तेस्रोलिङ्गी
दक्षिण एसियाली हिन्दू र मुश्लीम संस्कृति समाजमा आफूलाई महिला वा पुरुषको परिभाषामा नराख्ने आफ्नो छुट्टै समाज, संस्कार, रीतिरिवाज र रहन सहन भएको विभिन्न समुदायहरू छन् । सामाजिक मूल्य मान्यता अनुसार तेस्रोलिङ्गी व्यक्तिहरूलाई अलौकिक मानिन्छ र उनीहरूले दिएको आशिर्वाद र श्राप लाग्दछ भन्ने मान्यता समेत रहेको र उनीहरू कुनै सुखद अवशर जस्तै विवाह, नवजन्म शिशु, इत्यादीमा नाच गान गर्ने, आशिर्वाद दिने परम्परागत पेशा पनि गर्दछन् । कतिपय तेस्रोलिङ्गी समुदायहरूको लामो इतिहास नै छ, उनीहरूको छुट्टै स्थानमा समुदायगत बसोबास हुन्छ र आफ्नो समुदायमा कोही भित्रन चाहेमा, समुदायमा भित्री सकेपछी, समुदायमा कसैको मृत्यु हुँदा र कतिपय अवस्थामा समुदायको आफ्नै छुट्टै भाषा वा भाषिका समेत हुने गर्दछ । [१] [२] [३] [४] [५] [६]
नेपाल[सम्पादन गर्नुहोस्]
नेपालको पहाडी भेगमा मेटी, मारुनी, मधेसमा कोथी, मौगियाह, नेवार समुदायमा मैंबाबु, डोट्यालीमा घाँडे, हिमाली भेगमा फुलुमुलु, फोलोक मोलोक, इत्यादी तेस्रोलिङ्गी समुदायहरू छन् । [७]
बाङ्लादेश[सम्पादन गर्नुहोस्]
सन् २०१३म बाङ्लादेशले महिला पुरुष बाहेक 'हिजडा' भनी तेस्रोलिङ्गी व्यक्तिहरूलाई पहिचान दिएको थियो । [८]
भारत[सम्पादन गर्नुहोस्]
तेस्रोलिङ्गी संस्कृतिको व्यापकता रहेको प्रमुख देश भारत हो । हिन्दी भाषामा हिजडा, हिज्रा, हिजरा, इत्यादी भनिने गरिन्छ । उर्दू भाषामा 'ख्वाजासिरा' भनिने गरिन्छ । तेलुगु भाषामा नपुन्सकुडू', तमिल भाषामा 'थिरु नङ्गाई', 'अरवानी', इत्यादी तेस्रोलिङ्गी समुदायहरू अस्तित्वमा छन् । [९]
अधिकार[सम्पादन गर्नुहोस्]
दक्षिण एसियाका अधिकांश देशहरूमा तेस्रोलिङ्गीको अवधारणा भएकाले नेपाल, भारत, बाङ्लादेश र पाकिस्तानले तेस्रोलिङ्गी पहिचानलाई विभिन्न ढङ्गले मान्यता दिएका छन् । [१०]
समाज[सम्पादन गर्नुहोस्]
दक्षिण एसियाका केही तेस्रोलिङ्गी समाजहरू देहाय बमोजिमका छन् :-
दिवस[सम्पादन गर्नुहोस्]
वर्षेनी अप्रिल १७ तारिखमा तेस्रोलिङ्गी दिवस मनाइन्छ ।
भाषा[सम्पादन गर्नुहोस्]
हिन्दी र उर्दू भाषामा आधारित दिल्लीमा हिजडा समुदायको हिज्रा फारसी नामक छुट्टै भाषा प्रचलनमा छ । [११] [१२] [१३] [१४] नेपालमा पनि मेटी भाषा भनिने नेपाली भाषामा आधारित भाषा प्रचलनमा छ ।
हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ[सम्पादन गर्नुहोस्]
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा", क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज, मूलबाट ०३ जनवरी २०२१-मा सङ्ग्रहित।
- ↑ "यौभिकयौता दस्तावेज", तान नेपाल।
- ↑ "यौभिकयौता दस्तावेज", सहायम् नेपाल।
- ↑ "नेपाली भाषाको समावेशी तथा मैत्रीपूर्ण भाषाको प्रयोग सम्बन्धी साझा बुझाई", बडी एण्ड डाटा।
- ↑ "यौभिकयौता सम्बन्धी आधारभूत परिभाषा", क्वयेर युथ ग्रुप।
- ↑ "यौभिकयौता व्याख्यात्मक दस्तावेज", क्वयेर युथ ग्रुप।
- ↑ "समलिंगी तेस्रोलिंगी बारे बारम्बार सोधिने प्रश्नहरू", नील हिरा समाज।
- ↑ Karim, Mohosinul (२५ अक्टोबर २०१४), "Hijras Now a Separate Gender", Dhaka Tribune, मूलबाट १० सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१७।
- ↑ Naz Foundation International, Briefing Paper 3: Developing community-based sexual health services for males who have sex with males in South Asia. August 1999. Paper online वेब्याक मेसिन अभिलेखिकरण १८ अक्टोबर २०१५ मिति (Microsoft Word file).
- ↑ "South-South collaboration to advance legal gender recognition and inclusion of transgender people in South Asia", UNDP Asia Pacific।
- ↑ Script error: The function "harvard_citation_no_bracket" does not exist.
- ↑ Hall, K. (1996). Lexical subversion in India’s Hijra community. In Gender and Belief Systems: Proceedings of the Third Berkeley Women and Language Conference. Berkeley, CA: Berkeley Women and Language Group (pp. 279-292).[१]
- ↑ Rehman, Zehra; Rehman, Zehra, "The secret language of South Asia's transgender community", Quartz India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-२६।
- ↑ "Hijra Farsi: Secret language knits community - Times of India", The Times of India, अन्तिम पहुँच २०१९-०१-२६।