मल्ल वंश
| पुर्ख्यौली थलो | भारत |
|---|---|
| संस्थापक | अरिदेव |
| अन्तिम | जयप्रकाश मल्ल |
| विघटन | १६औं सताव्दी |
यो विषय निम्नलिखित एक शृङ्खलाको भाग हो: |
|---|
| नेपालको इतिहास |
|
| समय तालिका |
|
|
मल्ल वंश नेपालको मध्ययुगिन अर्थात १२ औँ शताब्दीदेखि १८ औँ शताब्दीको बिचका शासकहरू हुन।
मल्ल काल ६०० वर्षभन्दा बढी समयसम्म फैलिएको थियो। उनीहरूले नेपाल मण्डलाको नेवार सभ्यताको नेतृत्व गरे र फस्टाए, जुन हिमालयको फेदमा सबैभन्दा परिष्कृत शहरी सभ्यताहरू मध्ये एक र भारत-तिब्बत व्यापार मार्गको प्रमुख गन्तव्यको रूपमा विकसित भयो। मल्ल राजवंशको समयमा, नेपाल भाषा आधिकारिक भाषा थियो[१][२][३], जबकि यस अवधिमा संस्कृत र मैथिलीले पनि साहित्यिक भाषाहरूको रूपमा महत्त्वपूर्ण महत्त्व राखेका थिए।[४][५][६]
उत्पति
[सम्पादन गर्नुहोस्]मल्ल राजाहरूले आफुलाई कर्नाट राजवंशको वंशज भएको दाबी गरे र प्रायः आफूलाई कर्णाटवंशी, रघुवंशी वा सूर्यवंशीको रूपमा शैलीबद्ध गरे। मल्लहरू नेवारी भाषा तथा मैथिली भाषा को संरक्षणका लागि प्रख्यात थिए जसलाई मल्ल दरबारमा संस्कृतको बराबरको दर्जा दिइएको थियो।[७]
मल्ल शासनकालमा मैथिल ब्राह्मण र कान्यकुब्ज ब्राह्मण पुजारीहरूलाई काठमाडौंमा आमन्त्रित गरी बसाइयो। त्यसैगरी, मिथिलाका दर्जनौं क्षत्रिय- हैसियतका कुलीन र शासक कुलहरू पनि कुलीन वा मुस्लिम आक्रमणबाट भागेका मल्ल दलको भागको रूपमा आएका थिए। यी बारम्बार बसाइँसराइहरू मध्ये सबैभन्दा उल्लेखनीय भनेको १३२४ ईस्वीमा राजा हरिसिंहदेवको शासनकालमा गियाथ अल-दिन तुगलकद्वारा मिथिला राज्यको आक्रमण पछि भएको बसाइसराइ थियो, जसले गर्दा मिथिलाको ठूलो मात्रामा नेपाल बसाइँ सरेको थियो। यस समयमा आएका पुजारी वर्गहरू उपत्यकाका वर्तमान केही राजोपाध्याय तथा जोशीहरुका पुर्खाहरू हुन्, जबकि आप्रवासी योद्धा र कुलीन वर्गहरू आजका छथरिय(क्षत्रीय) श्रेष्ठ नेवारहरूका पुर्खाहरू हुन्। अन्य समूहहरू पनि आप्रवासी र अन्ततः नेवार समाजमा समाहित भए, जसमध्ये केही हालका खड्गीहरू नाय्/शाही, धोबी, कापाली/जोगी, हलवाई/राजकर्णिकार र ललितपुर, पोड्या (चम्हार), कुलु तथा सुवाल आदी हुन्।[८]
यी मानिसहरू अन्ततः एक जातिय एकाइ बन्न पुगे जसलाई १६औं शताब्दीदेखि नेवार भनेर चिनाउन थालियो। मल्ल सेनाको मेरुदण्ड उत्तरी बिहार र तराईका केही भागका तिरहुती सिपाहीहरू मिलेर बनेको थियो,जबकि सैन्य नेताहरू र प्रमुखहरू तत्कालीन क्षत्रिय परिवारहरूबाट भर्ती भएका थिए, जसलाई प्रधान, ग्वंग, लाकौल, नेमकुल जस्ता वंश उपाधिहरू दिइयो। मल्ल राजाहरूको पराजय पछि, तिनीहरूका कतिपय वंशजहरूले उपत्यका छोडे र नेपालको विभिन्न भागहरूमा बसोबास गरे। उनीहरूका सन्तानले रघुवंशी, राजवंशी, प्रधानाङ्ग, अमात्य, था श्रेष्ठ थरहरू प्रयोग गर्दै आएका छन्।[९][१०]
इतिहास
[सम्पादन गर्नुहोस्]शुरुवात
[सम्पादन गर्नुहोस्]नेपालमा मल्ल वंशको शुरुवात १२ औँ शताब्दीको सुरु तिरबाट भयो। काठमाडौ उपत्यका विभाजन पुर्व मल्ल वंशका प्रथम राजा अरिदेव मल्ल थिए भने अन्तिम राजा यक्ष मल्ल थिए । त्यसैगरी काठमाडौ उपत्यका ३ भागमा विभाजन भए पश्चात कृतिपुरका प्रथम राजा र अन्तिम राजा क्रमश रत्न मल्ल र जयप्रकाश मल्ल,ललितपुरका प्रथम राजा र अन्तिम राजा क्रमश रण मल्ल र देवनर सिंह मल्ल र भक्तपुरका प्रथम राजा र अन्तिम राजा क्रमश राय मल्ल र रणजीत मल्ल थिए ।
अस्थिर शासन
[सम्पादन गर्नुहोस्]जयस्थिती मल्ल
[सम्पादन गर्नुहोस्]ज्योतिर् मल्ल - यक्ष मल्ल
[सम्पादन गर्नुहोस्]राज्यको विभाजन
[सम्पादन गर्नुहोस्]जा यक्ष मल्लका सातओटी रानीहरूबाट सात छोरा र एक छोरी जन्मेका थिए । आफू जीवित छँदै उनले छोरा र छोरीलाई राज्यसञ्चालन गर्ने अभ्यास गराएका थिए । त्यसरी राज्य गर्ने तरिका, बुझेका ठाउँठाउँमा प्रशासकाका रुपमा खटिएका उनका सन्ततिहरुले यक्ष मल्लको मृत्युपछि स्थानीय भलादमीहरूलाई हात लिई राजा बन्ने प्रायत्न गरे । त्यसैको परिणामस्वरुप मल्लराज्य फुटेर टुक्रीयो ।[११]
राजाको जेठो छोरो राजा हुने चलन अनुसार यक्ष मल्ल मृत्युपछि १५३८ मा भक्तपुरमा राय मल्ल राजा भए पनि माहिला रत्न मल्लले वि सं १५४१ मा कान्तिपुरका महापात्रहरूलाई हातमा लिई त्यहाँकै राजा भए । राजा रत्न मल्ल महत्त्वाकांक्षी शासक हुनाले पाटन र वि.सं. १५४८ नुवाकोट माथी अधिकार गरे ।
साहिँला रण मल्लले बनेपा कब्जा गरे भने भानिज भीम मल्लाले उनलाई सहयोग गरे । दोलखाका समान्त उद्धवदेव पनि राजा भएर ठाकुर र देव कहिन थाले । बिसं १५८४ मा ललितपुरमा विष्णुसिंहले छुट्टै राज्य जमाए । त्यो विभाजनको वातावरण राजा यक्ष मल्लको वृद्धावस्थाबाटै देखिएको हुँदा त्यसलाई नियन्त्रण गर्ने उपाय उनले गर्न सकेनन् ।
राज्यहरू
[सम्पादन गर्नुहोस्]काठमाडौँ (कृतिपुर)
ललितपुर
भक्तपुर
पतन
[सम्पादन गर्नुहोस्]- आपसी विभाजन :- मल्ल राज्य अहिलेको संघिय संरचना जस्तै तर भाइ भारदारहरुमा मात्र सिमित थियो युग स्वर्णिम हुँदा हुदै पनि अंसको रुपमा राज्य लिने प्रचलन थियो बाईसे चौविसे राज्य यिनैका प्रान्तिय सरकार थिय तर एक आपसमा बलियो सम्बन्धको अभाव भएर पतन हुन पुगेको थियो।
- सुचना सञ्चारको अभाव:-अहिलेको जस्तो सुचना प्रविधिको विकास नभएकोले मल्ल राज्यका प्रान्तिय सरकार र संघिय सरकारको सम्बन्ध रहिरहन सकेन त्यसैले छुट्टा छुट्टै राज्यको रुप जस्तो देखिएको थियो,दरवारिया भित्रै षडेन्त्र रचिन थाले आफ्नै राज्य कम्जोर बनाउन तल्लिन रहे।
- बलियो संघिय प्रसासनको अभाव:-तात्कालिन पृथ्विनारायन शाहले गरेको एकिकरणताकाको नेपाल भन्दा मल्ल राज्यको सिमा झन विसाल थियो भन्ने तर्क अर्काथरिले गर्दछन,किन भने खस साम्राज्यको समग्र महाभारत ईलाका भरिनै यसरि स-साना राज्यका रुपमा विभक्त थिए जुन केन्द्रिय शासक ले भुगोल ठुलो भएकाले सवै राज्यमा नियमन गर्न नसक्दा पतन भएको अनुमान छ।
प्रशासन
[सम्पादन गर्नुहोस्]मल्ल कालमा कर्मचारीहरूलाई पात्र वा महापात्र भनिन्थ्यो।[१२] युद्धपति, केन्द्र नायक भनिन्थ्यो। कुमारी चोक अड्डाबाट व्यवस्थित तरिकाले लेखा राख्ने र जाँच्ने चलन मल्ल कालदेखि नै शुरु भएको रहेछ। मल्ल राज्यकालमा नेपालमा प्रशासन अत्यन्त केन्द्रीकृत रहेको टिप्पणी पनि गरिन्छ।
मल्लकालीन पदहरू
[सम्पादन गर्नुहोस्]- राजगुरु: राजपुरोहित
- सेनाध्यक्ष: राज्यको सुरक्षा हेर्ने
- उमराओ: राज्यप्रशासन र कर प्रशासन हेर्ने
- भण्डारनायक: राजाको भण्डार हेर्ने
- टक्सारी: सिक्का छाप्ने
- चरिदार: अनुसन्धान अधिकृत
- कोतवाल शान्ती सुरक्षा हेर्ने
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]काठमाडौं उपत्यकाभित्र किल्लाले घेरेका धेरै शहर थिए, जसलाई "देश" शब्दले सम्बोधन गर्ने परम्परा थियो । ती देश वा सहरमा प्रशासनका लागि प्रमानहरू खटिएर जाने गर्थे । ती सहरहरूमा ललितपुर, कीर्तिपुर, फर्पिङ, लेले, किसिपिडी, नाला, साँखु, बोडे, नकदेश, भक्तपुर, तपलाछें, थानकोट, बलम्बु, लुभु, ओभु, ठिमी, बुग, खोकना, नवक्वाठ, गोकर्ण, थली, चाबेल, बुढानीलकण्ठ, टिष्टुङ, टोखा आदि थिए । ठाउँ ठाउँका बस्तीहरू सबै देश नामले छुट्टै कहिने हुँदा त्यो देश शब्दले गाउँको जस्तो स्तर पाएको बुझिन्छ ।[१३]
राजधानी
[सम्पादन गर्नुहोस्]कानुन
[सम्पादन गर्नुहोस्]अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]मल्ल राजाहरू आर्थिक क्षेत्रमा सम्पन्न थिए । विशेष गरी आफ्नै टकसारी कुटीर उद्योग, शिल्पी जनशक्ति तथा उत्तर दक्षिण व्यापारले उपत्यकाभित्रका तीनओटै राज्य आर्थिक रुपमा अरुभन्दाअ सम्पन्न थिए । त्यहाँ उत्पादित वस्तुहरू बहिरतिर पनि निकासा गरिन्थे । नुन, कपास, तेल, गुँडबाहेक अरु वस्तु साटफेर गर्ने हुँदा कमै किनेर प्रयोग गर्दथे । उपत्यकाका व्यापारीहरू बेलाबेलामा भोट ल्हासा जाने र त्यतबाट सुन, चँवर, यूँ, नुन, ल्याउँथे भने भोट जाँदा अन्न, मसला, काठ, कपडा, लाईजाने चलन थियो । भोट तिब्बतमा आफ्नै सिक्का नभएको हुँदा काठमाडौं उपत्यकामा ढालिएका सिक्का त्यहाँ प्रयोग हुन्थे । [१३]
सिक्का
[सम्पादन गर्नुहोस्]कृषि
[सम्पादन गर्नुहोस्]मुख्य पेशा कृषि नै थियो । धान, गहुँ, कोदो, मकै, तेलाहन आदिको उत्पादन हुन्थ्यो । उत्पादन भएको वस्तुको केही अंश करको रुपमा राज्यलाई बुझाउनु पर्थ्यो । दरबार भित्र कुनै उत्सव वा यस्तै कार्य गर्नुपर्यो भने एक दुई वर्षको लिनुपर्ने उत्पादन कर एकैचोटी सरकारलाई आवश्यक परेको बेलामा बुझाउनु पर्थ्यो । जस्तो भूपतीन्द्र मल्लको विवाहमा जनताबाट लिइने कृषि उत्पादन कर दुई वर्षको एकैचोटी दरबारमा भित्र्याइएको थियो ।
उद्योग
[सम्पादन गर्नुहोस्]उद्योगको रुपमा सुन चाँदीका गरगहना बनाउने, धातुका भाँडाकुँडा बनाउने, ढुङ्गा तथा काठका मूर्ति र मालसामान बनाउने, कपडा बुन्ने, तेल बनाउने, माटाका भाँडाकुँडा बनाउने प्रमुख व्यवसायहरू रहेको पाइन्छ ।
समाजिक अवस्था
[सम्पादन गर्नुहोस्]मल्लकालमा जातीय विभाजन पेशागत आधारमा भएको र जातको नाम पनि पेशा अनुरुप नै नामाकरण गरिएको थियो ।[१४] जस्तो तामाको काम गर्ने तमोट, ताम्राकार, पित्तलको काम गर्ने लिकमि, काँसको काम गर्ने कंसाकार, माला उन्नेलाई मालाकार, निर्माण डिजाइन सम्बन्धी काम गर्नेलाई स्थापित ।
कला संस्कृति
[सम्पादन गर्नुहोस्]-
Near the palace of the Malla dynasty rulers in Lalitpur with pillar and statue of king Yoga Narendra Malla (Lalitpur).
-
पाटन (ललितपुर) मा रहेको शाही दरबार र हिन्दू मन्दिरहरू
-
Bhaktapur Taumadhi square.
-
न्यातपोल मन्दिर (भक्तपुर )
-
भक्तपुर दरबार क्षेत्र
-
काठमाडौं (कान्तिपुर) को पुरानो राजदरबार
-
काष्ठमण्डप (कान्तिपुर )
-
Bhairabnath at Bhaktapur Durbar Square
-
भक्तपुर दरबार क्षेत्र
सैन्य
[सम्पादन गर्नुहोस्]बिज्ञान
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Lienhard, Siegfried (1992). Songs of Nepal: An Anthology of Nevar Folksongs and Hymns. New Delhi: Motilal Banarsidas. आइएसबिएन ८१-२०८-०९६३-७. Page 3.
- ↑ Pal, Pratapaditya (१९७४), The arts of Nepal II.: Painting. (अङ्ग्रेजीमा), Brill Archive, पृ: 8, आइएसबिएन 978-90-04-05750-0।
- ↑ Vannini, Fulgentius (१९७७), Christian Settlements in Nepal During the Eighteenth Century (अङ्ग्रेजीमा), University of California: Capuchin Ashram, पृ: 30।
- ↑ Yadav, Ramawatar (२०११), "Medieval Maithili stagecraft in the Nepalamandala: the Bhaktapur school", Contributions to Nepalese Studies।
- ↑ Widdess, Richard (२०१३), Dāphā: Sacred Singing in a South Asian City: Music, Performance and Meaning in Bhaktapur, Nepal, Farnham, England: Ashgate, पृ: ४३, आइएसबिएन 9781409466017।
- ↑ Guy, John (१९९२), "New Evidence for the Jagannātha Cult in Seventeenth Century Nepal", Journal of the Royal Asiatic Society 2 (2): 213–230, आइएसएसएन 1356-1863, जेएसटिओआर 25182509, डिओआई:10.1017/S135618630000239X।
- ↑ Ayyappappanikkar; Akademi, Sahitya (जनवरी १९९९), Medieval Indian literature: an anthology, Volume 3, पृ: 69, आइएसबिएन 9788126007882, अन्तिम पहुँच १९ फेब्रुअरी २०१७।
- ↑ Gellner, D.; Pfaff-Czarnecka, J.; Whelpton, J. (६ डिसेम्बर २०१२), Nationalism and Ethnicity in a Hindu Kingdom: The Politics and Culture of ..., Routledge, पृ: 243, आइएसबिएन 9781136649561, अन्तिम पहुँच १९ फेब्रुअरी २०१७।
- ↑ Singh, R. S. N. (२०१०), The Unmaking of Nepal, Lancer Publishers, पृ: 29, आइएसबिएन 9781935501282, अन्तिम पहुँच १९ फेब्रुअरी २०१७।
- ↑ Gellner, D (२०१२), Nationalism and Ethnicity in a Hindu Kingdom: The Politics and Culture of Contemporary Nepal, Routledge, पृ: २४९, आइएसबिएन 9781136649561।
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १४६, आइएसबिएन 99933-2-406-X।
- ↑ रिसाल, भैरव, "यस्तो रहेछ किरातदेखि राणा कालसम्मको शासन-प्रशासन", अन्तिम पहुँच २०२५-०२-०८।
- ↑ १३.० १३.१ सुवेदी, राजाराम (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: पृष्ठ १६२, आइएसबिएन 99933-2-406-X।
- ↑ "मल्लकालको ऐतिहासिक सामग्री: धरः पौ", CNAS 23 (01): 200।