ललितपुर राज्य
ललितपुर राज्य पाटन | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|
| १५६५–बि.सं १८२५ | |||||||||
| राजधानी | पाटन दरबार | ||||||||
| आम भाषाहरू | नेवारी, संस्कृत, नेपाली | ||||||||
| धर्म | Newar Hinduism and Newar Buddhism | ||||||||
| सरकार | राजतन्त्र | ||||||||
| इतिहास | |||||||||
• स्थापना | १५६५ | ||||||||
| बि.सं १८२५ | |||||||||
| मुद्रा | मोहर | ||||||||
| |||||||||
| अचेल | नेपाल | ||||||||
पाटन राज्य नेपालको मल्ल वंशले शासन गरेको राज्य थियो।[१][२] लिच्छविकालमा ललितपुर यूपग्राम नामले चिनिन्थ्यो। यही लिच्छविकालको यूपग्रामलाई नै पछि गएर पाटन तथा ललितपुर भन्न थालियो।[३] लिच्छविकालमा ललितपुर छुट्टै राज्य नभएकाले त्यतिबेलासम्म ललितपुरको शासक वर्गमा शक्ति लिने र खोस्ने, उत्थान र पतनको कुरा सुरु भएको थिएन ।
त्यति बेलाका शिलालेखमा यहाँ पूर्व दिशामा दीपावती नगर (गईट) दक्षिण दिशामा मतीनगर (लगनखेल), पश्चिम दिशामा शिलापुर दानागिरि (पुल्चोक), उत्तर दिशामा ललितारण्य (कुम्भेश्वर) र मध्य भागमा स्वस्तिक आकारको मङ्गलबजार रहेको बर्णन पाइन्छ । त्यस्तै गरी पूर्व दिशामा श्री बालकुमारी, दक्षिण दिशामा बटुकभैरव र श्रीमहालक्ष्मी, पश्चिम दिशामा खड्गयोगिनी र उत्तर दिशामा चामुण्डादेवी रहेका छन् । लिच्छवी कालका पुरातात्विक स्रोतहरू अभिलेख, मूर्ति, ढुङ्गेधारा, जलद्रोणी आदि प्रशस्तै मात्रामा प्राप्त भएबाट लिच्छविकालमा ललितपुर पूर्ण रूपमा विकास भइसकेको बुझिन्छ ।
इतिहास
[सम्पादन]राजा यक्ष मल्लको मृत्यु भएपछि उनका जेठा छोरा राजा भए। तर माहिला छोरा राय मल्लले कान्तिपुरलाई स्वतन्त्र गरि आफू राजा भए। कान्तिपुर बाट छुट्टिएर पाटन राज्य बन्यो। यसरी विस्तृत मल्ल राज्य भक्तपुर, कान्तिपुर र ललितपुर गरी तीन भागमा विभाजन गरेपछि १५०० मा यसको स्थापना भएको हो। [४] [५]
यक्ष मल्लको मृत्यु पछि उनका माहिला छोरा रत्न मल्लले वि.सं. १५४१ मा कान्तिपुरका महापात्रहरूलाई हात लिई भक्तपुर राज्यबाट टुक्राई त्यहाँको राजा भए। उनले ललित्पुर (पाटन) का पात्रहरू हर्षपाल र जगतपाललाई हात लिएर त्यहाँ पनि अधिकार गरे।
राजा शिवसिंह मल्लले वि.सं. १६७५ मा आफ्ना कान्छा नाति सिद्धिनरसिंह मल्ललाई पाटनको राजा र जेठा नाति लक्ष्मी नरसिंह मल्ललाई कान्तिपुरको उत्तराधिकारी बनाए पछि पाटन राज्य कान्तिपुरबाट अलग भयो।
स्थापना
[सम्पादन]हरिहरसिंह मल्ललाई उनका बाजे राजा शिवसिंह मल्लले पाटनको सामन्त बनाएका थिए। हरिहरसिंहका तीन पुत्र थिए। जेठा लक्ष्मीनरसिंह मल्ल कान्तिपुरका गद्दीका हकदार भएकाले उनका भाइ सिद्धिनरसिंहलाई राजा शिवसिंहले नै पाटनको सामन्त नियुक्त गरेका थिए।
हरिहरसिंहका जेठी रानीबाट छोरा लक्ष्मीनरसिंह मल्ल भएका थिए। लालमती र अर्की रानीबाट सन्तान भएका थिएनन्। हरिहरको मृत्यु भएपछि उनीसँग सति जान तयार भएकी लालमतीलाई गर्भिणी रहेको थाहा पाएर, उनीबाट छोरा जन्मेपनी छोरी जन्मेपनी पाटनको राजा बनाउने वचन दिएर राजा शिवसिंहले सति जान रोकेका थिए। उनीबाट सिद्धिनरसिंहको जन्म भयो र उनी समर्थ भएपछि पाटनको प्रशाशक भएर बस्न थाले।[६]
वंशावलीको कथन अनुसार सिद्धिनरसिंह मल्ल नेपाल संवत् ७४० मा पाटनको राजा बनेका थिए। सिद्धिनरसिंह मल्ल पाटनका पहिलो स्वतन्त्र राजा थिए। सिद्धिनरसिंह मल्लले वि.सं. १६७६ को आश्विन २७ गते विजया दशमीको दिन ललितपुर राज्यको राजाको रुपमा विधिपूर्वक राज्याभिषेक गरेको थिए ।
श्रीनिवास र योगनरेन्द्र मल्ल
[सम्पादन]अस्थिरता
[सम्पादन]योगनरेन्द्र मल्लको मृत्यु वि ।सं । १७६२ मा भक्तपुरसँग युद्ध चलिरहेको बेलामा चाँगुमा भएको थियो। उनलाई तमाखुमा विष हालेर हत्या गरिएको मानिन्छ। उनको चितामा ३३ जना सति गएका थिए। अरु १० जना भने सती गएनन्। ती सबै रानीहरूबाट जम्मा २ जना छोराछोरी भए। योगनरेन्द्र मल्लको मृत्युपछि ललितपुरमा रजनैतिक संकट आइपर्यो। राजा योगनरेन्द्रकी छोरी योगमतीका छोरा लोकप्रकाश मल्ललाई ललितपुरको राजा थाप्ने निर्णय भयो। तर एक वर्षपछि लोकप्रकाश मल्ल पनि आठ वर्षको उमेरमा विफर लागि मरे। त्यसपछी पुनः योगनरेन्द्र मल्लका भानिज इन्द्र मल्ल राजा भए। तर १७६६ मा उनी पनि मरेका हुँदा योगनरेन्द्र मल्लका ल्याइते पट्टिका महीन्द्र मल्ल राजा बनाइए। उनकी आमाको नाम राजेश्वरी थियो।
राजा महीन्द्र मल्लको वि.सं १७७१ मा मृत्यु भएपछिऋद्धि नरसिंह मल्ल राजा भए । यी पनि योगनरेन्द्र मल्लका भानिज थिए तर तीन वर्षपछि उनी पनि षडयन्त्रपूर्वक मारिए । अब भने पाटने राजाको वंशा मासियो । आस्थिरताले जरा गाडेको पाटने राजवंशपछि कान्तिपुरका राजा भाष्कर मल्ललाई राजा थापे । १७७९ मा उनको मृत्युपछि योगप्रकाश मल्लले पाटनको गद्दी पाए । उनको पनि अल्पायुमा मृत्यु भयो ।
छ प्रधानको शासन
[सम्पादन]तेजनरसिंह मल्ल र गोर्खा राज्यमा विलय
[सम्पादन]बि.सं. १८२५ (ई. १७६८ ) मा पाटन गोर्खा राज्यको हिस्सा बन्यो (पछि यसलाई नेपाल राज्यको रूपमा चिनियो), गोर्खाहरूले विजय गरेपछि। [७] [८]
यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो। उनको नामबाट ने.सं. ८८८ मा मुद्रा पनि निकालियो। ने.सं. ८८८ मा उपत्यकामा एकै सालमा २४ पटक भूइचालो गयो। अर्कोतिर गोर्खा राज्यको नाकाबन्दीबाट सृजित नुन, तेल, कपासको हाहाकार कायमै थियो। पृथ्वीनारायण शाहले काठमाण्डौ कब्जा गरेपछि कान्तिपुरका राजा जयप्रकाश मल्लले पाटनमा शरण लिए। तर पाटनका पाँच प्रधानहरु पृथ्वी नारायण शाहसँग भित्र भित्रै पहिले नै मिलिसकेको थाहा पाई राजा तेजनरसिंह मल्ल र जयप्रकाश मल्ल त्यहाँबाट पनि भागी भक्तपुरका राजा रणजीत मल्लको शरण पर्न भक्तपुर गए। कान्तिपुर कब्जा गरेको १४ दिन पछि यिनी र जयप्रकाश मल्ल भक्तपुरमा शरण लिन पुगेका थिए। उनीहरू पहिले भक्तपुर राज्य स्थित दत्तात्रेय मन्दिरमा पसे। [९] पाटनका राजा तेज नरसिंह मल्ल कान्तिपुरका राजा जयप्रकाश मल्लसँग भागी भक्तपुरमा शरण लिन गएको भोलिपल्ट नै पाटनका पाँच प्रधानले पाटन ढोका वरिपरी बसी पृथ्वीनारायण शाह र गोरखाली सेनालाई स्वागत गरी पाटनमा भित्र्याए।
राजा
[सम्पादन]- हरिहर सिंह (सामन्त)
| राजा | |||
|---|---|---|---|
| सिद्धिनरसिंह मल्ल | वि.सं. १६७५- | १७१७ | |
| श्रीनिवास मल्ल | |||
| योगनरेन्द्र मल्ल | १७४१ | १७६२ | |
| लोकप्रकाश मल्ल | १७६३ | ||
| इन्द्र मल्ल (पुरन्दर मल्ल) | १७६६ | ||
| वीर नरसिंह मल्ल | |||
| वीर महीन्द्र मल्ल | १७७१ | ||
| ऋद्धि नरसिंह मल्ल | १७७१ | १७७४ | |
| महीन्द्र सिंह (भाष्कर मल्ल) | १७७९ | कान्तिपुरका राजा | |
| योगप्रकाश मल्ल | |||
| विष्णु मल्ल | १८०२ | ||
| राज्यप्रकाश मल्ल | १८०२ | १८१३ | |
| विश्वजीत मल्ल | १८१३ | १८१५ | |
| जयप्रकाश मल्ल | १८१५ | १८१९ | |
| रणजीत मल्ल | १८१९ | १८२० | भक्तपुरका राजा |
| दलमर्दन शाह | १८२० | १८२२ | |
| तेज नरसिंह मल्ल | १८२२ | १८२५ असोज |
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Strategic Thought, २००५।
- ↑ Nepalese Coins & Bank Notes (1911 to 1955 Ce), २००७।
- ↑ सिलवाल, केशवराज, "ललितपुर राज्यको शासकवर्गका सांस्कृतिक कार्यमा आपसी अन्तद्र्वन्द्व", प्रज्ञा र विज्ञसमीक्षित शोधपत्रिका: 245–258।
- ↑ Folk Tales from the Himalayan Kingdom of Nepal: Tales of Three Brothers, १९९४।
- ↑ International Dictionary of Historic Places: Asia and Oceania, १९९४।
- ↑ देगुतलेज्यू (पाटन) अभिलेखिकरण २०२३-०२-२८ वेब्याक मेसिन
- ↑ Medieval Nepal: A history of the three kingdoms, 1520 A.D. to 1768 A.D, १९६६।
- ↑ Kingdom of Nepal, १९९९।
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १७८, आइएसबिएन 99933-2-406-X।