रानी राजेन्द्र लक्ष्मी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रानी राजेन्द्र लक्ष्मी
नेपालकी रानी
जन्मपाल्पा
मृत्युसन् १७८५
काठमाडौँ
जीवनसाथीप्रतापसिंह शाह
सन्तानरणबहादुर शाह
नाम
राजेन्द्र राज्य लक्ष्मी देवी
खानदानशाह वंश
धर्महिन्दु धर्म

महारानी राजेन्द्र राज्य लक्ष्मी (? -सन् १७८५) शाहवंशकी रानी थिईन् जसले ८ वर्षको नायबीकालमा नेपाल एकीकरणको दोस्रो चरणलाई अघि बढाएकी थिईन्। उनी पृथ्वी नारायण शाहका छोरा प्रताप सिंह शाहकी पत्नी थिईन्। २३ वर्षको उमेरमा राजा बनेका प्रताप सिंह शाह त्यसको २५ वर्ष पछि नै दिवंगत भएपछि राजेन्द्र लक्ष्मीले छोरा रणबहादुर शाहको नाममा शासनभार सम्हालेकी थिईन्। यिनलाई "राजमाता राजेन्द्रलक्ष्मी" पनि भनिन्छ।[स्रोत नखुलेको]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

राजेन्द्र राज्य लक्ष्मी पाल्पामा जन्मेकी थिईन्।

नायबीकाल[सम्पादन गर्नुहोस्]

प्रतापसिंह शाहको १९३४ मङ्सिरमा मृत्यु भएपछि राजेन्द्रलक्ष्मी नाबालक राजा रणबहादुर शाहकी नायबका रूपमा रहन लागिन्। सर्वप्रथम उनले आफ्नो हात बलियो पार्न चौतारिया दलमर्दन शाह र बहादुर शाहलाई काठमाडौँ आउन बेतियातिर पत्र लेखेर पठाइन्।

प्रतापसिंह शाहको मृत्यु पछि वज्रनाथ पण्डित राजेन्द्र लक्ष्मीलाई सति पठाएर आफू बालक राजाको नाममा शासन चलाउन चाहन्थे। राजेन्द्र लक्ष्मीले वज्रनाथ पण्डित लाई चारपाटा मुडेर चारभञ्ज्याङ कटाइदिइन्। भारदार परशुराम थापालाई नेलगल्फन्दी हालियो। मैजुकन्यालाई सती पठाइदिइन्।[१] राजेन्द्र राज्य लक्ष्मीले सन् १७७७ मा राजमाताका रूपमा शासनभार सम्हालेकी थिईन् भने सन् १७७८ मा उनलाई बन्दी बनाईएको थियो। १७७९ मा उनलाई रिहा गरिएपछि उनी सन् १७८५ सम्म नेपालकी नायबी शासक रहेकी थिईन्। त्यस समयावधिमा राजेन्द्र राज्य लक्ष्मीको नेतृत्वमा सैनिक अभियान अन्तरगत कास्की, तनहुँलमजुङका राज्यहरू नेपाल राज्यमा मिलाईएका थिए।

व्यक्तित्व र मुल्यांकन[सम्पादन गर्नुहोस्]

राजमाता राजेन्द्र राज्य लक्ष्मीले चौबीसे राज्यको संयुक्त आक्रमणलाई विफल तुल्याउँदै नेपालको सिमाना कालीगण्डकी सम्म पुर्याएकी थिईन्। उनीलाई पृथ्वी नारायण शाहको एकीकरण अभियान अघि बढाउने कुशल प्रशासकका रूपमा हेरिन्छ। उनी घोडा चढेर युद्धको मैदानमा पनि जाने गर्थिन। केही ईतिहासविदले सैनिक अभियानद्वारा विजय अभियान अघि बढाउनु नै उनको जीवनको उद्देश्य रहेको बताउँछन्। तथापी उनको कार्यकालमा समस्याहरू पनि थुप्रै थिए। देवर बहादुर शाहसंगको कलहका कारण उनको दरबार भारदारिया षडयन्त्र र हत्या हिंसाको स्थल पनि बन्न पुगेको थियो।

महारानी राजेन्द्रलक्ष्मी नेपालको इतिहासमा नै सम्भवतः सबैभन्दा शक्तिशाली नारी थिइन्। राजेन्द्रलक्ष्मीलाई नेपालकी प्रथम वीराङ्गना मानिन्छ। बहादुर शाहप्रति उनले गरेको व्यवहारलाई विर्सेर हेर्दा उनलाई दोष दिने ठाउँ देखिन्न। पृथ्वीनारायण शाहको एकीकरण अभियनलाई सफल पार्न उनको पनि अथक योगदान छ। यिनले चौबीसे राज्यहरूलाई गोरखाली शक्तिको पूरा परिचय दिएकी थिइन्। कास्की, लमजुङतनहुँ यिनकै पालामा नेपालमा गाभिएका थिए।

मृत्यु[सम्पादन गर्नुहोस्]

सन् १७८५ (वि.सं. १८४२) मा क्षयरोगबाट महारानी राजेन्द्र राज्य लक्ष्मीको काठमाडौँको हनुमानढोका दरबारमा मृत्यु भयो। [स्रोत नखुलेको]



  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १९०, आइएसबिएन 99933-2-406-X