सामग्रीमा जानुहोस्

जयराजदेव मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जयराजदेव मल्ल
नेपाल मण्डलको राजा
शासनकाल६ सेप्टेम्बर १३४८–१३६१
पूर्वाधिकारीजयारी मल्ल
उत्तराधिकारीअर्जुनदेव मल्ल
जन्म९ मार्च १३१७
मृत्यु१३६१
नेपाल मण्डल
सन्तानअर्जुनदेव मल्ल
वंशमल्ल वंश
बाबुभीमदेव मल्ल

जयराजदेव, जसलाई जयराज पनि भनिन्छ, जयभीमदेवका अवैध छोरा र नेपालको नवौं राजा थिए। जयराजाले जयरी मल्लको उत्तराधिकारी बने र १३४८ देखि १३६१ मा आफ्नो मृत्यु सम्म एक शक्तिहीन राजाको रूपमा शासन गरे। १३६१ को प्रारम्भमा जयराजको निद्रामा जलेर मृत्यु भएको थियो। १३४८ को पूर्व सम्झौता पछि उनको छोरा अर्जुनदेवले उत्तराधिकारी बनेका थिए।[]

मुसलमान आक्रमण

[सम्पादन गर्नुहोस्]

बिसं १४०६ मंसीर २२ बाङ्गालका सुलतान शमासुद्दीनले नेपाल उपत्यकामा आक्रमण गरे । गोपाल राजवंशावलीमा यो घटनाको वर्णन गरिएको छ । गोपाल राजवंशावली यो आक्रमण भन्दा ४० वर्ष जतिपछि जयस्थिति मल्लको पालामा संग्रह गरी तयार गरिएको हो ।  

सुल्तान शमसुद्दीन पूर्वतिरको बाटोबाट नेपाल उपत्यकामा पसेका थिए । त्यसबेला नेपालको राजधानी भक्तपुरमा भएको र पूर्वतिरबाट नेपाल उपत्यकामा पस्दा बाटोमै पर्ने हुनाले शमसुद्दीनको आक्रमणको मार पहिले भक्तपुरमा पर्‍यो । बिशाल फौज साथ आएका शमासुद्दीनको आक्रमण रोक्न सक्नै सैन्यशक्ति र रक्षाप्रबन्ध त्यस बेला नेपालामा थिएन । यसो हुँदा यहाँका राजा प्रजा सारा सक्दो आत्मरक्षा गर्नतिर मात्र लागेको देखिन्छ । []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Shaha, Rishikesh (१९९०), Ancient and Medieval Nepal (Englishमा), Kathmandu, Nepal: University of Cambridge। 
  2. वज्राचार्य, धनवज्र, "शमसुद्दीनको आक्रमण", पूर्णिमा 2 (4): 10।