लैङ्गिक विविधता समावेशी नेपाली भाषा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाली भाषा लिङ्गका आधारमा विकार हुने भाषा हो। अर्थात लिङ्गका आधारमा भाषाका अङ्गहरू परिवर्तन हुन्छ। कुनै भाषामा ‘लिङ्ग’लाई जनाउन प्रयोग गरिने शब्दलाई ‘व्याकरणात्मक लैङ्गिकता’ भनिन्छ। केही वर्ष अगाडी सम्म पुरुषहरूलाई जनाउने पुलिङ्गी व्याकरण, महिलाहरूलाई स्त्रीलिङ्गी व्याकरण र निर्जीव वस्तुहरूलाई जनाउन निर्जीवलिङ्गी व्याकरण भनेर चिनिन्थ्यो। पछिल्लो व्याकरणमा पुलिङ्गी र स्त्रीलिङ्गी व्याकरण मात्रै छन्। भाषाको लिङ्ग र समाजको लिङ्ग एउटै हुँदैन। समाजमा मानिसहरूको लिङ्गलाई भाषाले भिन्नै तरिकामा व्यक्त गर्न सक्दछ। उदाहरणको लागि: फ्रान्सेली भाषामा व्यक्ति, अङ्ग जस्ता शब्दहरूलाई स्त्रीलिङ्गी भनिन्छ। त्यसै गरी कतिपय युरोपेली भाषाहरूमा ‘पुल’लाई पुलिङ्गी मानिन्छ। यी सबै वस्तु र जीवको व्याकरणात्मक लिङ्ग मात्र हो।

नेपाली भाषामा ३ वटा लिङ्ग हटाएपछी २ वटा स्थापना भयो : पुलिङ्गी र स्त्रीलिङ्गी। यसको कारण के हो भन्दा अङ्ग्रेजी भाषामा केवल नाम मात्र लिङ्गका आधारमा विकार हुन्छ। जस्तै ‘सन’, ‘डटर’, भनेर छोरा छोरीलाई जनाइन्छ। त्यसैले अङ्ग्रेजी भाषामा ४ वटा लिङ्गहरू छन्। एउटा पुरुष जनाउने, अर्को महिला जनाउने, अर्को लैङ्गिक तटस्थ, र अर्को निर्जीव। नेपालीमा भने यसरी छुट्याउन गाह्रो छ। किनभन्दा नेपालीमा विशेषण र क्रियापद पनि लिङ्गका आधारमा परिवर्तन हुन्छ। केटा राम्रो भएछ, केटी राम्री भैछिन्। यसरी विभाज गर्दा भने नेपालीमा पुलिङ्गी र स्त्रीलिङ्गी व्याकरणात्मक लिङ्ग रहेको बताइन्छ।

भाषावैज्ञानिकहरूले यसलाई नेपालीमा दुईवटा लिङ्ग, एउटा शून्यलिङ्गी र अर्को स्त्रीमानवलिङ्गी भनेर बुझाउने गरिन्छ। स्त्रीमानवलिङ्गी भन्नाले महिला मानवहरूलाई जनाउने व्याकरणात्मक लिङ्ग एउटा हुन्छ र शून्यलिङ्गी अर्थात् ती महिला मानव बाहेक अरु सबैलाई एउटै व्याकरणात्मक लिङ्गबाट जनाउने गरिन्छ। जस्तै: केटी गइन् (महिला मानव), केटो गयो (पुरुष मानव), गाडी गयो (नीर्जीव), गाई गयो (स्त्री जनावर)। यसरी नेपाली भाषामा एउटा व्याकरणात्मक लिङ्ग मानव महिलाहरूलाई जनाउँछ भने बाँकी सबै अरुलाई एउटा खाले व्याकरणात्मक लिङ्गबाट।

भाषामा लैङ्गिक समानता[सम्पादन गर्ने]

नेपाली भाषामा प्रयोग गरिने शब्द र व्याकरणले सबै लैङ्गिकताहरूलाई न्याय दिन्छ कि दिँदैन भन्ने प्रश्न उठ्न थालेको छ। अङ्ग्रेजी लयातका विशाल जनसङ्ख्याले बोल्ने भाषामा पनि यी विषयहरू उठेका थिए। अङ्ग्रेजी पितृसत्तत्मक भाषा थियो। कुनै व्यक्तिको लैङ्गिकता थहा नभएको खण्डमा ऊ हूबहु पुरुष हुन्थ्यो। Someone stole my money. He should not have done it. अथवा He who cannot dance says the floor is steep. यसरी अङ्ग्रेजीमा भएको पितृसत्तात्मक भाषालाई खण्डन गरेर अब लैङ्गिक तटस्थ (gender neutral) शब्दहरू प्रयोग गरिने गरिन्छ। Someone stole my money. One should not have done it. वा One who cannot dance says the floor is steep. यस्तो लैङ्गिक समानताको दृष्टिकोणबाट भाषाको आलोचना गर्दै भाषा परिमार्जन भएको विभिन्न उदाहरणहरू छन्।

नेपालीमा प्रस्तावित व्याकरणात्मक लिङ्गहरू[सम्पादन गर्ने]

  1. लैङ्गिक तटस्थ शब्दहरू (Gender neutral)
  2. पुयोचित शब्दहरू, पुरुषत्ववाचक शब्दहरू (Masculine)
  3. स्त्रियोचित शब्दहरू, नारित्ववाचक शब्दहरू (Feminine)
  4. इतरात्मक शब्दहरू, गैर-द्वयासांखिकवाचक शब्दहरू (Non-binary)
  5. नीर्जीववाचक (Non-living beings)

लैङ्गिक तटस्थ शब्द भन्नाले कुनै लिङ्ग नतोकिएको र सबै लैङ्गिकताहरूलाई जनाउन प्रयोग गर्न सकिने शब्दहरू, गैरानुरूपलिङ्गी (gender nonconforming), अलिङ्गी (agender), क्वयेरलिङ्गी (genderqueer), अथवा आफूलाई कुनै लैङ्गिकताको परिभाषामै राख्न नचाहनेहरूले प्रयोग गर्न सक्छन्।जस्तै सन्तान, बाल, किशोर, विद्यार्थी, इत्यादी

पुयोचित शब्दहरू भन्नाले पुरुष जनाउने शब्दहरू। ‘पुलिङ्गी’ शब्दको सट्टामा पुयोचित(Masculine) राख्नुको कारण के भन्दा पुलिङ्गी एउटा जैविक लिङ्ग हो र पुरुष एउटा लैङ्गिकता। आफूलाई पुरुषको पहिचान गर्ने पारलिङ्गी पुरुष (Transgender man)हरूलाई पनि सहजताका निम्ति यो परिवर्तन आवश्यक छ। यी शब्दहरू जस्तै : छोरा, बालक, कोशोरा, छात्र, इत्यादी हुन्

स्त्रीयोचित शब्दहरू भन्नाले महिला जनाउने शब्दहरू। ‘स्त्रीलिङ्गी’ शब्दको सट्टामा स्त्रीयोचित(Feminine) राख्नुको कारण के भन्दा स्त्रीलिङ्गी एउटा जैविक लिङ्ग हो र महिला एउटा लैङ्गिकता। आफूलाई महिलाको पहिचान गर्ने पारलिङ्गी महिला (Transgender woman)हरूलाई पनि सहजताका निम्ति यो परिवर्तन आवश्यक छ। यी शब्दहरू जस्तै : छोरी, बालिका, कोशोरी, छात्रा, इत्यादी हुन्

इतरात्मक शब्द भन्नाले आफूलाई महिला र पुरुषको परिभाषाहरू भन्दा फरक राख्ने व्यक्तिहरूका निम्ति हो। उदाहरणका लागि कोही आफूलाई द्रवलिङ्गी(Gender fluid), मिश्रितलिङ्गी(Androgyne), दुईलिङ्गी (Bigender), इत्यादी लैङ्गिक पहिचानहरू जुन गैर-द्वयसांखिक लैङ्गिक पहिचन (non-binary gender identities) भनिन्छ, उनीहरूका लागि प्रयोग गर्न सकिन्छ। आफूलाई महिला पनि होइन पुरुष पनि होइन भन्ने तेस्रोलिङ्गी (third gender)हरूका लागि पनि यो प्रयोग गर्न सकिन्छ। यी शब्दहरू जस्तै, छोरौ, बालिकौ, किशोरौ, छात्री, जस्ता इत्यादी

निर्जीववाचक भन्नाले निर्जीव वस्तु बुझाउने, अर्थात् ढुङ्गा, माटो, टेबल, कम्प्युटर, इत्यादी

व्याकरण नियमहरू[सम्पादन गर्ने]

  1. क्रियापदमा लिङ्ग भेद नगर्ने। परम्परागत रूपले क्रियापदमा गर्छ/गर्छिन्, खान्छ, खान्छे, जस्ता लिङ्ग भेद अन्त्य गर्ने। सबैलाई ‘गर्छ, खान्छ, रुन्छ’को प्रयोग गर्ने। यो अभ्यास राई लिम्बु गुरुङ समुदायमा बोलिने नेपाली भाषा र दार्जिलिङ तिर पनि भैसकेको छ।
  2. पुयोचित शब्दहरू ह्रस्वमा अन्त्य, स्त्रियोचित शब्द दीर्घमा अन्त्य छ भने, सो ह्रस्व र दीर्घ वर्णलाई ‘औकार’ हालेर इतरात्मक लिङ्गको बनाउने, जस्तै छोरा/छोरी/छोरौ, केटा/केटी/केटौ, दुब्लो/दुब्ली/दुब्लौ, सानो/सानी/सानौ, रामको,/सीताकी,/भूमिकाकौ, इत्यादी
  3. पुयोचित शब्दहरू ‘अ’ अन्त्य, स्त्रियोचित शब्द ‘आ’ अन्त्य छ भने, सोलाई ‘ई’मा अन्त्य गरेर इतरात्मक लिङ्गको बनाउने, जस्तै छात्र/छात्रा/छात्री, इत्यादी
  4. पुयोचित शब्दको पछाडी ‘नी’ जोडेर स्त्रियोचित बनाउने नियमलाई छोडेर, सोही शब्दलाई लैङ्गिक तटस्थ शब्दको रूपमा सबै लैङ्गिकताका व्यक्तिहरूलाई प्रयोग गर्ने। जस्तै: डाक्टर भन्नाले जुनसुकै लिङ्गको, मास्टर भन्नाले जुनसुकै लिङ्गको
  5. पुयोचित शब्दहरूमा ‘क’ प्रत्यय र स्त्रियोचित शब्दहरूमा ‘इका’ प्रत्यय भएमा इतरवाचक शब्दहरूमा ‘औकु’ प्रत्ययको प्रयोग गर्ने र लैङ्गिक तटस्थमा ‘क्ति’ थप्ने, जस्तै: गायक/गायिका/गायौकु/गायक्ति, नायक/नायिका/नायौकु/नायक्ति, लेखक/लेखिका/लेखौकु/लेखक्ति, कवि/कविका/कवौकु/कवक्ति, इत्यादी
  6. ‘मा’ राखेर स्त्रियोचित र ‘बा’ राखेर पुयोचित शब्दहरूको निर्माण गर्ने स्थानमा ‘थु’ राख्ने, जस्तै: गुरु/गुरुमा/गुरुबा/गुरुथु

शब्दवाली[सम्पादन गर्ने]

पुयोचित स्त्रीयोचित इतरवाचक लैङ्गिक तटस्थ
दाइ, दाजु दिदी दौजु ठूलो जामयः
भाइ बहिनी भाहिनी सानो जामयः
बुबा आमा आबु अभिभावक
हजुरबा हजुरमा हजुरथु जेष्ठ अभिभावक
काका फुपू काफू पितृःजामयः
गुरुबा गुरुमा गुरुथु गुरु
लेखक लेखिका लेखौकु लेखक्ति
नायक नायिका नायौकु नायक्ति