श्रीनिवास मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
श्रीनिवास मल्ल
पाटन राज्यको राजा
शासनकालवि सं १७१७-१७४१
पूर्वाधिकारीसिद्धिनरसिंह मल्ल
उत्तराधिकारीयोगनरेन्द्र मल्ल
जन्मवि सं १६८४
मृत्युवि सं १७४३
सन्तानयोगनरेन्द्र मल्ल
वंशमल्ल वंश
बाबुसिद्धिनरसिंह मल्ल
आमा[[]]
धर्महिन्दु

श्रीनिवास मल्ल (वि सं १६८४-वि सं १७४३) पाटन राज्यको राजा थिए। उनी सिद्धिनरसिंह मल्लका छोरा थिए। वि सं १६८४ मा जन्मेका श्रीनिवास मल्लले वि सं १७१५ मा बाबुको विरुद्ध विद्रोह गरी वि.सं १७१७ मा ललितपुरको राजा भए। उनलाई त्यसो गर्न कान्तिपुरका राजा प्रताप मल्लले उचालेका थिए तर भक्तपुर माथि संयुक्त रूपमा आक्रमण गर्दा दोश्रो पटकको युद्धमा कान्तिपुरलाई सहयोग नदिएर प्रताप मल्ल चिढाएका थिए।

साहित्यिक रचनाहरू[सम्पादन गर्नुहोस्]

राज्यकाल[सम्पादन गर्नुहोस्]

विदेश सम्बन्ध[सम्पादन गर्नुहोस्]

कान्तिपुरसँगको सम्बन्ध[सम्पादन गर्नुहोस्]

भक्तपुरसँगको सम्बन्ध[सम्पादन गर्नुहोस्]

गोरखासँगको सम्बन्ध[सम्पादन गर्नुहोस्]

श्रीनिवास मल्लको सम्बन्ध गोरखासँग राम्रो थियो ।

मकवानपुरसँगको सम्बन्ध[सम्पादन गर्नुहोस्]

त्यहाँ उठेको विद्रोह दमन गर्न सहयोग गरेको कारणले उनको सम्बन्ध मकवानपुरका राजा शम्भु सेन सँग पनि राम्रो भयो। त्यस बापत मकवानी राजाले राजा श्रीनिवास मल्ललाई हात्ती पठाएका थिए ।

धार्मिक कार्यहरू[सम्पादन गर्नुहोस्]

अष्टमातृका नाचकाे प्रचलन चलाएका थिए।

अपदस्त र उत्तरार्ध जीवन[सम्पादन गर्नुहोस्]

योगनरेन्द्र मल्लले बाबुको विरुद्ध एक किसिमले विद्रोह गर्न थाले। ढुकुटीको पैसा हात लाई योगनरेन्द्र मल्ल राजदरबारमा नबसी अन्तै गई बस्न थाले। यस कुराले राजा श्रीनिवास मल्ललाई ठूलो चिन्ता पर्न लाग्यो। समर्थ भैसकेका छोरालाई दबाउनु उनले श्रेयस्कर सम्झेनन्। उनले आफ्ना पिता सिद्धिनरसिंह मल्लले आफूलाई राज्य सुम्पिदिएको आदर्श खडा थियो। यसकारण श्रीनिवास मल्लले छोरालाई बोलाई राज्य सुम्पनु नै उचित सम्झे। तदनुसार विसं १७४१ पौषमा श्री निवास मल्लले गद्दी त्याग गरी योगनरेन्द्रलाई गद्दीमा राखे।

राजा श्रीनिवास मल्ललाई पनि उनकै छोरा योगनरेन्द्र मल्लले वि.सं. १७४१ मा अपदस्त गरे। वि.सं. १७४३ माघशूक्ल एकादशी मृगशिरा नक्षत्र शुक्रबारका दिनमा उनी परलोक भए। [१] ६ जना सति गए। शंखमूलमा दाहकृया भयो।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपालको तथ्य इतिहास पृष्ठ १५९, प्रा.डा.राजाराम सुवेदी, साझा प्रकाशन २०६१