व्रजनाथ पौड्याल
व्रजनाथ पौड्याल वा व्रजनाथ पण्डित नेपाल अधिराज्यको एक भारदार, राजगुरु र तान्त्रिक थिए । उनको जन्म वि सं १८१० मा भएको थियो।[१]उनी स्याङ्गजाका जयमङ्गल पण्डितका छोरा थिए । उनी देवान स्वरुप सिंह कार्कीका पक्षका नेता थिए र राजा प्रताप सिंह शाहका निकट भारदार थिए। युवराज प्रतापसिंह शाहलाई शिक्षादिक्षा दिन भनी श्री ५ पृथ्वीनारायण शाहले काममा खटाएका थिए। पं वज्रनाथ पौडेल एक आज्ञाकारी विद्धान हुनाले युवराज प्रतापसिंहको शाहको रुचि जता लाग्यो उतै ध्यान दिनु राजकाजका गुरुजीका कर्तव्य सम्झन्थे। [२] स्वरुप सिंहको पक्षका भारदारहरू अगोरखाली मोर्चाका थिए जसको राजनीतिक द्वन्द बहादुर शाहको गोरखाली मोर्चासंग थियो । प्रतापसिंह शाहको मृत्यु पछि वज्रनाथ पण्डित राजेन्द्र लक्ष्मीलाई सति पठाएर आफू बालक राजाको नाममा शासन चलाउन चाहन्थे।[३]प्रतापसिंह शाहको मृत्यु पछि वज्रनाथ पण्डित राजेन्द्र लक्ष्मीलाई सति पठाएर आफू बालक राजाको नाममा शासन चलाउन चाहन्थे। राजेन्द्र लक्ष्मीले वज्रनाथ पण्डित लाई चारपाटा मुडेर चारभञ्ज्याङ कटाइदिइन्। भारदार परशुराम थापालाई नेलगल्फन्दी हालियो। मैजुकन्यालाई सती पठाइदिइन्।[४]
बि.सं. १८३५ भदौ २१ मा बहादुर शाहले राजेन्द्रलक्ष्मीलाई नजरबन्द गरे। एकीकरणको क्रममा बहादुर शाह तनहुँ आक्रमण गर्न गोरखा पुगेका बेलमा राजेन्द्रलक्ष्मीले बज्रनाथलाई काठमाडौं बोलाएका थिए।
सन्तान
[सम्पादन गर्नुहोस्]उनका छोरा रङ्गनाथ पौड्याल नेपालको मुख्तियार थिए ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Vaidya & Vajracharya 1990-1991, पृष्ठ 4.
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १८७, आइएसबिएन 99933-2-406-X।
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १९०, आइएसबिएन 99933-2-406-X।
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १९०, आइएसबिएन 99933-2-406-X।