वीरभद्र शाह
स्वरूप
युवराज वीरभद्र शाह गोरखाका युवराज थिए। यिनको जन्म गोरखाका राजा पृथ्वीपत्ति शाह र रानी जग्नावत्तीको कोखबाट भएको हो। यिनी राजा नरभूपाल शाहका बुवा थिए। यिनको देहान्त युवराज अवस्थामै सन् १६९७ मा भयो ।
युवराज वीरभद्र शाहको शंका र दरबारको षड्यन्त्रमा परि उनका भाइ राजकुमार रणदुर्लभ शाहले आत्महत्या गर्नु परेकाले राजा पृथ्वीपती युवराज वीरभद्रसँग असन्तुष्ट थिए। यसैबेला युवराज वीरभद्र शाह दरबार छाडेर धादिङ काठमाडौँ हुँदै वि.सं. १७५४ बोर्लाङ घाटतिर मृत्यु भएको थियो। उनकी गर्भवती रानी मालिकावती माइतीघर तनहुँ गएकी र त्यहीँ नै नवयुवराज नरभुपाल शाहको जन्म भएको थियो। त्यसपछि नरभुपाल शाहलाई गोरखा ल्याई उत्ताराधिकारी बनाइएको थियो।[१]