सांस्कृतिक लैङ्गिक पहिचान
सबै समाजमा लैङ्गिकताको परिभाषा र अवधारणा एकै नाशको हुँदैन। फेरी कुनै समाजमा एक प्रकारको लैङ्गिकता बारे अवधारणा छ भन्दैमा त्यही नै सबथोक वा त्यही नै पर्याप्त छ भन्ने हुँदैन। त्यही समाजका परिभाषाहरूमा नअटाउने व्यक्तिहरूले आफ्नै पहिचान खोज्न सुरु गर्छ। उदाहरणका लागि मूलधारको सेतो वर्णका ख्रिष्ट्रियन औपनिवेशिक युरोपेली समाजमा दुईवटा लैङ्गिकताको मात्र परिभाषा थियो। त्यही समाजमा ती परिभाषामा नअटाउनेहरूले आफ्नै पहिचानको स्थापना गरे। औपनिवेशिक कालमा त्यो दुईवटा लिङ्गको अवधारणा अन्यत्र पनि लादियो। भारतीय समाजमा हिज्रा, ख्वाजासिरा, किन्नर, इत्यादी जस्ता लैङ्गिकताहरूको अवधारणा थियो। बेलायती उपनिवेशमा त्यसमाथी पनि दमन भयो। यसै गरी नेटिभ अमेरिकन समाजमा पाँचवटा लैङ्गिकताको अवधारणा छ। अष्ट्रेलियाको अबोरिजिनलहरूमा पनि यस्तै नै छ। फिजिमा भाकासालेवालेवा, सामोआमा फाफाफिने, फिलिपीन्समा बाक्ला, जस्ता अवधारणाहरू छन्। यसै गरी नेपालमा विशेष गरी पर्वते कुरा गर्ने खस-आर्य समुदायहरूमा तेस्रोलिङ्गीको अवधारणा छ। आफूलाई महिला र पुरुषको परिभाषाबाट छुट्टै राख्ने, आफू महिला पनि होइन पुरुष पनि होइन, महिला पुरुष भन्दा फरक पहिचान बोक्नेहरूलाई ‘तेस्रोलिङ्गी’ भन्ने गरिन्छ। यस्ता शब्दवालीहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ‘सांस्कृतिक अवधारणाका लैङ्गिक पहिचानहरू’ (Cultural gender identities) भन्ने गरिएको छ।[१] [२] [३] [४] [५] [६] [७]
नेपाली समाजहरूमा
[सम्पादन गर्नुहोस्]नेवाः समाजका सांस्कृतिक लैङ्गिक पहिचान शब्दवालीहरू
[सम्पादन गर्नुहोस्]- मिजं - पुरुष
- मिसा - महिला
- मामिसा - स्त्रीलिङ्गी जन्मेका महिला अर्थात् त्याचलैङ्गिक महिला
- बामिसा - पुलिङ्गी जन्मेका महिला अर्थात् पारलैङ्गिक महिला
- बामिजं - पुलिङ्गी जन्मेका पुरुष अर्थात् त्याचलैङ्गिक पुरुष
- मामिजं - स्त्रीलिङ्गी जन्मेका पुरुष अर्थात् पारलैङ्गिक पुरुष
- मिथु - महिला र पुरुष बीचको पहिचान (ठ्याक्कै नेपाली अनुवाद छैन)
- मिखे - महिला र पुरुष भन्दा परको पहिचान (ठ्याक्कै नेपाली अनुवाद छैन)
- मिस्जं - महिला र पुरुष दुबै (ठ्याक्कै नेपाली अनुवाद छैन)
- मिरु - कुनै लैङ्गिकतासँग असम्बन्धित
हिमाली समाजका सांस्कृतिक लैङ्गिक पहिचान शब्दवालीहरू
[सम्पादन गर्नुहोस्]- फोलोक मोलोक - महिला र पुरुष भन्दा फरक पहिचान बोकेका (पश्चिमी हिमाली भेगका डोल्पो, ल्होवा समाजहरूमा)
- फुलुमुलु - महिला र पुरुष भन्दा फरक पहिचान बोकेका (पूर्वी हिमाली भेगका समाजहरूमा)
खस-आर्य समुदाय
[सम्पादन गर्नुहोस्]नेपालमा विशेष गरी पर्वते कुरा गर्ने खस-आर्य समुदायहरूमा तेस्रोलिङ्गीको अवधारणा छ। आफूलाई महिला र पुरुषको परिभाषाबाट छुट्टै राख्ने, आफू महिला पनि होइन पुरुष पनि होइन, महिला पुरुष भन्दा फरक पहिचान बोक्नेहरूलाई ‘तेस्रोलिङ्गी’ भन्ने गरिन्छ। यसै गरी 'मेटी' अथवा 'मेट्टी' भनेर पारलैङ्गिक महिलाहरूलाई पनि जनाउने गरिन्छ भने 'मेटा] अथवा 'मेट्टा' भनेर पारलैङ्गिक पुरुषहरूलाई जनाउने गरिन्छ।
मधेसी समुदाय
[सम्पादन गर्नुहोस्]मधेसी समुदायको विविधता सँगै यहाँका सांस्कृतिक लैङ्गिक पहिचानहरू पनि विविध छन्। मुस्लिम समुदायमा 'ख्वाजासिरा'को अवधारणा छ। यसै गरी हिन्दू मधेसीहरूमा 'हिज्रा' समुदायको अवधारणा छ।
आदिवासी अमेरिकी समाजमा
[सम्पादन गर्नुहोस्]- पुरुष
- महिला
- टु-स्पिरिट
बुग्गि समाज
[सम्पादन गर्नुहोस्]इन्दोनिशियाको सुलावेशी द्वीपको बुग्गि जातीय समाजमा ५ वटा लैङ्गिकता रहेको छ
- ओरोआनी (oroani) अर्थात् त्याचलैङ्गिक पुरुष
- मक्कुन्राइ (makkunrai)अर्थात् त्याचलैङ्गिक महिला
- कललाइ (calalai) अर्थात् पारलैङ्गिक पुरुष
- कलबाइ (calabai) अर्थात् पारलैङ्गिक महिला
- बिस्सु (bissu) अर्थात् अन्तरलिङ्गी [८]
प्रशान्त महासागर स्थित देशहरूमा
[सम्पादन गर्नुहोस्]महिला र पुरुष बाहेकका सांस्कृतिक लैङ्गिक पहिचान
- भाकासालेवालेवा - फिजी
- लेइटी - टोङ्गा राज्य
- फाफाफिने - सामोआ राज्य
- माहु - हवाई
- पालोपा - पपुआ न्यू गिनी [९]
न्यूजियाल्याण्ड
[सम्पादन गर्नुहोस्]न्यूजियाल्याण्डको माओरी आदिवासी समुदायमा प्रचलित सांस्कृतिक लैङ्गिक पहिचानहरू
- इरा ताङता (Ira tāngata) - लैङ्गिक विविधता
- ताकातापुइ (Takatāpui) - समयौनिक
- ताङ्गता इरा ताने (Tangata ira tāne) - पारलैङ्गिक पुरुष
- व्हाकाव्हिने (Whakawahine) - पारलैङ्गिक महिला [१०]
उपनिवेश र लैङ्गिक पहिचान
[सम्पादन गर्नुहोस्]विश्वभरी उपनिवेशका क्रममा श्वेत युरोपेली ख्रिष्टियान उपनिवेशी शक्तिले आफ्नो लैङ्गिक पहिचानको अवधारणा पनि लादेका थिए। यसरी उपनिवेश हटेपछी पाश्चात्य शब्दावलीमा पहिचान गराउन नचाहेका सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति आदिवासी जनजातीहरूले आफ्नै समाजको आफ्नै सांस्कृतिक परिवेशका लैङ्गिक विविधतालाई पुनःउत्थान गराएका छन्। उपनिवेश अगाडि विभिन्न आदिवासी जनजाती समुदाय लैङ्गिकताको मामिलामा उदार थिए भने उपनिवेश पछि श्वेत युरोपेली ख्रिष्टियान मान्यता अनुसार दुई वटा मात्र लिङ्ग हुने जस्तो संकीर्ण धारणा लादियो। लैङ्गिकताको सवालमा मात्र नभएर समान लिङ्ग बीचको यौनाकर्षलाई स्वीकार गर्ने समाजहरूमा पनि विपरीत लिङ्ग बीचको सम्बन्ध मात्र जायज हो अरु सबै पाप हो भन्ने अवधारणा लादिएको थियो। कतिपय आदिवासी जनजाती समुदायहरूको परम्परागत लैङ्गिक पहिचानका अवधारणा नामेट भैसकेतापनि पाश्चात्य शब्दवाली प्रयोग नगरी आफ्नै भाषामा आफ्नै सांस्कृतिक परिवेशको लैङ्गिकता जनाउने शब्दहरू निर्माण गरेर प्रचार गर्दै आएका छन्। [११] [१२] [१३]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई", Queer Youth Group।
- ↑ | Cultural Differences: Sexual Identity, Gender Identity, and Sexual Orientation
- ↑ | Two sipirts, One Heart, Five genders
- ↑ | Indigenous tribes embraced gender fluidity prior to colonisation, but Europeans enforced specific gender roles
- ↑ | Indigenous peoples and gender identities: questioning sexual dualism
- ↑ | What native Hawaiian culture has to teach about gender identity
- ↑ | A MAP OF GENDER-DIVERSE CULTURES
- ↑ | Homophobia and rising Islamic intolerance push Indonesia's intersex bissu priests to the brink
- ↑ [https://www.ohchr.org/Documents/Publications/UNFE_PacificCampaignInfoSheet-Aug2015.pdf | Sexual orientation, gender identity and intersex status in the Pacific]
- ↑ | Gender identity glossary and references वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-१९ मिति
- ↑ | Gender and colonialism
- ↑ Colonialism and Two-spirit identity[स्थायी मृत कडी]
- ↑ | Gender as a colonial object