जितामित्र मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जितामित्र मल्ल कूटनीतिक राजा थिए । उनी राजा जगत्प्रकाश मल्लको मृत्यु पछि वि सं १७२९ पौष मा राजा भएका थिए । त्यस ताका तीन शहरका राजाहरूमा ललितपुरका राजा शक्तिशाली राजा थिए।

शासन काल[सम्पादन गर्नुहोस्]

राजा जितामित्रले आफू राजा भएपछि विसं १७३० फागुनमा आफ्ना भाइ उग्र मल्लको विवाह गरिदिए। त्यस विवाहको उत्सवमा ललितपुर का राजा श्रीनिवास मल्ल पाँच दिनसम्म भक्तपुरमा बसेका थिए।

विसं १७३१ मा प्रताप मल्लको मृत्यु भयो। त्यसबेला प्रताप मल्लका तीन छोरा जीवित थिए। उनले कान्तिपुरमा प्रताप मल्लको मृत्युपछिको विवाद सुल्ट्याएका थिए ।[१] विसं १७४४ मा खानामा विष हाली खुवाइएकाले पार्थिवेन्द्र मल्लको मृत्यु भयो। त्यसको तीन दिन पछि "हाम्रा राजालाई कसले बीस खुवाएको हो, त्यसको पत्ता लगाएर हामी पनि त्यसलाई मार्छौ।" भनी कान्तिपुरका प्रजा उठी हनुमानढोका मा जम्मा हुन थाले। गडबड बढ्दै गयो। अनि भक्तपुरका राजा जितामित्र मल्ल आई म अपराधीको पत्ता लगाइदिन्छु भने गडबड केही कम गराए। राजदरबारको द्वारमा धर्ना कसेका कान्तिपुरे प्रजालाई आश्वासन दिए र शान्त पार्ने, भूपालेन्द्र मल्लालाई राज्याभिषेक दिने आदि काम जितामित्र मल्लले गरे। तर जितामित्र ले आफ्नो यसरी सहायता गरे तापनि कान्तिपुरको राजकाजमा अधिकार जमाएका चौतारा लक्ष्मी नारायणले जितामित्रलाई अठ्याउने चेष्टा गर्न थाले। यश कामका लागि पहिले लक्ष्मीनारायणले ललित्पुरका राजा योगनरेन्द्र मल्ललाई आफ्नो पक्षमा मिलाए।


पाटनको गृहकलहमा पनि उनको निर्णायक भूमिका थियो।

कान्तिपुरका लक्ष्मीनारायण जोशीले जितामित्र मल्ललाई आफ्नो चौतारा भगीरामलाई निकाल्न जोड दिएकोमा नमान्दा त्यहाँ लुटपाट हुँदा कान्तिपुरसँग सन्धी गरे।[२]

मृत्यु[सम्पादन गर्नुहोस्]

जितामित्रको मृत्यु वि सं १७५३ मा भयो ।[२] उनका छोरा भूपतीन्द्र मल्ल थिए ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १५२, आइएसबिएन 99933-2-406-X 
  2. २.० २.१ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १५५, आइएसबिएन 99933-2-406-X