गया
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (मे २०१३) |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख मार्च २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]गया भारतको बिहार प्रान्तको एउटा महत्त्वपूर्ण शहर हो, जुन गङ्गाको सहायक नदी फल्गुको पश्चिमी तटमा अवस्थित छ। यो बोधगयाबाट १७ किलोमीटर उत्तर तथा राजधानी पटनाबाट १०० किलोमीटर दक्षिणतर्फ पर्दछ। यहाँको मौसम समशीतोष्ण छ। गर्मीका बेला यहाँ असाध्यै गर्मी हुन्छ र ठण्डीका बेला सामान्य जाडो हुन्छ। मनसूनको पनि यहाँको मौसममा व्यापक असर पर्ने गर्दछ। यद्यपि वर्षा ऋतुमा यहाँको दृश्य काफी रोचक हुन्छ भन्ने मान्यता छ।
धार्मिक महत्त्व
[सम्पादन गर्नुहोस्]झारखण्ड र बिहारको सीमा र फल्गु नदीका तटमा रहेको गया भारतको बिहार प्रान्तको एक प्रमुख शहर हो। वाराणसी झैं नै गयाको प्रसिद्धी मुख्य रूपले एक धार्मिक नगरीका रूपमा छ। पितृपक्षका अवसरमा यहाँ हजारौं श्रद्धालु पिण्डदानका निमित औने गर्दछन्। गया सडक, रेल र वायु मार्गद्वारा भारतका अन्य स्थानसँग राम्ररी जोडिएको छ। नवनिर्मित गया अन्तरराष्ट्रिय विमानस्थलद्वारा यो सहर थाइलैंडसँग पनि सिधा सम्पर्कमा जोडिएको छ। गयाबाट १७ किलोमीटरको दूरीमा बोधगया नामक बौद्ध तीर्थस्थल छ र त्यहीँ बोधी वृक्षमुनि भगवान् बुद्धलाई ज्ञानप्राप्ति भएको थियो। गया बिहारको महत्त्वपूर्ण तीर्थस्थानहरूमध्ये एक हो। यो शहर खासकर हिन्दू तीर्थयात्रीहरूका निमित्त असाध्यै प्रख्यात छ। यहाँको विष्णुपद मन्दिर पर्यटकहरू माझ लोकप्रिय मानिन्छ। दन्त्यकथा-अनुसार भगवान् विष्णुको पाउको चिह्नमा यस मन्दिरको निर्माण भएको हो। हिन्दू धर्ममा यस मन्दिरको अहं स्थान छ। गया पितृदानका लागि पनि प्रसिद्ध छ। के भनिन्छ भने यहाँको फल्गु नदीको तटमा पिण्डदान गर्नाले मृत व्यक्तिले बैकुण्ठ जाने अवसर प्राप्त गर्दछ।<ref>ज्योतिषसाथी कृष्णप्रसाद कोइराला