यौन अभिमुखिकरण
Jump to navigation
Jump to search
कुनै पनि व्यक्ति किशोरावस्थामा पुग्दा उसले अरू व्यक्ति प्रति आकर्षण महसुस गर्छ। यो आकर्षण रोम्यान्टिक, यौनिक, शारीरिक र भावनात्मक हुन्छ। जब हामी १३/१४ वर्ष माथि हुर्कदै जान्छौँ र हाम्रो शरीरमा परिवर्तन आउन थाल्छ, हामीमा आकर्षणको दरो अनुभूति पनि सुरु हुन थाल्छ, जो हाम्रो आफन्त वा साथी-भाइ प्रतिको मायाका अनुभूति भन्दा फरक र सशक्त हुने गर्दछ। यिनै शसक्त यौन आकर्षणका अनुभूतिहरूले हामीमा शारीरिक सम्बन्ध राख्ने इच्छा पनि जगाउँछ। यो उनीहरूको यौन अभिमुखिकरण हो। यौन अभिमुखिकरण भनेको यौनिकताको एउटा पाटो हो। यौनिकताको विशाल सागरमा यौन अभिमुखिकरण एउटा द्विप हो। कुनै व्यक्ति, कुन लिङ्गको व्यक्ति तर्फ आकर्षित छ भन्ने विषय यौन अभिमुखिकरण हो।