शिवसिंह मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिवसिंह मल्ल
कान्तिपुरको राजा
शासनकालवि सं १६३५-१६७७
पूर्वाधिकारीसदाशिव मल्ल
उत्तराधिकारीलक्ष्मीनरसिंह मल्ल
जीवनसाथीरानी गङ्गादेवी
सन्तानहरिहरसिंह मल्ल
वंशमल्ल वंश
बाबुमहिन्द्र मल्ल

शिवसिंह मल्ल कान्तिपुरका राजा हुन् । वि.सं. १६३५ मा काठमाडौंमा राजा सदाशिव मल्ल भागेपछि उनकै भाइ शिवसिंह मल्लले उनलाई गद्दीबाट हटाएको र आफैं राजा भएको घोषणा गरेपछि राजा सदाशिव मल्ल गद्दीच्युत भए ।

राज्यविस्तार[सम्पादन गर्नुहोस्]

राजा शिवसिंह मल्लले पाटन र दोलखालाई वशमा पार्न चाहन्थे । तदनुसार वि.सं. १६५५ मा उनले ललितपुर पाटनमा हमाला गरे। राजा शिवसिंहले पाटनका सामन्तहरूलाई पूर्ण विजय गरी पाटनलाई आफ्नो अधीन गरे। त्यहाँ नियन्त्रण गरेपछि आफ्ना छोरा ठाकुर सिंह र पछि अर्का छोरा हरिहरसिंहलाई प्रतिनिधि शासक बनाए। तर हरिहरसिंहको मृत्यु भएको हुँदा आफैँले त्यसको रेखदेख गरे। त्यसपछि कूटनीतिपूर्वक दोलखामाथी पनि आफ्नो प्रभाव जमाए। त्यसै गरी उत्तरमा केरुङ, दक्षिणमा मकवानपुर र सिन्धुलीको केही भाग पनि कब्जा गरे। [१]

धार्मिक कार्य[सम्पादन गर्नुहोस्]

राजा शिवसिंहले स्वयम्भूको जिर्णोद्धार, देगुतले मन्दिरको निर्माण, नुवाकोट भैरवीको घण्टा र प्रतिमा, पशुपति र चाँगुनारायणको जीर्णोद्धार, पाटनमा महाबौद्ध मन्दिर, उनकी रानी गङ्गादेवीले भत्कन लागेको पशुपतिको छाना, बुढानिलकण्ठ र कान्तिपुर वीचको वनलाई राज्यवनको रूपमा स्थापना र निर्माण गरेको पाइन्छ।

मृत्यु[सम्पादन गर्नुहोस्]

शिवसिंह मल्लको वि.सं. १६७७ मा आफ्नै कालगतिले मृत्यु भएको थियो। शिवसिंहका दुई नातिमध्ये कान्छा सिद्धिनरसिंह मल्ल पाटनका र जेठा लक्ष्मीनरसिंह मल्ल कान्तिपुरका राजा भए।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. नेपालको तथ्य इतिहास पृष्ठ १५०, प्रा.डा.राजाराम सुवेदी, साझा प्रकाशन २०६१