सामग्रीमा जानुहोस्

यक्ष मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यक्ष मल्ल
विजिगीशू
Miniature of Yaksha Malla from a Paubha dated 1782.
मल्ल राजा
शासनकालवि.सं १४८५-१५३८
पूर्वाधिकारीराजा ज्योतिर्मल्ल
उत्तराधिकारी
जन्मवि.सं १४७६
नेपाल
मृत्यु१५३८
बाबुज्योति मल्ल
आमासंसारदेवी
धर्महिन्दु

यक्ष मल्ल अखण्ड नेपाल मण्डलका अन्तिम राजा थिए। उनी विजिगीशू एबं निर्माणकर्ता थिए । उनी महत्त्वाकांक्षी शासक हुनाले आफ्नो राज्य विस्तृत पारे । उनी २० वर्षको उमेरमा राजा भई ५२ वर्ष सम्म राज्य गरे । उनले प्रदान गरेको अबिलेख हेर्दा काठमाडौँ राज्य मिथिला, मगध र गयासम्म विजय गरी राज्यविस्तार गरेका थिए । पूर्वमा मोरङ र उत्तरमा सिकारजोंगसम्म बढेका यक्ष मल्लको विजययात्रवर्णन भने भक्तपुरका राजा जगत्ज्योती मल्लद्वारा लेखिएको नरपतिजयचर्या स्वरोदयटीका भन्ने कृतिमा लेखिएको छ ।

राज्य विस्तार

[सम्पादन गर्नुहोस्]

उनी महत्त्वाकांक्षी शासक हुनाले आफ्नो राज्य विस्तृत पारे । उनी २० वर्षको उमेरमा राजा भई ५२ वर्ष सम्म राज्य गरे । उनले प्रदान गरेको अबिलेख हेर्दा काठमाडौँ राज्य मिथिला, मगधगयासम्म विजय गरी राज्यविस्तार गरेका थिए । पूर्वमा मोरङ र उत्तरमा सिकारजोङसम्म बढेका यक्ष मल्लको विजययात्रवर्णन भने भक्तपुरका राजा जगत्ज्योती मल्लद्वारा लेखिएको नरपतिजयचर्या स्वरोदयटीका भन्ने कृतिमा लेखिएको छ । तर उनको यस विजयप्रति इतिहासकारहरूको एकमत छैन। यद्यपि उनको प्रभाव चौतर्फी फैलिएको मान्न सकिन्छ ।[]

साँस्कृतिक कार्य

[सम्पादन गर्नुहोस्]

राजा यक्ष मल्लको दत्तात्रेय मन्दिर नमुना योग्य मानिन्छ । त्यसै गरी उनको ऋषिकेश विष्णुको सुवर्णमूर्ति, अग्निशाला, षड्दर्शनका विद्ध्वानको भान्साघर, यक्शेश्वर मन्दिर, भक्तपुरको पशुपतिनाथ मन्दिर, पशुपतिनाथमा दक्षिण भारतबाट भट्ट ब्राह्मण ल्याई पुजा गर्ने बन्दोबस्त, पाटनको मीननाथ मन्दिर, भद्रबोधिसत्व , पद्मापाणी लोकेश्वरमंदिर र बिहारहरूको निर्माण गरेका थिए । []

राज्य विभाजनको अपजस

[सम्पादन गर्नुहोस्]

राजा यक्ष मल्लका सातओटी रानीहरूबाट सात छोरा र एक छोरी जन्मेका थिए । आफू जीवित छँदै उनले छोरा र छोरीलाई राज्यसञ्चालन गर्ने अभ्यास गराएका थिए । त्यसरी राज्य गर्ने तरिका, बुझेका ठाउँठाउँमा प्रशासकाका रुपमा खटिएका उनका सन्ततिहरुले यक्ष मल्लको मृत्युपछि स्थानीय भलादमीहरूलाई हात लिई राजा बन्ने प्रायत्न गरे । त्यसैको परिणामस्वरुप मल्लराज्य फुटेर टुक्रीयो ।[]

राजाको जेठो छोरो राजा हुने चलन अनुसार यक्ष मल्ल मृत्युपछि १५३८ मा भक्तपुरमा राय मल्ल राजा भए पनि माहिला रत्न मल्लले वि सं १५४१ मा कान्तिपुरका महापात्रहरूलाई हातमा लिई त्यहाँकै राजा भए । राजा रत्न मल्ल महत्त्वाकांक्षी शासक हुनाले पाटन  र वि.सं. १५४८ नुवाकोट माथी अधिकार गरे ।

साहिँला रण मल्लले बनेपा कब्जा गरे भने भानिज भीम मल्लाले उनलाई सहयोग गरे । दोलखाका समान्त उद्धवदेव पनि राजा भएर ठाकुर र देव कहिन थाले । बिसं १५८४ मा ललितपुरमा विष्णुसिंहले छुट्टै राज्य जमाए । त्यो विभाजनको वातावरण राजा यक्ष मल्लको वृद्धावस्थाबाटै देखिएको हुँदा त्यसलाई नियन्त्रण गर्ने उपाय उनले गर्न सकेनन् । त्यसो हुनाले बलियो नेपाल मण्डल राज्य छिन्नभिन्न गराउनमा यक्षा मल्लको प्रत्यक्ष भूमिका नरहे पनि परोक्ष र घुमाउरोसँग हेर्दा जिम्मेवारी ठहर्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १४६, आइएसबिएन 99933-2-406-X