सामग्रीमा जानुहोस्

पारलैङ्गिक व्यक्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जन्मँदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिंगसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्तिहरू अथवा जन्मँदा इङ्गित गरिएको लैङ्गिकता भन्दा फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरू पारलैङ्गिक (अङ्ग्रेजी: Transgender) व्यक्ति हुन् । [] [] [] []

भोपाल मध्य प्रदेशमा ारलैङ्गिकका लागि पहिलो सार्वजनिक शौचालय

पारलैङ्गिक महिला

[सम्पादन गर्नुहोस्]

पारलैङ्गिक महिला (Transgender Female / Trans woman ) भन्नाले महिला लैङ्गिक पहिचान भएका ती व्यक्तिहरू जसको जन्मँदा यौनाङ्गको आधारमा पुलिङ्गी इङ्गित गरिएको थियो भनी सम्झनु पर्छ । पारलैङ्गिक महिलाहरू जन्मदाँ पुलिङ्गी इङ्गित गरिएका हुन्छन् । शिश्न लिएर जन्मेका हुनाले समाजले उनीहरूलाई केटा वा बालक भनेर इङ्गित गर्दछ, र हुर्कने बढ्ने क्रममा हुने लैङ्गिक अनुभव र प्रस्तुतीकरणको हकमा केटी वा महिलाको गुण विकास हुन्छ र आफूलाई महिला भनी पहिचान गर्दछन् ।

पारलैङ्गिक पुरुष

[सम्पादन गर्नुहोस्]

पारलैङ्गिक पुरुष (Transgender Male / Trans man ) भन्नाले पुरुष लैङ्गिक पहिचान भएका ती व्यक्तिहरू जसको जन्मँदा यौनाङ्गको आधारमा स्त्रीलिङ्गी इङ्गित गरिएको थियो भनी सम्झनु पर्छ । पारलैङ्गिक पुरुषहरू जन्मदाँ स्त्रीलिङ्गी इङ्गित गरिएका हुन्छन् । योनी लिएर जन्मेका हुनाले समाजले उनीहरूलाई केटी वा बालिका भनेर इङ्गित गर्दछ, र हुर्कने बढ्ने क्रममा हुने लैङ्गिक अनुभव र प्रस्तुतीकरणको हकमा केटा वा पुरुषको गुण विकास हुन्छ र आफूलाई पुरुष भनी पहिचान गर्दछन् ।

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन विशेषता
यौनाङ्ग   पुलिङ्गी   स्त्रीलिङ्गी   अन्तरलिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष   महिला   त्याचलैङ्गिक व्यक्ति   पारलैङ्गिक व्यक्ति   पारलैङ्गिक महिला   पारलैङ्गिक पुरुष   मिश्रितलैङ्गिक व्यक्ति   अलैङ्गिक व्यक्ति   दुईलैङ्गिक व्यक्ति   द्रवलैङ्गिक व्यक्ति   लैङ्गिक गैर-अनुरूपी व्यक्ति   लैङ्गिक क्वयेर   अर्धलैङ्गिक व्यक्ति   गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान   विषुलिङ्गी   तेस्रोलिङ्गी   सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
लैङ्गिक अभिव्यक्ति
विषुपहिरणी   फेम् पुरुष   माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
  विषमयौनिक   समयौनिक   द्वियौनिक   अयौनिक   द्रवयौनिक   सर्वयौनिक   खैर्याउनिक
उत्सव, दिवस र प्रतीकहरू
गौरव यात्रा   गौरव महिना   गौरव झण्डा  
अधिकार
योग्याकार्ता सिद्धान्त   देश वा राज्य अनुसार क्वयेर अधिकार
विविध
लैङ्गिक विविधता समावेशी नेपाली भाषा