योगनरेन्द्र मल्ल
योगनरेन्द्र मल्ल | |
---|---|
पाटन राज्यको राजा | |
शासनकाल | वि सं १६४१-१७६२ |
पूर्वाधिकारी | श्रीनिवास मल्ल |
उत्तराधिकारी | लोकप्रकाश मल्ल |
जन्म | वि सं १७२३ श्रावण |
मृत्यु | वि सं १७६२ १७६२ कार्तिक १६ भक्तपुर चाँगुनारायण |
जीवनसाथी | ४३ |
सन्तान | ८६ |
वंश | मल्ल वंश |
बाबु | श्रीनिवास मल्ल |
आमा | [[]] |
धर्म | हिन्दु |
योगनरेन्द्र मल्ल (बि.सं. १७२३-१७६२) पाटन राज्यका राजा थिए। उनको जन्म बि.सं १७२४ श्रावण शुल्क चतुर्थी मा भएको थियो। उनले १७४१ देखि १७६२ सम्म पाटनमा शासन गरे। उनको मृत्यु पछि पाटनमा राजनैतिक अस्थिरता भयो।
शासनकाल
[सम्पादन गर्नुहोस्]सत्ता प्राप्ति
[सम्पादन गर्नुहोस्]योगनरेन्द्र मल्लले बाबुको विरुद्ध एक किसिमले विद्रोह गर्न थाले। ढुकुटीको पैसा हात लाई योगनरेन्द्र मल्ल राजदरबारमा नबसी अन्तै गई बस्न थाले। यस कुराले राजा श्रीनिवास मल्ललाई ठूलो चिन्ता पर्न लाग्यो। समर्थ भैसकेका छोरालाई दबाउनु उनले श्रेयस्कर सम्झेनन्। उनको सामु आफ्ना पिता सिद्धिनरसिंह मल्लले आफूलाई राज्य सुम्पिदिएको आदर्श खडा थियो। यसकारण श्रीनिवास मल्लले छोरालाई बोलाई राज्य सुम्पनु नै उचित सम्झे। तदनुसार विसं १७४१ पौषमा श्री निवास मल्लले गद्दी त्याग गरी योग नरेन्द्रलाई गद्दीमा राखे।[१]
उनले आफ्ना पितासँग विद्रोह गरी १८ वर्षकै उमेरमा विसं १७४१ मा ललितपुरका राजा भएका थिए ।
शासन
[सम्पादन गर्नुहोस्]बाबुबाट राज्यशासनको तालिम प्राप्त गरेको हुँदा उनको प्रारम्भिक शासन सन्तोषजनक रहे पनि उत्तरार्द्धमा राम्रो रहेन । उनले आफ्ना पिताका सहयोगी भगीरथ भैयाको हत्या गराएर भारदार्हरू तर्साउँदा पाटन राज्य कमजोर हुँदै गयो। उनको गोरखा सँगको सम्बन्ध पुर्खाहरूको जस्तै राम्ररी कायम रहेन। अर्कोतिर यिनी विजयपुर राज्यसँग नजिकिँदै गए। फलस्वरूप वि.सं. १७४४ मा मकवानी राजा शुभ सेनले ललितपुरमाथि आक्रमण गरेका थिए तर ललितपुरका जनता एकगठ भई किल्लामा तोपका मोहरा हाली आफ्नो रक्षा गरेका थिए। [२]
भक्तपुर विरुद्ध युद्ध तयारी
[सम्पादन गर्नुहोस्]वि.सं. १७६२ भाद्र २७ गते ललितपुर र भक्तपुरको सिमाना निरै भक्तपुरको प्रसिद्ध किल्ला कब्जा गर्न योगनरेन्द्र मल्ल हिडे। ललितपुरेहरूले तीन तिरबाट वाभू घेरे। तैपनि किल्ला फुटेन। योगनरेन्द्र मल्ल चागुमा बसेर लडाईको बन्दोबस्त गर्न लागे। भक्तपुरका राजा भूपतीन्द्र मल्ल आफ्नो सुरक्षाको लागि छोरा रणजित मल्ललाई साथ लिई बनेपा गइ बसे। दसैँमा पनि योगनरेन्द्र मल्ल पाटन फर्केनन्। आफूले गर्नु पर्ने दसैँको पुजा बिधान पुरोहित बाट गर्न लगाए। यसरी दसैमा पनि पाटन नफर्की योगनारेन्द्र मल्ल डटेर बसेको देखि भक्तपुरेहरूको चिन्ता बढ्न थाल्यो।
मृत्यु
[सम्पादन गर्नुहोस्]त्यसपछि भक्तपुरेहरूले अर्को चाल चले। चाँगुमा बसेका योगनारेन्द्र माथि सुटुक्क विष प्रयोग गराइयो । यसबाट एक छिन ज्वरो आयो र वि.सं १७६२ कार्तिक १६ मा योगनरेन्द्रको मृत्यु भयो। अकस्मात आफ्नो राजाको मृत्यु भएको हुँदा ललितपुरेहरू घेरा छोडी फर्के। यहि दिन राति नै योगनरेन्द्र मल्लको शाव पाटन ल्याइयो। भोलिपल्ट शंखमूलमा दाहसंस्कार गरियो।
उनको मृत्यु वि.सं. १७६२ मा भक्तपुरको चाँगुमा भएको थियो। उनलाई तमाखुमा विष हालेर हत्या गरिएको मानिन्छ। उनको चितामा ३३ जना सति गएका थिए। अरु १० जना भने सती गएनन्। ती सबै रानीहरूबाट जम्मा २ जना छोराछोरी भए।
पाटनको राजनैतिक संकट
[सम्पादन गर्नुहोस्]योगनरेन्द्र मल्लको मृत्युपछि ललितपुरमा रजनैतिक संकट आइपर्यो। राजा योगनरेन्द्रकी छोरी योगमतीका छोरा लोकप्रकाश मल्ललाई ललितपुरको राजा थाप्ने निर्णय भयो। तर एक वर्षपछि लोकप्रकाश मल्ल पनि आठ वर्षको उमेरमा विफर लागि मरे। त्यसपछी पुनः योगनरेन्द्र मल्लका बानिज इन्द्र मल्ल राजा भए। तर १७६६ मा उनी पनि मरेका हुँदा योगनरेन्द्र मल्लका ल्याइते पट्टिका महीन्द्र मल्ल राजा बनाइए। उनकी आमाको नाम राजेश्वरी थियो।
प्रचलित भनाईहरू
[सम्पादन गर्नुहोस्]पाटन दरवार क्षेत्रमा रहेको प्रसिद्ध मणिमण्डपको निर्माण वि. सं. १७५८ मा योगनरेन्द्र मल्लले गराएका थिए।
यी राजालाई आजसम्म पनि जीवित राजाका रूपमा मानिन्छ। दरबारको उपल्लो तलाको पश्चिमपट्टीको एक कोठाको झ्याल खुला राखी उनका लागि एउटा शयनकक्ष अद्यापि तयार नै राखिएको छ। दरबार अगाडि रहेको आफ्नो शालिकको टाउकोमा एउटा चरा पनि छ। उनले आफू मर्ने बेलामा त्यो मानवनिर्मित चरा उडेर नगएसम्म आफूलाई ज्युँदै छ भन्ठान्नू भनेका थिए भन्ने भनाइ छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ पूर्णिमा
- ↑ नेपालको तथ्य इतिहास पृष्ठ १५९, प्रा.डा.राजाराम सुवेदी, साझा प्रकाशन २०६१