अरि मल्ल
Jump to navigation
Jump to search
अरि मल्ल प्रथम मल्ल राजाको रूपमा मानिन्छन। यिनी वि.सं. १२५७ मा ४६ वर्षको उमेरमा राजा भएका थिए। यिनले राजा भैसकेपछि राजाधिराज, परम भट्टारकराज, नेपालेश्वर र महाराजा धिराज उपाधिहरू धारण गरेका थिए। अरि मल्ल विसं १२११ बाबु मित्रदेव कुस्ती खेलिराखेको बेला जन्मेका र त्यसैले नामको पछाडी मल्ल उपाधि राख्न थालेको भन्ने भनाइ छ। यिनको शासनकालमा ठूलो अनिकाल पर्दा राज्यको तर्फबाट आर्थिक सहयोग प्रदान भएको कुराले यिनलाई जनताको पीरमर्का भुझने राजा भंनिन्छ। यिनी शास्त्रादिमा पनि निपुण थिए भनिन्छ। वि.सं. १२७४ मा ६३ वर्षको उमेरमा अरि मल्लको मृत्यु भयो।
शासनकाल[सम्पादन गर्ने]
यिनको शासनकाल वि.सं. १२५८ देखी वि.सं. १२७३ सम्म रहेको अनुमान गरिएको छ । यिनको शासनकालमा ठूलो महामारी आएको र अनिकाल परेको थियो भन्ने गरिन्छ ।