टुडालदेवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काठमाडौँको मध्य भागमा अवस्थित महाराजगञ्ज(उ),चण्डोल(पू), विशालनगर(द)र वालुवाटार(प)को बीचमा रहेको पौराणिक महत्त्व बोकेको देवी स्थल र सो स्थल म विराजमान देवी|प्यगोडा शैलीको टुडालदेवीको मन्दिर इक्षुमतिको किनारमा रहेको छ|यस मन्दिरको दक्षिणमा रहेको मसान, अति पवित्र मानिन्छ|

नजीकैको अर्को देवगण भाटभटेनीलाई यिनको छोरी ज्वांई मानिएको छ| वर्षेनी चैत्रशुक्ल पूर्णिमामा टुडालदेवीको परम्परागत जात्रा चलाईन्छ जसमा भाटभटेनीको विशाल मूर्ति टुडालदेवी मन्दिरमा ल्याईन्छ|यो जात्राको महत्त्व पूर्ण भाग हाडिगाउको गहना पोखरीमा सम्पन्न हुन्छ|

टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडे सँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी भाटभटेनीले राति नै र्फर्किएको भन्ने आख्यान पाइन्छ। जुनबेला हराएको गहना नै प्रत्येक वर्षखोज्ने गरिएको भनाइ छ।बलि दिइएको राँगाको रगतले नुहाएका पोडे(द्यलाः ) पूजारीलाई शिरमा राखी गरिने टुँडालदेवी (त्वरः अजिमा )को गहना खोज्ने जात्रा परम्पराअनुसार चैत्रशुक्ल प्रतिपदा का दिन हुने गर्छ। टुडालदेवी मन्दिरको पूजारी अधपि पोडे (द्यलाः)जातको हुने गर्दछ|

त्रयोदशीको राति भाटभटेनी(मपता अजिमा )लाई टुँडालदेवीबाट र्फकाइँदा मृत्युकर्ममा बजाइने सिं:बाजा बजाइन्छ भने सो खट हेर्नुहुँदैन भन्ने मान्यता रहेको पाइन्छ। जात्रामा टुँडालदेवी (आमा), भाटभटेनी (छोरी-ज्वाइँ), नक्साल भगवती, मनमानेश्वरी, धुम्बाराहीसहित धनगणेशलगायतका देवीदेवताहरूको खटजात्रा हुने गर्दछ।

यति धेरै देवदेवीको खट एकै स्थानमा ल्याईउनुले पनि टुडालदेवीको महिमा एवं महत्त्व बुझ्न सकिन्छ|

एक कथन अनुसार-- नरः भिया (हाँडीगाउँ बासीका) त्वरः द्यः (टुँडालदेवी) मागः मिया (माली गाउँबासीका) मयती (मैतीदेवी)

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]