अन्तरलिङ्गी
पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत धारणाहरूमा नअटाउने यौन विशेषताहरू (यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसुत्रको ढाँचा) भएका व्यक्तिहरूलाई अन्तरलिङ्गी (अङ्ग्रेजी : Intersex) व्यक्ति भनिन्छ । अन्तरलिङ्गी हुनु यौन विशेषताको विषय हो । अन्तरलिङ्गी व्यक्तिहरू आफूलाई पुरुष, महिला वा गैर-द्वयसांखिक भनी पहिचान गर्न सक्छन् । अन्तरलिङ्गी व्यक्तिहरू विषमयौनिक, समयौनिक, द्वियौनिक, सर्वयौनिक, अयौनिक, इत्यादी यौन अभिमुखिकरणका हुन सक्छन् । [१] [२] [३]
हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ[सम्पादन गर्नुहोस्]
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा", क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज, मूलबाट ०३ जनवरी २०२१-मा सङ्ग्रहित।
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई", क्वयेर युथ ग्रुप।
- ↑ "Intersex Fact Sheet", UN Free & Equal।