किराँत काल
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो विषय निम्नलिखित एक शृङ्खलाको भाग हो: |
|---|
| नेपालको इतिहास |
|
| समय तालिका |
|
|
किरात काल नेपालको इतिहासको एक काल खण्ड हो, जुन समयमा नेपालमा किरातहरूले शासन गर्दथे। प्रथम किराती राजा यलम्बरले किरात अधिराज्यको स्थापना गरेका थिए। काठमाडौँ उपत्यकामा पाइएका नियोलिथिक उपकरणहरूबाट यो थाहा पाइन्छ कि नेपालमा मानिसको बसोबास कम्तिमा पनि ९ हजार वर्ष पहिलादेखि हुँदै आएको छ ।
नेपालको प्राचिन नाम नै किरात देश हो । नेपालको इतिहास नै नेपालको सबैभन्दा प्राचिन मानव सभ्यता किरात सभ्यताको इतिहासबाट सुरुवात भएको थियो । प्राचीन हिन्दु धर्मग्रन्थ ऋगवेद / महाभारत / पुराण / बौद्ध ग्रन्थ / जैनग्रन्थ / स्मृति, काव्य, कथा, प्रशस्ती र अभिलेखहरुमा किरातको इतिहास उल्लेख रहेको पाइन्छ ।
मरुतन्त्र हिमवतखण्डको श्लोकअनुसार काश्मिरदेखी पुर्व, कामरुपदेखी पश्चिम, भुटानदेखी मानसरोवरको दक्षिणपश्चिमसम्म, कैलालीनदिको किनारदेखी सरयुनदिको किनारसम्म, मानसरोवरदेखी चीनसम्म, नागदेशदेखी महाचानसम्मको भुभागलाई किरात देश भनिन्थ्यो ।
मरुतन्त्र हिमवतखण्ड श्लोक- " किरात देशो देवेशी, विन्ध्ये शैले च तिष्ठति ! काश्मिरन्तु समारभ्य कामरुपात्तु पश्चिम्मे, भोटान्त देशोदेवेशी, मानसेशाेच्च, दक्षिणे ! मानसेशा पक्ष पुर्वे चीनदेशः प्रकीर्तित ! कैलालीशं (तिर) समारभ्य सरयुयोनित— परे ! नगदेशे महेशानि महाचिनानीमिध्यो भवेत ! नटेश्वर समारभ्य योनगिन्यन्तं महेश्वरी ! भनेर किरात देशको वर्णन गरेको पाइन्छ ।
ऋगवेदमा नेपालको नाम उल्लेख भएको पाइन्दैन । तर, प्राचीन संस्कृत वाङमयमा नेपाल शब्दको पर्यायको रुपमा किरात शब्द यत्रत्यत्र रुपमा प्रयोग भएको पाइन्छ । महाभारतमा किरातहरुको शासन रहेको नेपाल एक स्वतन्त्र देश रहेको नाम उल्लेख भएको पाइन्छ ।
प्राचीन संस्कृत वाङमयमा हिमवत प्रदेश, पाशुपत क्षेत्र, किन्नरदेश भनेर किरात देशको रुपमा उल्लेख गरेको पाइन्छ । प्राचीन भारतीय उपमहाद्वीप (Indian Sub Continent) मा विभिन्न कालखण्डमा विभिन्न राज्य / सभा / समिती / जनपद तथा महाजनपदहरु जस्ता स्वतन्त्र गणराज्यहरु हुने गर्थे । प्राचीन भारत वर्षमा प्राचीनकाल वैदिककाल / उत्तर वैदिककाल छैटौँ शताब्दी ईसा पूर्वतिर लगभग मानिसहरु स-सानो कबिला समूहमा नदिको किनारमा स-साना राज्य निर्माण गरेर बस्थे ।
नेपालको अधिकांश मानिसहरु, किरात संघ-संस्था लगायत अंधिकाश किरातीहरुले नेपालको सबैभन्दा पहिलो राजा यलम्बरलाई प्रथम किरात राजा मात्र भनिरहेका छन् जुन गलत छ । यी अंधिकाश मानिसहरुको बुझाईमा यलम्बर को हो ? भन्दा प्रथम किराती राजा (अर्थात किरातीको मात्र राजा) अरे… अनि नेपालको राजा चाँहि ? भनियो भने उनको दिमागमा सोझै पृथ्वी नारायण शाह या अन्य शाह राजाहरु मात्र सम्झन्छन् ।
नेपालको प्रथम राजा किरातवंशी यलम्बर देखि अन्तिम गस्ती राजा सम्म ३२ किराती राजाहरुले १९६३ वर्ष ८ महिना नेपालमा राज गरेका थिए ।
👑 किरात वंशका राजाहरुको नामावली निम्न छन् :
(१) राजा श्री यलम्बर - ९० वर्ष,
(२) राजा श्री पेलं - ८१ वर्ष,
(३) राजा श्री मेलं - ८९ वर्ष,
(४) राजा श्री चंमिं - ४२ वर्ष,
(५) राजा श्री धस्कं - ३७ वर्ष,
(६) राजा श्री हुतिं - ४० वर्ष ८ महिना,
(७) राजा श्री जितेदास्ती - ४० वर्ष,
(८) राजा श्री वलंच - ३१ वर्ष ६ महिना,
(९) राजा श्री हुरमा - ५० वर्ष,
(१०) राजा श्री तुस्के - ४१ वर्ष ८ महिना,
(११) राजा श्री प्रसफुं - ३८ वर्ष ६ महिना,
(१२) राजा श्री पवः - ४६ वर्ष,
(१३) राजा श्री चम्ब - ७१ वर्ष,
(१४) राजा श्री स्थुङ्को - ८३ वर्ष,
(१५) राजा श्री कंकं - ५४ वर्ष,
(१६) राजा श्री स्वनन्द - ४० वर्ष ६ महिना,
(१७) राजा श्री फुकों - ५८ वर्ष,
(१८) राजा श्री शिंघु - ४९ वर्ष ६ महिना,
(१९) राजा श्री जुलम् - ७३ वर्ष ३ महिना,
(२०) राजा श्री लुकं - ४० वर्ष,
(२१) राजा श्री थोरम् - ७१ वर्ष,
(२२) राजा श्री वर्म्म - ७३ वर्ष ६ महिना,
(२३) राजा श्री गुंजं ७२ वर्ष ७ महिना,
(२४) राजा श्री पुस्क - ८१ वर्ष,
(२५) राजा श्री त्यपमि - ५४ वर्ष,
(२६) राजा श्री मुगमम् - ५८ वर्ष,
(२७) राजा श्री शसरू - ६३ वर्ष,
(२८) राजा श्री गंणं - ७४ वर्ष,
(२९) राजा श्री खिम्बुं - ७६ वर्ष,
(३०) राजा श्री गिरीजं - ८१ वर्ष,
(३१) राजा श्री खुरांज - ७८ वर्ष,
(३२) राजा श्री गस्ती - ८५ वर्ष
नेपालको प्राचिन इतिहास अनुसार नेपालको पहिलो राजा यलम्बरले सर्वप्रथम नेपाल एकिकरणको सुरुवात गरेका हुन् । राजा यलम्बरले त्रिशुलीदेखी टिस्टासम्म आफ्नो राज्य विस्तार गरेर आधुनिक नेपालको जग बसालेका थिए ।
राजा यलम्बर वीर प्रतिभाशालि, न्यायप्रेमी, कुसल राजा थिए । राजा यलम्बर नै नेपालको राष्ट्र निर्माता हुन् । किरात कालिन समयहरु बाटै मानव सभ्यताको विकास भई मानिसहरु एकअर्का मिलेर समाज स्थापना गरि त्यहि बसोबास गरेको क्षेत्रहरुमा अन्नबालि तरकारीहरुको खेती गरि कृषिबालिहरुको सुरुवात गरेका पाइन्छ । यिनै कृषिबालिहरु लगायत अन्य कृषि सामग्री, हातहतियार, बाजागाजाहरुको पनि विकास भएको पाइन्छ । नेपालमा यलम्बरको शासनकाल पछि नेपालको ७ औं किराती राजा जितेदास्तीको पालामा बुद्ध आफनो बुद्ध धर्मको प्रचार प्रसारमा र शान्तीको सन्देश फैलाऊदै प्राचिन किरात देश / नेपाल स्थित हालको (काठमाण्डौ / नेपाल खाल्डोमा) भ्रमण आएका थिए । प्राचीन किरात देश / नेपालको किरातीहरुले आफ्नो मौलिक संस्कृती (मुक्दुम / मुन्दुम / मुन्धुम) लाई त्यागेर बुद्धको धर्ममा लाग्न अस्वीकार गरेपनि बुद्धलाई भने भव्यताका साथ नेपालको राजधानी (यलाखोम / काठमाडौंमा) स्वागत गरेका थिए । त्यतिबेला बुद्धलाई धार्मिक पवित्र स्थल स्वयम्भुनाथ, गुहेश्वरी इत्यादि स्थलहरुमा भ्रमण गराइएको थियो ।
नेपालको राजधानी जिल्ला काठ्माण्डू (काठमाडौं) लाई पहिले किरातहरुले नामकरण गरेका थिए। जसलाई कोठमुन्धुम भन्ने गर्थे किरातहरुको धर्म ग्रन्थलाई मुन्धुम भनिन्छ। अहिले पनि नेवार, सुनुवार, राई, लिम्बु हरुको बस्तीमा कोट वा कोठ ठाउँको नामकरण गरिन्छ। जुन ठाउँको बिशेषता धर्म, कर्म, रीतिरिवाज, शिक्षा दिक्षा र गुठको महान भूमिका राखिन्छ। (कोठ + मुन्धुम = कोठमधुम) किरात राज्य पछि (काष्ठामण्डप) काठमाण्डू राखिएको पाइन्छ। राज्य गर्ने ठाउँलाई कोट वा कोठ भनिन्छ।
कोटलाई २ किसिमले नामकरण गरिन्छ। जुन पहिलो कोट एउटै मात्रै हुन्छ जुन अगाडि राखिन्छ । जस्तै: कोट + धर्म, ठाउँ र कुनै दोस्रो कोट अन्तिममा राखिन्छ जुन पहिलो कोटबाट छुटिएर गाएको दाजु र भाइको राज्यलाई (शाखा) कोट अन्तिममा राखिन्छ । जस्तै: कोट+मधुम= काठमान्डू प्रमुख, नगर+कोट = नगरकोट, चरी+कोट = चरीकोट शाखा मानिन्छ।
त्यस्तै नेपालको १४ औं किराती राजा स्थुम्कोको पालामा भारतीय उपमहाद्वीपमा (२६८-२३२ बि.सि.ई) मा पश्चिममा अफगानिस्तान र पूर्वमा बंगलादेश सम्म शाषन गरेका सबैभन्दा शक्तीशाली मगध साम्राज्य तथा विशाल भारतवर्षको मौर्यवंशीको चन्द्रगुप्त मौर्यको नाती चक्रवर्ती सम्राट अशोका (Ashoka The Great) बुद्ध धर्मको प्रचार प्रसारमा प्राचिन किरात देश (हालको नेपाल) मा भ्रमणमा आएका थिए र त्यती विशाल साम्राज्य भएका शक्तिशाली चक्रवर्ती सम्राट अशोकाले पनि नेपालको किराती राजा स्थुङ्कोको हिमाली राज्य नेपालको स्वतन्त्रता, सार्वभौमिकताको सम्मान गरेका थिए ।
आफूसँगै आएको आफ्नो छोरी चारुमतीलाई नेपालको (देवपाल) नामक राजकुमारसँग बिवाह गरिदिएका थिए । चक्रवर्ती सम्राट अशोकाले तत्कालिन नेपालको पाटन क्षेत्रमा ४ वटा बुद्धको स्तुपाहरु बनाएका थिए । नेपालको राजकुमार (देवपाल र चारुमती) हालको चाबाहिलस्थित पशुपति क्षेत्रमा बसोबास गर्दथिए । राजकुमार देवपालको मृत्यु पश्चात आफ्नो पतिको सम्झना स्मृतीमा देवपाटन स्तुपा स्थापना गरेका थिए ।
नेपालको अन्तिम किराती राजा गस्तीको शासनकालको अन्त्य भयो । जब सोमा राजा निमिसाले ई.सं ११० मा आक्रमण गरे । त्यसपश्चात यलम्बरकालिन विशाल किरात देश क्रमश लिक्ष्छबी, मल्ल, सेनकालमा किरात देश नेपाल स-सानो राज्यमा परिणत हुँदै गयो ।
नेपालको इतिहासमा सेनकालिन समयमा पनि किरात राज्यहरु यथावत नै थिए । सेनकालमा किराती दाजुभाई जिल र अजिल हरु हिन्दुकृत भएर जिल सेन र अजिल सेन बनेको पाइन्छ । अजिल सेनको शेषपछि उनका छोरा तुला शेन राजा भई मकवानपुरगढिको निर्माण गरेको इतिहास सेन वंशावलीमा उल्लेख भएको पाइन्छ । तुलासेन पछि ५ पुस्ता पछाडिको मुकुन्दसेन शक्तीशाली राजा बनेर पाल्पा, काठमाडौं आफ्नो राज्यमा विलय गराएर पुर्वको किरात राज्यहरु चौडण्डि गढि आफ्नो छोरा लोहाङसेनलाई हस्तान्तरण गरेका थिए भन्ने इतिहास पाइन्छ ।
लोहाङसेनले पुर्वको विजयपुरगढि समेत बिजय प्राप्त गरेका थिए भन्ने कुरा सेन वंशावलीमा पाइन्छ । तत्कालिन सेन राजाहरु हिन्दुकृत पदवी लिएर सेन भएपनि तिनिहरु किरात सन्ततीहरु नै थिए भन्ने बुझिन्छ । ती सेन राजाहरु प्रतिकात्मक राजा थिए भने ती किरात राज्य संचालन गर्ने शक्तीशाली मन्त्रीहरु बुद्धिकर्ण राई, महेन्द्र राई, विचित्र राई, अगमसिंह राई, विश्वासचन्द्र राई, सिंह राईहरु थिए ।
अर्थात सेनकालमा पनि मन्त्री किरातहरुले नै राज्य संचालन गर्दथिए । सेनकालमा मकवानपुरगढि, सिन्दुलीगढी, हरीहरपुरगढि, विजयपुरगढि चौदण्डिगढि लगायत मोरङ जस्ता किरात राज्यमा किरातहरुकै शासन हुने गर्दथियो । जसलाई पृथ्वीनारायण शाहले शाहको भौगोलिक एकिकरण पुर्वसम्म पनि किरात राज्यकै रुपमा यथावत थियो ।
सेनकाल पश्चात गोर्खाको राजा पृथ्वी नारायण शाहले वि. सं. १८२५ देखी वि.सं १८३१ सम्म प्राचीन यलम्बरकालीन विशाल नेपाल किरात राज्यलाई पुनः भौगोलिक एकिकरणको थालनी गरेका थिए । पृथ्वी नारायण शाहले भौगोलीक एकीकरण गर्नुअघि वि.सं १८१४ को ताम्रापत्रमा नेपालको पुर्व किरात राज्यहरुलाई किरात मुलुकको रुपमा मान्यता दिईसकेको कुरा ताम्रापत्रहरुमा उल्लेख छ । वि.सं १८१४ सालमा पृथ्वीनारायण शाहले किरात राज्यको रााजाहरुलाई लेखेको ताम्रापत्र अनुसार- स्वास्ती श्री राज विविध वंशावली आगे ताहा तादि देखिन किरात मुलुक बराई-क्षेत्र, साङ महाङगढ, लोहाङगढ, ईलाम, मोरोङगढ, साङलीगढ, गढसाङ इत्यादी विविध पुस्ता राजवंशी आपुंगे राज थामी थियो ।
अरु राजा राजौटे साखा मासिने, तिमी किरातसोर नमासिने हौँ । तिमीहरु मैले जानेको हुँ, अघि दश पुस्ता चक्रवर्ती सम्राट हो । माङ्घ वंशी राजा हिजो अधिराज्य भएका कारण तिमीलाई कोई राजाले मसाउन सक्दैन । अघि चिन तिब्बत र अरु राजा वंशहरुबाट पनि अनादिकाल देखीन तिम्रो वंशमा समर्थन लिपी दिई आएको हो । यसरी पृथ्वी नारायण शाहले वि.सं १८१४ सालको ताम्रापत्रमा किरात मुलुक / किरात देश या किरात राज्यलाई स्विकार गरेका ताम्रापत्र र प्रमाणहरु पाइन्छ ।
नेपालको शाहकालिन राजतन्त्र, राणा शासनको समयमा पनि नेपालको पूर्वी भूगोललाई किरात नै भनेर सम्बोधन गरिन्थ्यो । २००७ सालको राणाशासनको अन्त्य पछिको पञ्चायती शासन व्यवस्था सम्मको समयमा पनि नेपालको सरकारी प्रशासनिक लिखौटहरुमा पूर्वी नेपालको भूगोललाई यसरी श्री लिखितम जिल्लै (ओल्लो किरात), (माझ किरात), (पल्लो किरात) प्रगन्ना मौजे ईत्यादि भनेर सुनकोशीदेखी पूर्व दुधकोशी सम्मको भुभाग लाई (ओल्लो किरात), दुधकोशीदेखी अरुण सम्मको भू-भागलाई माझ किरात र अरुणदेखी पुर्वी भु-भागलाई (पल्लो किरात) अथवा हालको प्रदेश नं १ लाई किरात भुगोलको नामले सम्बोधन गरिन्थ्यो ।
भारतीय उपमहाद्वीप (Indian Sub Continent) को विभिन्न प्राचीन राज्य र जनपदहरु मध्ये एक किरात जनपद राज्य रहेको प्रमाणहरुले, नेपालको सबैभन्दा प्राचीन मानव सभ्यता किरात सभ्यताको आधार, नेपालको सबैभन्दा पहिलो राजा यलम्बर कालिन विशाल किरात देशको इतिहास, लिच्छबी, मल्लकालदेखी सेनकालसम्म नै नेपालको पुर्वमा स्वतन्त्र किरात राज्यहरु स्थापित प्रमाणहरुले, सेनकालपछि गोर्खा राज्य विस्तार या भौगोलिक एकिकरणको क्रममा पृथ्वीनारायण शाहले वि.सं १८१४ मा किराती राजाहरुलाई लेखेको ताम्रापत्रमा स्पष्ट रुपमा किरात मुलुक / किरात देशलाई स्विकार गरेको प्रमाणहरु, नेपालको शाहकालिन राजतन्त्र, राणाकालिन र २००७ सालको राणाशासनको अन्त्य पछिको पञ्चायती शासन व्यवस्थाको नेपालको विभिन्न सरकारी प्रशासनिक लिखौटहरुमा पुर्वी नेपालको भुगोललाई श्री लिखितम जिल्लै (ओल्लो किरात, माझ किरात, पल्लो किरात) प्रगन्ना मौजे ईत्यादि भनेर सुनकोशीदेखी पुर्व दुधकोशी सम्मको भु-भागलाई (ओल्लो किरात), दुधकोशीदेखी अरुण सम्मको भु-भागलाई माझ किरात र अरुणदेखी पुर्वी भुभागलाई (पल्लो किरात) भुगोलको नामले सम्बोधन गरेको सरकारी लिखौटहरु/कागजपत्रहरुको प्रमाणहरुले प्राचीन नेपालको नाम किरात देश हो भन्ने पुष्टि हुन्छ ।
✍️ किराती बिबेक सुनुवार (लिनोच)