शक्तिपीठ
| एक शृङ्खला को भाग |
| शाक्त धर्म |
|---|
|
|
शाक्तपीठ जसलाई शक्तिपीठ वा सती पीठ (अर्थ;सतिदेवीको आसन)[१]) पनि भनिन्छ, हिन्दु धर्मको शाक्त (मातृ देवी) सम्प्रदायका महत्त्वपूर्ण मन्दिर र तीर्थस्थलहरू हुन्। यी पीठहरू आदि शक्तिका विभिन्न रूपहरूमा समर्पित छन्।[क] देवीभागवत पुराण जस्ता विभिन्न पुराणहरूले ५१, ५२, ६४ र १०८ शाक्त पीठहरूको अस्तित्व उल्लेख गरेका छन्[२][३], जसमध्ये मध्यकालीन हिन्दु ग्रन्थहरूमा १८ वटालाई 'अष्टादश महा' (प्रमुख) र ४ वटालाई 'चतस्र आदि' (पहिलो) पीठका रूपमा नामकरण गरिएको छ। (देवनागरी: चतस्रः आदि)[२]

शाक्त पीठहरू कसरी अस्तित्वमा आए भन्ने बारेमा धेरै पौराणिक कथाहरू प्रचलित छन्। सबैभन्दा लोकप्रिय कथा हिन्दु धर्म अनुसार देवी सतीको मृत्युको कथामा आधारित छ। भगवान शिवले सतीको मृत शरीर बोकेर आफ्नो दाम्पत्य जीवनको सम्झना गर्दै ब्रह्माण्डमा घुमेका थिए। विष्णुले आफ्नो सुदर्शन चक्र प्रयोग गरी सतीको शरीरलाई ५१ भागमा काट्छन् जुन पृथ्वीमा झरेर मानिसहरूले देवीलाई श्रद्धाञ्जली अर्पण गर्ने पवित्र स्थल (पीठ) बन्छन्। यस कार्यलाई पूर्ण गर्न शिवले भैरवको रूप धारण गरेका थिए।

देवी उपासनाका यी ऐतिहासिक स्थानहरूमध्ये अधिकांश भारतमा छन् भने केही नेपालमा, सातवटा बङ्गलादेशमा, दुईवटा पाकिस्तानमा र तिब्बत, श्रीलङ्का[३] र भुटानमा एकएकवटा छन्।[६] प्राचीन र आधुनिक स्रोतहरूमा यसका धेरै प्रमाणहरू अभिलेखित छन्। देवी सतीको शरीरको अङ्गहरू ठ्याक्कै कुन-कुन स्थानमा खसेका थिए भन्ने बारेमा सर्वसम्मत धारणाको अभाव छ, यद्यपि केही स्थानहरू अन्यभन्दा बढी सम्मानित छन्।

शाक्त पीठहरूको सबैभन्दा ठूलो सङ्ख्या बङ्गाल क्षेत्रमा रहेको छ। विभाजनको समयमा यो सङ्ख्या पश्चिम बङ्गाल (१९) र बङ्गलादेश (७) थियो। ढाकेश्वरी शाक्तपीठलाई ढाकाबाट कलकत्तामा गोप्य स्थानान्तरण गरेपछि यो सङ्ख्या पश्चिम बङ्गालमा २० र बङ्गलादेशमा ६ कायम भएको छ।
हिन्दू धर्म
[सम्पादन गर्नुहोस्]हिन्दु साहित्य
[सम्पादन गर्नुहोस्]१८ प्रमुख पुराणहरू मध्ये एक ब्रह्माण्ड पुराणले वर्तमान भारत, भुटान, बङ्गलादेश, नेपाल, श्रीलङ्का, चीनको दक्षिणी तिब्बतका केही भाग र दक्षिणी पाकिस्तानका भागहरू सहितको विशाल भारतमा देवी पार्वतीका ६४ शाक्त पीठहरूको उल्लेख गरेको छ। यी तीर्थस्थलहरूको सूची दिने अर्को ग्रन्थ ९औँ शताब्दीका हिन्दु दार्शनिक आदि शङ्करद्वारा लिखित शाक्त पीठ स्तोत्रम् हो।[७]
महापीठपुराण (वि.सं. १७४७–१७७७ तिर) पाण्डुलिपि अनुसार यस्ता ५२ स्थानहरू रहेका छन्। तीमध्ये २३ वटा बङ्गाल क्षेत्रमा अवस्थित छन्, जसमध्ये १४ वटा हालको भारतको पश्चिम बङ्गालमा, १ वटा बस्तर (छत्तिसगढ) मा र ७ वटा हालको बङ्गलादेशमा पर्दछन्।
दक्ष यज्ञ
[सम्पादन गर्नुहोस्]
किंवदन्ती अनुसार, एकपटक भगवान् ब्रह्माले एक विशाल यज्ञ (धार्मिक बलिदान) आयोजना गरेका हुन्छन् जहाँ संसारका सबै प्रजापति, देवता र राजाहरूलाई निमन्त्रणा दिइएको थियो। शिव र सतीलाई पनि यज्ञमा भाग लिन बोलाइएको हुन्छ। उनीहरू सबै यज्ञमा आएर औपचारिक स्थलमा बस्छन्। दक्ष सबैभन्दा पछि आउँछन्। जब उनी आए, यज्ञमा ब्रह्मा र शिव बाहेक सबैले उनीप्रति श्रद्धा देखाउँदै उठेर सम्मान गर्छन्।[८] ब्रह्मा दक्षका पिता भएको नाताले उठेनन्। शिव, दक्षका ज्वाइँ भएको र दक्षभन्दा उच्च स्थान भएकोले उनी पनि उठेनन्। दक्षले शिवको यो व्यवहारलाई गलत बुझेर आफूलाई अपमानित ठान्छन्। दक्षले त्यही अपमानको बदला लिने कसम खान्छन्।[९] दक्षले शिवमाथि बदला लिने इच्छाले एक यज्ञको आयोजना गर्छन्। दक्षले यज्ञमा सबै देवताहरूलाई निमन्त्रणा दिए तर शिव र सतीलाई दिएनन्। सतीलाई निमन्त्रणा नदिइए पनि उनी यज्ञमा जान इच्छुक हुन्छिन्। उनले शिवसमक्ष आफ्नो इच्छा व्यक्त गर्छिन् जसले उनीलाई जति सक्यो रोक्न प्रयास गर्छन्। तर सतीको निरन्तर आग्रहपछि शिव सहमत हुन्छन् र सती आफ्नो बाबुको यज्ञमा जान्छिन्। तर यज्ञमा सतीलाई उचित सम्मान दिइएन र उनले दक्षले शिवको विरुद्धमा गरेको अपमान सुन्नुपर्यो। दुःखित भएर सतीले आफ्नो बाबुलाई श्राप दिइन् र आफैँ आत्मदाह गरिन्। सतीको अपमान र मृत्युबाट क्रोधित भएर शिवले आफ्नो वीरभद्र अवतारमा दक्षको यज्ञ नष्ट गरेर दक्षको टाउको काट्छन्। क्रोध शान्त नभएर र शोकमा डुबेर शिवले सतीको शव बोकेर सम्पूर्ण सृष्टिमा ताण्डव (विनाशको दिव्य नृत्य) गर्छन्। डराएका अन्य देवताहरूले विष्णुलाई हस्तक्षेप गर्न अनुरोध गर्छन्। विष्णुले सुदर्शन चक्रले सतीको शवमा प्रहार गरेपछि सतीको शरीरका विभिन्न भागहरू संसारका विभिन्न ठाउँमा झर्छन्।[१०] दक्ष यज्ञ र सतीको आत्मदाहको इतिहासले प्राचीन संस्कृत साहित्यलाई ठूलो योगदान दिएको र यसले भारतको संस्कृतिलाई प्रभावित गरेको थियो। पृथ्वीमा सतीको शरीरका भागहरू झरेका ठाउँहरूलाई शक्ति पीठहरू मानिन्छ र तिनीहरूलाई ठूलो आध्यात्मिक महत्वका स्थानहरू ठानिन्छ।[११] पुराणहरू र अन्य हिन्दु धार्मिक पुस्तकहरूमा दक्ष यज्ञसँग सम्बन्धित धेरै कथाहरू छन्। यो घटना शैव र शाक्त दुवैका लागि महत्वपूर्ण छ र यसले सतीको स्थानमा पार्वतीको उदयलाई चिन्हित गर्दछ। यसले शिवको तपस्वी जीवनबाट गृहस्थ आश्रम जीवनको सुरुवात पनि गर्दछ। यो घटना उनीहरूका दुवै सन्तान कार्तिकेय र गणेश को जन्मभन्दा पहिलेको हो।[१२]
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Fuller, Christopher John (२००४), The Camphor Flame: Popular Hinduism and Society in India, Princeton: Princeton University Press, पृ: ४४, आइएसबिएन 978-0-691-12048-5, मूलबाट २०१७-०२-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-१०-२३।
- 1 2 Vanamali (२००८), Shakti: Realm of the Divine Mother, Inner Traditions, पृ: 83–84, 143–144, आइएसबिएन 978-1-59477-785-1, मूलबाट २०१६-०४-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-१०-२३।
- 1 2 Kunal Chakrabarti; Shubhra Chakrabarti (२०१३), Historical Dictionary of the Bengalis, Scarecrow, पृ: ४३०, आइएसबिएन 978-0-8108-8024-5, मूलबाट २०१७-०२-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-१०-२३।
- ↑ "Everything you wanted to know about visiting Vaishno Devi", India Times, ५ अप्रिल २०१९, मूलबाट १३ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०२२।
- ↑ "Mata Hinglaj Yatra: To Hingol, a pilgrimage to reincarnation", tribune.com.pk, १९ अप्रिल २०१६, मूलबाट २० मार्च २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०१९।
- ↑ "Significance of Bhairab Kunda Temple in Bhutan", Kuensel Online, मूलबाट २०२३-०६-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०४-०२। अभिलेखिकरण २०२३-०६-०८ वेब्याक मेसिन
- ↑ Shakta pitha stotram अभिलेखिकरण २०११-१२-११ वेब्याक मेसिन Vedanta Spiritual Library
- ↑ "ഇതു ദക്ഷ യാഗ ഭൂമി", Malayala Manorama, २०१३, मूलबाट २०१३-०७-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०७-२३।
- ↑ Tagare, G. V. (अगस्ट १, १९९२), G.P. Bhatt, सम्पादक, Skanda-Purana, Part 1, Ganesh Vasudeo Tagare (trans.) (1 संस्करण), Motilal Banarsidass, आइएसबिएन 8120809661।
- ↑ "Introduction and Preface", www.sacred-texts.com, मूलबाट २००८-०७-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-१२-२०।
- ↑ World Encyclopaedia of Interfaith Studies: World religions (अङ्ग्रेजीमा), Jnanada Prakashan, २००९, आइएसबिएन 978-81-7139-280-3।
- ↑ "Kottiyoor Devaswam Temple Administration Portal", kottiyoordevaswom.com/, Kottiyoor Devaswam, मूलबाट ७ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुलाई २०१३। अभिलेखिकरण ७ जुन २०१३ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- ५२ शक्तिपीठहरूको नक्सा अभिलेखिकरण २००८-११-१३ वेब्याक मेसिन