कान्तिपुर राज्य
मल्ल शासन रहेको बेला नेपालमा कान्तिपुर नामको एक मध्यकालिन राज्य थियो। त्यस राज्यको नाम त्यसको राजधानीको नामबाट नै राखिएको थियो जुन संस्कृतमा थियो, अब त्यो ठाउँ काठमाण्डौ नामले चिनिन्छ।
इतिहास[सम्पादन गर्नुहोस्]
राजा यक्ष मल्लले आफ्नो अधिराज्यलाई आफ्नो छोराहरूलाई दिनलाई बाँडे पछि यो अधिराज्य अस्तित्वमा आयो। यो अधिराज्य अस्तित्वमा आएपछि भक्तपुर मुख्य व्यापारिक केंद्रको रूपमा स्थापित भयो।
यक्ष मल्लको मृत्यु पछि उनका माहिला छोरा रत्न मल्लले वि.सं. १५४१ मा कान्तिपुरका महापात्रहरूलाई हात लिई भक्तपुर राज्यबाट टुक्राई त्यहाँको राजा भए। उनले ललित्पुर (पाटन) का पात्रहरू हर्षपाल र जगतपाललाई हात लिएर त्यहाँ पनि अधिकार गरे।
राजा शिवसिंह मल्लले वि.सं. १६७५ मा आफ्ना कान्छा नाति सिद्धिनरसिंह मल्ललाई पाटनको राजा र जेठा नाति लक्ष्मी नरसिंह मल्ल लाई कान्तिपुरको उत्तराधिकारी बनाए पछि पाटन राज्य कान्तिपुर बाट अलग भयो।
वि.सं. १८२५ को इन्द्रजात्राको रातमा बडामहाराजधिराज पृथ्वीनारायण शाहले यस राज्य माथी विजय प्राप्त गरे।
यक्ष मल्ल पछिका मल्ल राजाहरू[सम्पादन गर्नुहोस्]
- रत्न मल्ल
- सूर्य मल्ल
- अमर मल्ल
- नरेन्द्र मल्ल
- महेन्द्र मल्ल
- सदाशिव मल्ल
- शिवसिंह मल्ल
- लक्ष्मीनरसिंह मल्ल
- प्रताप मल्ल
- चक्रवर्त्येन्द्र मल्ल
- महिपतीन्द्र मल्ल
- जयनृपेन्द्र मल्ल
- पार्थिवेन्द्र मल्ल
- भूपालेन्द्र मल्ल
- भास्कर मल्ल
- महेन्द्रसिंह मल्ल
- जगज्ज्य मल्ल
- जयप्रकाश मल्ल
- ज्योतिप्रकाश मल्ल