जयारी मल्ल
जयारी मल्ल | |
---|---|
नेपाल मण्डलको राजा | |
शासनकाल | ५ अप्रिल १३२०–१४ सेप्टेम्बर १३४४ |
पूर्वाधिकारी | अनन्त मल्ल |
उत्तराधिकारी | जयराजदेव मल्ल |
जन्म | २९ जनवरी १२७६ |
मृत्यु | १४ सेप्टेम्बर १३४४ नेपाल मण्डल |
वंश | मल्ल वंश |
बाबु | अनन्त मल्ल |
जयरी मल्ल, जसलाई अरि मल्ल द्वितीय पनि भनिन्छ, अनन्त मल्लका छोरा र नेपालका आठौं राजा थिए। जयरी आनन्ददेव मल्लको उत्तराधिकारी बने र १३२० देखि १३४४ सम्म शक्तिहीन राजाको रूपमा शासन गरे। १८ फेब्रुअरी १३२८ मा खस राज्यका आदित्य मल्लले काठमाडौँ उपत्यकामा आक्रमण गरे। उनले नुवाकोटलाई विलय गरी करिब एक महिनासम्म पाटन कब्जा गर्ने प्रयास गरे। महल जलाएर पाटनका बासिन्दालाई जरिवाना लगाए। १३४७ को पूर्व सम्झौता पछि उनको छोरा जयराज देवलाई उत्तराधिकारी बनाए।[१]
बि.सं. १४०१ (नेपाल सम्बत् ४६४) आश्विनमा ठूलो भूकम्प गयो ।[२] यसको भोलिपल्ट गद्दीनसिन राजा अरि मल्लको देउपाटनमा मृत्यु भयो । त्यतिबेला राजा भक्तपुर त् रिपुर दर बारमा नबसी देउपाटनको पुरानो दर बारमा बसेको हुनाले उनको मृत्यु भएको बुझिन्छ । [२] राजा अरि मल्लको मृत्यु भएपछि गद्दी तीन वर्षका लागि खाली रह्यो । त्यसबेलाको अस्तव्यस्त, खिचातानीको अवस्थाले गर्दा राजा कसलाई बनाउने भने निर्णय तीन वर्षसम्म पनि हुन सकेन ।
सत्ताको लागी पशुपति मल्ल, जय राजदेव मल्ल , देवलदेवी बीच शक्ति संघर्ष चल्दै आएको थियो । शक्ति संघर्षमा ने.सं. ४६७ (बि.सं.१४०४) श्रावणमा जयराजदेवले सिंहासन प्राप्त गरे । पशुपति मल्ललाई उनकी आमा सहित कैद गरियो र कैदमा नै बि.सं १४०५ जेष्ठमा उनको मृत्यु भयो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Shaha, Rishikesh (१९९०), Ancient and Medieval Nepal (Englishमा), Kathmandu, Nepal: University of Cambridge।
- ↑ २.० २.१ बज्राचार्य, धनबज्र, गोपालराजवंशावलीको ऐतिहासिक विवेचना, नेपाल र एसियाली अनुसन्धान केन्द्र, पृ: 118।