चाँगुनारायण मन्दिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चाँगुनारायण मन्दिर
चाँगुनारायण मन्दिर
Lua error in मोड्युल:Location_map at line 502: Unable to find the specified location map definition: "Module:Location map/data/नेपाल" does not exist.
निर्देशांक: २७°४२′३५″ उत्तर ८५°२५′४०″ पूर्व / २७.७०९७२° उत्तर ८५.४२७७८° पूर्व / 27.70972; 85.42778निर्देशाङ्क: २७°४२′३५″ उत्तर ८५°२५′४०″ पूर्व / २७.७०९७२° उत्तर ८५.४२७७८° पूर्व / 27.70972; 85.42778
नाम
अन्य नामहरू: गरुडनारायण
वास्तविक नाम: चाँगुनारायण
संस्कृत: चम्पकनारायण
नेवारी: चंगुनारायण
अवस्थिति
देश: नेपाल
जिल्ला: भक्तपुर
स्थान: चाँगुनारायण गाउँ विकास समिति
कला र संस्कृति
मुख्य देवता: विष्णु
प्रमुख चाडपर्व: तीज
वास्तुशैली: प्यागोडा
ऐतिहासिक पृष्ठभुमि
निर्माणकर्ता: हरिदत्त बर्मा
Chagunarayan Temple-11.jpg

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण गा.वि.स.मा अवस्थित छ। भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ । काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौं उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ।[१]

नामाकरण[सम्पादन गर्ने]

चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण, गरुडनारायण आदि नामले पनि चिनिन्छ। परापूर्व कालमा यो मन्दिरको नाम के रह्यो भन्ने कुनै आधार छैन। लिच्छवी कालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी थियो। चाँगुनारायण मन्दिर अवस्थित डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रूपमा यिनलाई डोलाशिखर स्वामी भनिएको हो। मल्लकालमा यिनको नाम नेपाल भाषामा कथिन पुग्यो। नेपाल भाषामा 'चाँप'लाई 'च' र 'वन'लाई 'गुँ' भनिन्छ। त्यही चंगुनारायण अपभ्रंस भएर पछि चाँगुनारायण हुन गएको हो। सस्कृतमा यिनलाई चम्पकनारायण भनिन्छ।

इतिहास[सम्पादन गर्ने]

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालमा राजा हरिदत्त बर्माले गरेका भएपनि लिच्छविकाल मै अर्का राजा मानदेवको बि.सं ५२१ मा चाँगुनारायण मन्दिरमा गरुडको मुर्ति स्थापना गराइ अभिलेख राख्न लगाएका थिए। सोहि समयमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीको लागि जमीन चढाएको कुरा उक्त अभिलेखमा अंकित छ। राजा मानदेवले चाँगुनारायण मन्दिरमा आफ्नो र आफ्नो श्रीमतीको मुर्ति समेत प्रतिस्थापन गर्न लगाएका थिए।

वास्तुकला[सम्पादन गर्ने]

यो मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि बस्तुकलाको नमुना हो | यो लिच्छवीकालिन वास्तुकलाको नमुना हो | समय समयमा यसको जीर्णोद्धार हुदैँ आएको छ | मध्यकालमा राजा शिव सिंहकी रानी गंगारानी र १८औं शताब्दीको सुरुमा कान्तिपुरका शासक भास्कर मल्लको शासनकालमा भएको थियो | पछिल्लो समयमा केहि दशक अगाडि पनि यसको जीर्णोद्धार भएको थियो |[२]

यो मन्दिर चातुष्कोण आकारको छ | यसको पेटी एक तल्लाको मात्र छ | मन्दिर दुई तल्लाको रहेको छ | मन्दिरको तल्लो तलाको छानो टायलको र माथिल्लो छानो पित्तलको पातावाट बनेका छन् | दुवै तलामा मझौला आकारका झ्यालहरु रहेका छन् | दुवै तल्लामा चालिस टॅुडालहरु रहेका छन् | प्रत्येक टॅुडालमा तीन तहका मूर्तिहरू कुँदिएका छन् | माथिल्लो तहमा रुख-लहरा, बिचमा मुख्य देवता (मुख्यतः विष्णु र शिवका अनेक स्वरूपहरु), र तल्लो तहमा मानिस, पशुपंक्षीका मूर्तिहरू कुँदिएका छन् |[२] 

तल्लो तलामा गरुडबाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ | यो तल्लामा चार दिशामा चार मुख्य ढोकाहरु रहेका छन् | प्रत्येक मूल ढोकाको दायाँ-बायाँ नखुल्ने ढोकाहरु बनाइएका छन् | पश्चिम पट्टीको ढोका प्राय खुला राखिन्छ | बेला बेलामा अन्य ढोकाहरु पनि खुला गरिन्छ | ढोकाका दायाँ-बायाँ गंगा, यमुना, तथा अन्य देवीदेवताका मूर्तिहरु राखिएका छन् | ढोकाहरुको माथि धातुवाट बनेका तोरणहरुमा विभिन्न कलाकृतिहरु कुँदिएका छन् |[२]

यस मन्दिरको निर्माणमा काठ र इँटाको बढी र प्रस्तर तथा धातुको कम प्रयोग भएको छ | धातुको प्रयोग मूल ढोका, तोरण, गजुरमा भएको छ | 

२०७२ बैशाख १२ महाभूकम्प पछिका तस्विरहरु[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "भक्तपुर जिल्लामा रहेका ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलहरू", ddcbhaktapur.gov.np 
  2. २.० २.१ २.२ प्रेम खत्री, पेशल दाहाल. नेपालको कला र पुरातत्व | २०५१, एम. के. पब्लिशर्स एण्ड डिष्ट्ब्यूटर, भोटाहिटी, काठमाडौं |