ्गिक महिला भनिन्छ भने जन्मँदा पुलिङ्गी इङ्गित गरिएका महिलालाई पारलैङ्गिक महिला भनिन्छ। अन्तरलिङ्गी यौन विशेषताका महिलाहरूलाई अन्तरलिङ्गी महिला भनिन्छ।

पुरुष र महिलाको शरीरमा केही भिन्नताहरू हुन्छन्। तीमध्ये केही भिन्नताहरू, जस्तै बाह्य यौन अंगहरू प्रष्ट भए पनि भने अरू भिन्नताहरू, जस्तै आन्तरिक शारीरिक संरचना र अनुवांशिक विशेषताहरू, प्रत्यक्ष रूपमा देखिँदैनन्।

सामान्यतया, महिलाको कोषिकामा दुईवटा X गुणसूत्र हुन्छन् भने पुरुष मानवका कोषिकामा एकवटा X र एकवटा Y गुणसूत्र हुन्छ। प्रारम्भिक भ्रूणीय विकासको क्रममा, सबै भ्रूणहरूमा करिब ६ वा ७ हप्तासम्म महिला समान बाह्य जननाङ्ग हुन्छ। त्यसपछि पुरुष भ्रूणमा Y गुणसूत्रमा रहेको SRY जीन को प्रभावका कारण गोनाड (जननग्रन्थि) टेस्टिसमा रूपान्तरण हुन्छ। महिलामा यौन विभेदन गोनाडल हर्मोनहरूबाट स्वतन्त्र तरिकाले अघि बढ्छ। मानिसहरूले माइटोकन्ड्रियल DNA केवल आमाको अण्डाणुबाट मात्र पाउने भएकाले, वंशावली अनुसन्धानकर्ताहरूले आमाबाट वंशक्रमलाई धेरै पुरानो समयसम्म पछ्याउन सक्छन्।

यौनिकता र लैङ्गिकता

[सम्पादन गर्नुहोस्]

महिलाको लैंगिकता र आकर्षण महिला अनुसार फरक हुन्छ, र महिलाको यौन व्यवहारमा धेरै कारकहरूले प्रभाव पार्न सक्छन्, जसमा विकासक्रमबाट आएका पूर्वनियत प्रवृत्तिहरू, व्यक्तित्व, पालनपोषण, र संस्कृति पर्दछन्। अधिकांश महिला विषमलैङ्गिक (heterosexual) हुन्छन्, तर उल्लेखनीय अल्पसंख्यक महिला समलैङ्गिक (lesbian) वा उभयलैङ्गिक (bisexual) पनि हुन्छन्।

धेरैजसो संस्कृतिहरूले महिलालाई दुईमध्ये एउटै लिङ्ग (पुरुष वा महिला) को रूपमा बुझ्छन्; यद्यपि अन्य केही संस्कृतिहरूमा तेस्रो लिङ्गको अवधारणा पनि हुन्छ। नारीत्व जसलाई नारी सुलभता वा केटीपना पनि भनिन्छ, महिलासँग सम्बन्धित विशेषता, व्यवहार र भूमिकाहरूको एउटा समष्टि हो। यद्यपि नारीत्व सामाजिक रूपमा निर्मित मानिन्छ, तर केही व्यवहारहरूलाई जैविक रूपमा प्रभावित पार्न सक्दछ। नारीत्व कति हदसम्म जैविक वा सामाजिक रूपमा प्रभावित हुन्छ भन्नेबारेमा बहस रहँदै आएको छ। नारीत्व भनेको जैविक रूपमा महिलामा मात्र हुने परिभाषीत गरिए पनि पुरुष र महिला दुवैले नारीसुलभ गुण प्रदर्शन गर्न भने सक्छन्।

प्रजनन क्षमता र पारिवारिक जीवन

[सम्पादन गर्नुहोस्]

संस्कृति र लैंगिक भूमिकाहरू

[सम्पादन गर्नुहोस्]

आधुनिक समयमा लैङ्गिक भूमिकाहरूमा ठूलो परिवर्तन हुदैँ आएको छ। परम्परागत रूपमा, मध्यम वर्गीय महिलाहरू घरायसी कामकाजमा संलग्न हुन्थे र विशेषगरी बालबालिकाको हेरचाहमा ध्यान केन्द्रित गर्थे। गरिब महिलाहरूको अवस्थामा भने आर्थिक आवश्यकताले गर्दा उनीहरूलाई घरबाहिर काम खोज्न बाध्य पार्थ्यो, यद्यपि व्यक्तिगत रूपमा केही गरिब महिलाहरूले घरायसी काम लाई प्राथमिकता दिन सक्थे। उपलब्ध अधिकांश पेशाहरूमा उनीहरूलाई पुरुषहरूको तुलनामा कम तलब र कम प्रतिष्ठा हुने कामहरू मात्र उपलब्ध हुन्थे।

विभिन्न संस्कृतिहरूमा

[सम्पादन गर्नुहोस्]

हिन्दु संस्कृति

[सम्पादन गर्नुहोस्]

ऐतिहासिक तरिकामा हिन्दु नारीको भूमिकामा धेरै फरक आएको छ। परम्परागत तरिकामा मध्यम वर्गीयमा नारीको भूमिका घरेलू कामहरू सँग जोडिएको हुन्थ्यो जस्तै कि बच्चाहरू लाई हेर्नु र धेरैजसो महिलाहरू पैसा कमाउन जाँदैनन्। गरीब नारीमा, खासगरि मेहनती वर्गमा पैसाको कमीको कारणले नारीको काम गर्न पर्थ्यो हुनत महिलाहरू लाई दिइने काममा संधै पुरूषहरूलाई दिइने कामहरू भन्दा प्रतिष्ठा र पैसा दुवैमा साना हुन्थे। बिस्तारै बिस्तारै, घरमा नारीले काम नगर्नु धन र प्रतिष्ठाको प्रतिक मानिन थाल्यो जबकि नारीले काम गर्नुको मतलब त्यो घरलाई तल्लो वर्गमा गनिन्थ्यो।

शास्त्र हरुमा पनि नारीहरुलाई सदा पवित्र बताइएको छ-

स्त्री मुखं च सदा शुद्धम्।(बृहत्पराशरस्मृति, ६।३३७) अर्थ:- स्त्रीहरुको मुख सदा शुद्ध हुन्छ।।स्त्रियो वृद्धाश्च बालाश्च न दुष्यन्ति कदाचन:।(गरुडपुराण, आचार. २१४।२२) अर्थ:- स्त्री वृद्धा र बालिकाहरु कहिलेपनि अशुद्ध हुँदैनन्।।स्त्रियो वृद्धास्तथा बाला: न दुष्यन्ति कदाचन:।

क्षुते निष्ठीवने चैव दन्तोच्छिष्टे तथानृते।।(पराशरस्मृति, ७।३७) अर्थ:- मान्यजनलाई दिने खाद्यान्नमा पनि स्त्री वृद्धा र बालिकाहरुले हाच्छ्युँ गर्दा वा थुक पर्दा, दाँतमा जुठो रहदा र झुट बोल्दा दोष लाग्दैन।।

मुस्लिम संस्कृति

[सम्पादन गर्नुहोस्]

मुस्लिम महिलाहरु बुर्का लगाउने गर्दछन्। यो समुदायमा मन मिलेपछि घर परिवारका सदस्य(दिदी भाई, दाजु बहिनी,) सँग बिहे आदि मान्य हुन्छ। बिनाकाम बाहिर डुल्ने आदि गरिदैन।

पाश्चात्य संस्कृति

[सम्पादन गर्नुहोस्]

शिक्षा र स्वास्थ्य

[सम्पादन गर्नुहोस्]

सरकार र राजनीति

[सम्पादन गर्नुहोस्]

विज्ञान, साहित्य र कला

[सम्पादन गर्नुहोस्]

प्रमुख कानुनहरू

[सम्पादन गर्नुहोस्]

नेपालका प्रमुख नारीहरू

[सम्पादन गर्नुहोस्]

मूल लेख नेपालका महिला व्यक्तित्वहरू

नेपालको विभिन्न क्षेत्रमा नारीहरूको योगदान महत्त्वपूर्ण रहेको छ।

नेपालको नाम विश्वलाई चिनाउनमा योगदान गर्ने केही नेपाली महिलाहरू।

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

बाहिरी कडिहरू

[सम्पादन गर्नुहोस्]
  1. Roser, Max; Appel, Cameron; Ritchie, Hannah (२०२१-०५-०१), "Human Height", Our World in Data (अङ्ग्रेजीमा)।