राम मन्दिर, थापाथली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रीराम मन्दिर
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व

श्रीराम मन्दिर थापाथलि बाग्मति किनारमा अवस्थित यो मन्दिरको जङ्गबहादुर राणाले वि.सं. १९३०-३१ मा निर्माण गराउनु भएको हो । पहिले यस स्थानमा एक सिद्ध साधुले तपस्या गरेको र सोहि स्थानमा हनुमानको मन्दिर संगै राममन्दिर स्थापना भएको यहाँ गुरू-महन्तले बताउनु भएको थियो । वि.सं. १९९०को महाभूकम्पमा क्षति पुगे पश्चात तत्कालिन प्रधान मन्त्री जुद्ध शमशेर जंगबहादुर राणा जबराले जिर्णोद्धार गराएको कुराको भित्ते लेखमा देख्न पाईन्छ । भगवानहरु यस मन्दिरको मुख्य देवता भूदेवी र श्रीदेवी सहित चतुर्भूज नारायण हुन् । यसै मुर्तिहरूलाई सीतारामको रूपमा पुजिने गरेको भएतापनि यसै सँग विभिन्न मन्दिरहरू र भक्तहरूबाट प्राप्त ४ प्रकारका लक्ष्मण सहित सीतारामको मूर्तिहरू शोभायमान देखिन्छन् । यस साथै असंख्य साना मूर्ति र शालिकराम रहेको देख्न सकिन्छ । बाहिर प्राङ्गणमा शिवलिङ्ग, पादुका, सुदर्शन चक्र, हनुमानको मन्दिर, गौशाला देख्न सकिन्छ ।

प्रमुख पर्व[सम्पादन गर्नुहोस्]

राम नवमी (चैत्र), नववर्ष, अक्षय तृतीया, सीता जयन्ति, गंगा दशहरा, साउन संक्रान्ति, कृष्ण जन्माष्टमी, बडादशैं, तिहार, बालाचतुर्दशी, माघे संक्रान्ति, शिवरात्री (४ दिन), होली, चैते दशै

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]