सामग्रीमा जानुहोस्

ललितपुर राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ललितपुर राज्य
पाटन
१५६५–बि.सं १८२५
राजधानीपाटन दरबार
आम भाषाहरूनेवारी, संस्कृत, नेपाली
धर्म
Newar Hinduism and Newar Buddhism
सरकारराजतन्त्र
इतिहास 
• स्थापना
१५६५
बि.सं १८२५
मुद्राMohar
पूर्ववर्ती
उत्तरवर्ती
मल्ल वंश
नेपाल अधिराज्य
अचेलनेपाल

पाटन राज्य नेपालको मल्ल वंशले शासन गरेको राज्य थियो। [] []

राजा यक्ष मल्लको मृत्यु भएपछि उनका जेठा छोरा राजा भए। तर माहिला छोरा राय मल्लले कान्तिपुरलाई स्वतन्त्र गरि आफू राजा भए। कान्तिपुर बाट छुट्टिएर पाटन राज्य बन्यो। यसरी विस्तृत मल्ल राज्य भक्तपुर, कान्तिपुर र ललितपुर गरी तीन भागमा विभाजन गरेपछि १५०० मा यसको स्थापना भएको हो। [] []

यक्ष मल्लको मृत्यु पछि उनका माहिला छोरा रत्न मल्लले वि.सं. १५४१ मा कान्तिपुरका महापात्रहरूलाई हात लिई भक्तपुर राज्यबाट टुक्राई त्यहाँको राजा भए। उनले ललित्पुर (पाटन) का पात्रहरू हर्षपाल र जगतपाललाई हात लिएर त्यहाँ पनि अधिकार गरे।

राजा शिवसिंह मल्लले वि.सं. १६७५ मा आफ्ना कान्छा नाति सिद्धिनरसिंह मल्ललाई पाटनको राजा र जेठा नाति लक्ष्मी नरसिंह मल्ल लाई कान्तिपुरको उत्तराधिकारी बनाए पछि पाटन राज्य कान्तिपुर बाट अलग भयो।

हरिहरसिंह मल्ललाई उनका बाजे राजा शिवसिंह मल्लले पाटनको सामन्त बनाएका थिए। हरिहरसिंहका तीन पुत्र थिए। जेठा लक्ष्मीनरसिंह मल्ल कान्तिपुरका गद्दीका हकदार भएकाले उनका भाइ सिद्धिनरसिंहलाई राजा शिवसिंहले नै पाटनको सामन्त नियुक्त गरेका थिए।

हरिहरसिंहका जेठी रानीबाट छोरा लक्ष्मीनरसिंह मल्ल भएका थिए। लालमती र अर्की रानीबाट सन्तान भएका थिएनन्। हरिहरको मृत्यु भएपछि उनीसँग सति जान तयार भएकी लालमतीलाई गर्भिणी रहेको थाहा पाएर, उनीबाट छोरा जन्मेपनी छोरी जन्मेपनी पाटनको राजा बनाउने वचन दिएर राजा शिवसिंहले सति जान रोकेका थिए। उनीबाट सिद्धिनरसिंहको जन्म भयो र उनी समर्थ भएपछि पाटनको प्रशाशक भएर बस्न थाले।[]

वंशावलीको कथन अनुसार सिद्धिनरसिंह मल्ल नेपाल संवत् ७४० मा पाटनको राजा बनेका थिए। सिद्धिनरसिंह मल्ल पाटनका पहिलो स्वतन्त्र राजा थिए। सिद्धिनरसिंह मल्लले वि.सं. १६७६ को आश्विन २७ गते विजया दशमीको दिन ललितपुर राज्यको राजाको रुपमा विधिपूर्वक राज्याभिषेक गरेको थिए ।

श्रीनिवास र योगनरेन्द्र मल्ल

[सम्पादन गर्नुहोस्]

योगनरेन्द्र मल्लको मृत्यु वि ।सं । १७६२ मा भक्तपुरसँग युद्ध चलिरहेको बेलामा चाँगुमा भएको थियो। उनलाई तमाखुमा विष हालेर हत्या गरिएको मानिन्छ। उनको चितामा ३३ जना सति गएका थिए। अरु १० जना भने सती गएनन्। ती सबै रानीहरूबाट जम्मा २ जना छोराछोरी भए। योगनरेन्द्र मल्लको मृत्युपछि ललितपुरमा रजनैतिक संकट आइपर्यो। राजा योगनरेन्द्रकी छोरी योगमतीका छोरा लोकप्रकाश मल्ललाई ललितपुरको राजा थाप्ने निर्णय भयो। तर एक वर्षपछि लोकप्रकाश मल्ल पनि आठ वर्षको उमेरमा विफर लागि मरे। त्यसपछी पुनः योगनरेन्द्र मल्लका भानिज इन्द्र मल्ल राजा भए। तर १७६६ मा उनी पनि मरेका हुँदा योगनरेन्द्र मल्लका ल्याइते पट्टिका महीन्द्र मल्ल राजा बनाइए। उनकी आमाको नाम राजेश्वरी थियो।

राजा महीन्द्र मल्लको वि.सं १७७१ मा मृत्यु भएपछिऋद्धि नरसिंह मल्ल राजा भए । यी पनि योगनरेन्द्र मल्लका भानिज थिए तर तीन वर्षपछि उनी पनि षडयन्त्रपूर्वक मारिए । अब भने पाटने राजाको वंशा मासियो । आस्थिरताले जरा गाडेको पाटने राजवंशपछि कान्तिपुरका राजा भाष्कर मल्ललाई राजा थापे । १७७९ मा उनको मृत्युपछि योगप्रकाश मल्लले पाटनको गद्दी पाए । उनको पनि अल्पायुमा मृत्यु भयो ।  

छ प्रधानको शासन

[सम्पादन गर्नुहोस्]

तेजनरसिंह मल्ल र गोर्खा राज्यमा विलय

[सम्पादन गर्नुहोस्]

बि.सं. १८२५ (ई. १७६८ ) मा पाटन गोर्खा राज्यको हिस्सा बन्यो (पछि यसलाई नेपाल राज्यको रूपमा चिनियो), गोर्खाहरूले विजय गरेपछि। [] []

यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो। उनको नामबाट ने.सं. ८८८ मा मुद्रा पनि निकालियो। ने.सं. ८८८ मा उपत्यकामा एकै सालमा २४ पटक भूइचालो गयो। अर्कोतिर गोर्खा राज्यको नाकाबन्दीबाट सृजित नुन, तेल, कपासको हाहाकार कायमै थियो। पृथ्वीनारायण शाहले काठमाण्डौ कब्जा गरेपछि कान्तिपुरका राजा जयप्रकाश मल्लले पाटनमा शरण लिए। तर पाटनका पाँच प्रधानहरु पृथ्वी नारायण शाहसँग भित्र भित्रै पहिले नै मिलिसकेको थाहा पाई राजा तेजनरसिंह मल्ल र जयप्रकाश मल्ल त्यहाँबाट पनि भागी भक्तपुरका राजा रणजीत मल्लको शरण पर्न भक्तपुर गए। कान्तिपुर कब्जा गरेको १४ दिन पछि यिनी र जयप्रकाश मल्ल भक्तपुरमा शरण लिन पुगेका थिए। उनीहरू पहिले भक्तपुर राज्य स्थित दत्तात्रेय मन्दिरमा पसे। [] पाटनका राजा तेज नरसिंह मल्ल कान्तिपुरका राजा जयप्रकाश मल्लसँग भागी भक्तपुरमा शरण लिन गएको भोलिपल्ट नै पाटनका पाँच प्रधानले पाटन ढोका वरिपरी बसी पृथ्वीनारायण शाह र गोरखाली सेनालाई स्वागत गरी पाटनमा भित्र्याए।

  • हरिहर सिंह (सामन्त)
  • शिवसिंह मल्ल (कान्तिपुरका राजा)
  • सिद्धिनरसिंह मल्ल वि.सं. १६७५-१७१७
  • श्रीनिवास मल्ल
  • योगनरेन्द्र मल्ल
  • लोकप्रकाश मल्ल
  • इन्द्र मल्ल (पुरन्दर मल्ल)
  • वीर नरसिंह मल्ल
  • वीर महीन्द्र मल्ल
  • ऋद्धि नरसिंह मल्ल
  • महीन्द्र सिंह (भाष्कर मल्ल) (कान्तिपुरका राजा)
  • योगप्रकाश मल्ल
  • विष्णु मल्ल
  • राज्यप्रकाश मल्ल
  • विश्वजीत मल्ल
  • जयप्रकाश मल्ल (कान्तिपुरका राजा)
  • रणजीत मल्ल (भक्तपुरका राजा)
  • दलमर्दन शाह
  • तेज नरसिंह मल्ल

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]