शैलजा आचार्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

शैलजा आचार्य नेपालकी पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी वरिष्ठ नेतृ हुन्। उनको जन्म ई.सं. १९४४ मे ८मा मोरङ जिल्लाको बिराटनगरमा भएको थियो। समाजशास्त्रको स्नातकोत्तर तह सम्म अध्ययन गरेकी आचार्य नेपाली कांग्रेसका नेताद्वय बी.पी. कोइरालागिरिजाप्रसाद कोइरालाकी भान्जी हुन्।

वाल्यकाल/जन्म[सम्पादन गर्ने]

बी.पी. एवं गिरिजाका पिता श्री कृष्णप्रसादकोइरालाले दुई विवाह गर्नुभएको थियो। पहिली पत्नी मोहनकुमारी कोइरालाबाट जन्मनुभएको मातृका प्रसाद कोइराला देशको प्रधानमन्त्री हुनुभयो। कृष्णप्रसादकी पहिली पत्नीकै छोरी इन्दिराकी छोरी शैलजा हुनुहुन्छ। कान्छी श्रीमती दिव्या कोइरालाबाट बी.पी. कोइराला, केशव कोइराला, तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जन्मनुभएको हो।

राजनैतिक जीवन[सम्पादन गर्ने]

वि.सं. २०१७ सालमा राजा महेन्द्रलाई कालो झण्डा देखाएकाले ३ वर्ष जेल बिताउने आचार्य वि.सं. २०४८ सालकोआमनिर्वाचनमा मोरङ जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित भई करीब १ वर्ष कृषि वन तथा भू-संरक्षण मन्त्री रहिन्। वि.सं. २०५१ सालकोमध्यावधि निर्वाचनमा उहाँ पुनः मोरङ क्षेत्र नं. ७बाट प्रतिनिधि सभामा निर्वाचित भईन्। पिता डा. पिनाकी र आमा इन्दिराको जेठो सन्तान शैलजाले कोइराला परिवार तथा बीपी कोइरालाको सान्निध्यमा राजनैतिक यात्रा शुरु गर्नुभएको थियो। र, मृत्युपर्यन्त बीपीको विचार र नेपाली काङ्ग्रेसप्रति निष्ठासाथ उभिनुभयो। शान्तिपूर्ण सङ्घर्ष होस् वा सशस्त्र आन्दोलन, शैलजाको उपस्थिति अग्रपङ्क्तिमा हुन्थ्यो। १६ पुस २०३३मा बीपीको राष्ट्रिय मेलमिलापको नीति स्वीकार्दै उहाँसँगै नेपाल फर्कने केही व्यक्तिमा शैलजा पनि पर्नुहुन्छ। काठमाडौं आइपुग्नासाथ गिरफ्तारी र त्यसपछि अनिश्चित भविष्य शुरु हुन्छ भन्ने जान्दाजान्दै पनि उहाँले पहिलो डफ्फामै नेपाल आउन रुचि देखाउनुभयो। उर्लंदो अवस्थाको पञ्चायती व्यवस्थामा सशस्त्र आन्दोलन गरेको दलले राष्ट्रिय मेलमिलापको नीति अँगालेको तथ्यलाई पत्याउन जो-कोहीलाई कठिनाई थियो। त्यो पृष्ठभूमिमा नेपाल भित्रिनु भनेको साहस, धैर्य र त्यागको अनुपम उदाहरण थियो।

ओहदा र कार्यभार[सम्पादन गर्ने]

महत्वपूर्ण मन्त्रालयहरू सम्हाल्ने अवसर पाउनुभएकी शैलजालाई मन्त्रालयहरूमा नीतिगत रूपमा ठूलो प्रभाव पार्ने नेताको रूपमा सम्झ्िने गरिन्छ। भ्रष्टाचारको मुद्दा उठाएर कृषिमन्त्रीबाट उहाँँले दिएको राजिनामा नेपाली राजनीतिमा विरलै हुने घटना हो। जलस्रोतमा सामुदाईक बिधुत नीति उनकै देन हो |

योगदान[सम्पादन गर्ने]

महिला हकहितको सवालमा पनि शैलजाले प्रेरणादायी भूमिका निर्वाह गर्नुभयो। मुलुकी ऐनको एघारौं संशोधन ल्याउनमा शैलजाको योगदान ठूलो छ। आफ्नै संयोजकत्वमा व्यापक छलफल गराएर उहाँ त्यसलाई विधेयकको रूप दिन सफल हुनुभएको थियो। जीवनमा कहिले सफलता र कहिले असफलता हात लाग्नु स्वाभाविक हो। त्यस मानेमा शैलजा पनि अपवाद हुनुभएन। तर, प्रतिकूल परिस्थितिमा पटकपटक जुन साहस, त्याग र बलिदान शैलजाले देखाउनुभयो त्यो भावी पिँढीका लागि समेत अनुकरणीय छ।

[१]

शन्दर्भहरू[सम्पादन गर्ने]

  1. साहसी राजनैतिको सौम्य परिचायक