सामग्रीमा जानुहोस्

पारलैङ्गिक पहिचानको रोगिकरण विरुद्धको अन्तर्राष्ट्रिय कार्य दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पारलैङ्गिक पहिचानको रोगिकरण विरुद्धको अन्तर्राष्ट्रिय कार्य दिवस
आवृत्तिवर्षेनी अक्टोबर २२
उद्घाटनविश्वमा २००९ (2009), नेपालमा २०२०

पारलैङ्गिक पहिचानको रोगिकरण विरुद्धको अन्तर्राष्ट्रिय कार्य दिवस सन् २००९ देखि मनाउँदै आएको हो । स्पेनी सन्दर्भबाट सुरु भएको यो दिवस आजको दिनमा विश्वव्यापी बन्न पुगेको छ । यस दिवसको मुख्य उद्देश्य नै पारलैङ्गिक पहिचानको रोगिकरणलाई उन्मुलन गर्न हो । [१]

सन् २०१९मा ७२औँ विश्व स्वास्थ्य सभामा विश्व स्वास्थ्य संगठनले रोगहरूको अन्तर्राष्ट्रिय वर्गिकरण - ११औँ संसोधन (आइ.सि.डि-११) औपचारिक रूपमा अपनाएर मानसिक र व्यवहार सम्बन्धीको विकार अध्यायबाट पारलैङ्गिक पहिचानसँग सम्बन्धित वर्गिकरणहरू हटाए । [२] [३] [४]

नेपालमा सन् २०२० देखि यो दिवस मनाउन सुरु भएको थियो । विभिन्न संघसंस्थाहरूले नेपालको नागरिकता ऐन संसोधन विधयकले पारलैङ्गिक पहिचानलाई रोगिकरण गर्ने प्रावधान समेटिएकोमा विरोध जनाएका थिए । [५] [६]