भूपालेन्द्र मल्ल
Jump to navigation
Jump to search
भूपालेन्द्र मल्ल | |
---|---|
कान्तिपुरको राजा | |
शासनकाल | वि.सं. १७४४ -१७५७ |
पुर्वाधिकारी | पार्थिवेन्द्र मल्ल |
उत्तराधिकारी | भाष्कर मल्ल |
वंश | मल्ल वंश |
पिता | पार्थिवेन्द्र मल्ल |
माता | रानी ऋद्धिलक्ष्मी |
वि सं १७४४ मा विष काण्डमा परेर राजा पार्थिवेन्द्र मल्लको मृत्यु भए पछि उनका छोरा भूपालेन्द्र मल्ल राजा भए। [१]
शासनकाल[सम्पादन गर्ने]
८ वर्षमा राजा बनेका भूपालेन्द्रलाई राजमाता ऋद्धिलक्ष्मीले काखमा लिइन् र पार्थिवेन्द्र मल्लको समय देखि चौतारा रहेका चौतारा लक्ष्मीनारायण जोशी शक्तिशाली हुँदै गए। आफ्नो आमा र चौताराको अनुचित सम्बन्धको बारेमा थाहा पाएपछि भूपालेन्द्रले राजमाता ऋद्धिलक्ष्मीलाई कैद गरे । र ऋद्धिलक्ष्मीको कैदमा नै मृत्यु भयो ।
मृत्यु[सम्पादन गर्ने]
वि सं १७५७ मा भूपालेन्द्र मल्लको २१ वर्षको उमेरमा अयोध्यामा मृत्यु भयो । त्यसपछि उनका छोरा भाष्कर मल्ल कान्तिपुरका राजा भए।[२]
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ राजाराम सुवेदी नेपालको तथ्य ईतिहास पृ १५२
- ↑ राजाराम सुवेदी नेपालको तथ्य ईतिहास पृ १५३