तनहुँ राज्य
तनहुँ राज्य | |
---|---|
विसं १६१०–विसं १८४१ | |
![]() नेपालको नक्शामा तनहुँ जिल्ला (रातो) | |
वस्तु-स्थिति | तनहुँ जिल्ला |
सरकार | राजतन्त्र |
राजा | |
ऐतिहासिक काल | मध्यकाल |
• स्थापना | विसं १६१० |
• विलयकाल | विसं १८४१ |
|
तनहुँ प्राचिन नेपालको गण्डकी प्रदेशमा पर्ने एक राज्य थियो । यो राज्य चौबीसी राज्य समूहमा पर्ने एक राज्य हो । हाल यस राज्यको केही भूभागलाई तनहुँ जिल्ला बनाइएको छ । तनहुँ जिल्ला गण्डकी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो ।
नामाकरण[सम्पादन गर्नुहोस्]
तनहुँको नाम रहनाको कारण विभिन्न विद्वानहरूले फरक-फरक पशे गरेका छन् यसको नामाकरण बारे सत्यतथ्य प्रमाण प्राप्त गर्न नसकिए पनि प्राप्त जानकारी अनुसार तनहुँको राजधानी तनहुँसुर वरपरका ३ वटा चुचुराहरू जहाबाट तनहुँ राज्यको सुरक्षा व्यवस्था हेरिन्थ्यो सोहि ३ चुचुरालाई आधार मानेर भएर कालान्तरमा तनङ्गु र पछि तनहु हनु गएको हो ।
"वासुदेव रसानन्द" संस्कृत ग्रन्थमा तनहुको तात्पर्य "त्रितङ्गु राजधन्यो" भनेर लखेको पनि पाइन्छ । यस भेगका प्रमखु स्थानको नाउँको पछाडि "हुँ" ("काहुँ, मान्हुँ आदि) भनिने गरेकोले "तनङ्ग"मा "हुँ" थपिएर "तर्नहुङ्ग" हदै तनहुँ भएको पनि उत्तिकै पत्यारिलो दखिन्छ । प्राचीन समयमा तनहुँको दुई ठाउँमा तमारे र तामिन भन्ने गाउँ थिए र ती गाउँको नाउँबाट अपभ्रश भएर पछि तनहुँ रहनकुसाथै तनहुँ राजधानी रहेको तनहुँसुरमा र दनौली माथिको मानङ्गु डाडँमा क्रमशः चिउडो सानो भएका (तनहुनु) र चिउँडो ठूलो भएका (महाहनु) श्रृषिले तपस्या गरको हुनाले आज यस रूपमा तनहुँ र मानहुँ नाम बन्न/रहन गएको भन्ने पनि किंकंबदन्ती छ ।[१]
इतिहास[सम्पादन गर्नुहोस्]
स्थापना[सम्पादन गर्नुहोस्]
पाल्पाली राजा मुकुन्द सेनको मृत्यु पछी उनले संगठित बनाएर राखेको पाल्पा राज्य टुक्रन गएको थियो। र तनहुँ भृङ्गी सेन नाम गरेका उनका छोराको भागमा परेको थियो।[२][३] मुकुन्द सेन एक धार्मिक प्रवृतिका राजा थिए र यिनले आफ्नो अन्तिम समयमा राजनीति बाट अलग भएर देवघाटामा धार्मिक जीएवन बिताएका थिए. आफू द्वारा विजित पाल्पा राज्य अन्तर्गतका क्षेत्रहरूमा उनले आफ्ना छोराहरूलाई प्रशासक बनाएर पठाएका थिए र उनको मृत्यु भएपछि उनका छोराहरूले नै आफू प्रशासक भएको क्षेत्रलाई छुट्टै राज्यको रुपमा स्थापना गरी आफूलाई राजा बनाए र विशाल पाल्पा राज्य टुक्रिन पुगेको थियो। यसरी पाल्पा राज्य टुक्रेर निर्माण भएको एक राज्य तनहुँ राज्य थियो र ई.सं १५७५ देखि भ्रिंगी सेनले शासन चलाउन सुरु गरे। यसरी बनेको तनहूँ राज्यको क्षेत्र बर्तमान तनहूँ, कास्की, स्याङ्जा र चितवन जिल्लाका केही भागसम्म फैलिएको थियो. यसबाहेक भारतको विहार स्थित राम नगर राज्य पनि तनहूँ कै अधिनामा रहेको थियो।[४]
तनहँ राज्यको इतिहास हेर्दा यो राज्य केवल एउटा राज्यको नाम मात्र रहको पाइदैन। नेपाल एकीकरण हुनु पुर्व चौविसे राज्यहरु मध्ये जमिन, धन र जनशक्तिमा सम्पन्न तनहुँ राज्य वर्तमान तनहुँ र चितवन जिल्लाका अतिरिक्त भारतको विहार राज्यको पश्चिमी चम्पारन जिल्ला अन्तर्गत रामनगर तथा वेतियाको भू-भागसम्म फैलिएको थियो।
बिलय[सम्पादन गर्नुहोस्]
वि.स १६१० देखि १८३९ सम्मको २३० वर्षे अवधिसम्म पृथक अस्तित्वमा रही पाल्पाली राजा मणिमुकुन्दसेनका वंशज ९ जना सेनवंशी राजाहरु द्वारा शासित तनहुँ श्री ५ रणबहादुर शाह र राजमाता राजेन्द्रलक्ष्मीको शासनकालको एकीकरण अभियानमा नेपाल अधिराज्यमा गाभिन गयो।[५]
राजाहरूको वंशावली[सम्पादन गर्नुहोस्]
सि | राजा | जीवनकाल | शासनकाल | टिप्पणी |
---|---|---|---|---|
१ | भृङ्गी सेन | |||
२ | हंवीर सेन | |||
३ | त्रिविक्रम सेन | |||
४ | दामोदर सेन | बि.सं १७१० | ||
५ | दिग्विजय सेन | |||
६ | कामराज दत्त सेन | |||
७ | त्रिविक्रम सेन द्वितीय | |||
८ | कामारीदत्त सेन | १८२५ | आत्महत्या | |
९ | हरकुमार दत्त सेन | अन्तिम राजा |
सन्दर्भ[सम्पादन गर्नुहोस्]
- ↑ "जिल्ला विकास समिति, तनहुँ"
- ↑ रेग्मी, डिल्लीरमण (सन् १९७५), Modern Nepal, volume 1, फर्मा के. एल. मुखोपाध्याय, पृ: ६२।
- ↑ घिमिरे, श्रीराम (बि.सं २०४६ भदौ-असोज), प्राचिन नेपाल:तनहूँको राजनीतिक इतिहास, पुरातत्व बिभाग, पृ: २२।
- ↑ अधिकारी, सुर्यमणि (बि.सं २०४३), पश्चिम नेपालको ऐतिहासिक अन्वेषण, ने. तथा ए. अ के. त्रिभुवन विश्वविद्यालय, पृ: १५९।
- ↑ जिल्ला विकास समितिको कार्यालय, तनहुँ आ.व २०७३/०७४ प्रकाशन