गुह्येश्वरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गुह्येश्वरी मन्दिर
गुह्येश्वरी मन्दिर is located in Nepal
गुह्येश्वरी मन्दिर
गुह्येश्वरी मन्दिर
नेपालको नक्शामा गुह्येश्वरी
निर्देशांक: २७°४२′४०″ उत्तर ८५°२१′१२″ पूर्व / २७.७११११° उत्तर ८५.३५३३३° पूर्व / 27.71111; 85.35333निर्देशाङ्क: २७°४२′४०″ उत्तर ८५°२१′१२″ पूर्व / २७.७११११° उत्तर ८५.३५३३३° पूर्व / 27.71111; 85.35333
नाम
वास्तविक नाम: गुह्येश्वरी
अवस्थिति
देश: नेपाल
राज्य/अञ्चल: बागमती
जिल्ला: काठमाडौं
स्थान: वनकाली, काठमाडौं
कला र संस्कृति
मुख्य देवता: महादेव,सतीदेवी
प्रमुख चाडपर्व: शिवरात्री, दशैं, तीज, स्वस्थानी पूर्णिमा
वास्तुशैली: प्यागोडा

गुहृयश्वरी काठमाडौं उपत्यकामा बागमती नदीको दक्षिणी किनारामा यो मन्दिर अवस्थित छ। सतीदेवीको गुहृय पतन भएको ठाउँमा उत्पन्न भएकी देवी हुनाले गुहृयेश्वरी नाम रहन गएको विश्वास गरिन्छ।

यो स्थानमा सर्वप्रथम तेत्तीसकोटी देवताहरू पूजा-आराधना गरेको विश्वास पनि छ घटस्थापनादेखि नै गुहृयश्वरीमा विशेष पूजा आराधना गरिन्छ। यहाँ देवीहरूको कुनै मूर्ति छैन। सतीदेवीको गुहृय पतन भएको स्थानमा मन्दिरको गर्भगृह छ। त्यहाँ एउटा सानो दुलो मात्र छ जहा चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्दछन्। गुहृयेश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथा आदिमा बताइएको छ।

यो शक्तिपीठ पु‍राणमा वर्णित ५१ शक्तिपीठ हरू मध्य एक भएकोले सारा संसार का धर्मालम्बी हरूको लागि विशेष पुजनीय रहेको छ|पुराण का अनुसार यहा सतीदेवीको दुई घुडा पतन भएको वर्णन गरिएको छ भने स्थानीय लोक विश्वास अनुसार सतीदेवीको योनी पतन भएको किम्बदन्ति रहेको छ|

तन्त्रविद्यमा शिवशक्ति वा भैरव भैरवीको क्रीडास्थलका रूपमा नेपालमा ५१ भैरव र भैरवीको बास रहेको विश्वास गरिन्छ। डी.सी. सरकारले कुब्जिका तन्त्र, तन्त्र चूडामणि, वृहन्नीलतन्त्र, पीठ निर्णय (महापीठ निरूपण) आदि प्राचीन तन्त्रशास्त्रका आधारमा नेपाललाई शाक्त-उपासनाका केन्द्र मानेको छ। त्यस्तै, देवी भागवतले नेपाललाई 'गुहृयकाल्या महास्थानं नेपाले यत प्रतिष्ठितम्' भनेर 'शक्तितीर्थ' का महान् स्थल मानेको छ। माथि उल्लेख भएअनुसार हरेक शक्तिको सगुण र निर्गुण उपासना हुन्छ। गुहृयकाली यसको अपवाद होइन। पाशुपत क्षेत्रमा अवस्थित यसपीठलाई 'उत्तराम्नाय' की नायिका मानिन्छ। अथर्ववेदका छ शाखाहरू यथाः तारतन्तवी, मौज्जायनी, तार्णवैन्दवी शौनकी, पैपालादिका, सौमन्तकको उल्लेख गुहृयोपनिषद्ले गर्दै गृहृयेश्वरीको वासस्थललाई 'शाक्ततीर्थ' मानेको छ। महांकालसंहिताको कालीखण्डमा गुहृयकालीको १८ मन्त्र र १८ विग्रहको उल्लेख पाइन्छ। यसको विभेद मूर्ति तथा चित्रकलामा एघार प्रकारबाट क्रमशः एक, दुई, तीन, पाँच, दस, बीस, एक्काइस, छत्तीस, साठी, अस्सी र सय टाउका भएको गुहृयकालीको चित्रमा महांकाल संहितामा छ।

तन्त्र र पुराणमा गुहृयश्वरी पीठको निर्वचन बौद्ध एवं हिन्दू परम्पराअनुसार वर्णन गरिएको पाइन्छ। दुवै मत भगवती गुहृयश्वरीलाई नीलवर्णमा, नीलाम्बर स्वरूपमा तथा कलशको प्रतीकात्मक प्रतिबिम्बमा आस्था पोखेको पाइन्छ। बौद्ध तन्त्रको स्वरूपविहीन स्वरूप वा स्कन्दपुराणको हिमवत्खण्ड -नेपाल महात्म्यमा)मा तथा भाषा वंशावलीमा, सतीदेवीको गुहृयपतन भएको श्लेष्मान्तक वनमा भगवती गुहृयश्वरीको उत्पत्ति भएको वर्णन पाइन्छ। परम्पराअनुसार पुराणमा उल्लेखित यस पीठको स्वरूप पहिले जलमग्न रूपमा गुप्त नै थियो पछि प्रताप मल्ल -ने.सं. ७६२-७९४) का समकालीन तान्त्रिक नरसिंह ठाकुरले गुहृयदेवीको यस स्थानमा दर्शन पाएर पूजा-उपासना गरेको वर्णन पाइन्छ भने विश्वनाथ उपाध्याय भट्टले गुहृयश्वरीको स्वरूपलाई कुण्डमय एवं सत्तलयुक्त बनाउने अभिभारा लम्वकर्ण भट्ट -लक्ष्मीनारायण भट्ट) लाई दिएको छ। भाषा वंशावलीले भने यसको प्रादुर्भाव कुनै बोडेका (खोकना) तेली -(साल्मी)ले यस स्थानमा दर्शन पाएको कुरा उल्लिखित छ। प्रायः सबै जसो कथन श्रवणले पाशुपत क्षेत्रको एक गुहृयश्वरी तथा स्वयम्भू क्षेत्रको समेत गरी प्राचीन दुई गुहृयश्वरी पीठ नेपाल मण्डलमा रहेको पुष्टि गर्छ। स्वयम्भू पुराणले पुरानो गुहृयश्वरी (हाल बालाजु, फूलबारीमा अवस्थित) लाई प्राचीनतम् मानेर स्वयम्भू उत्पत्तिको पुष्पकमलको नाल नै यिनै कुण्डबाट प्रादुर्भाव भएको मान्दछ। नागार्जुनको पर्वत फेदीमा अवस्थित यस कुण्डको महिमा पीठका रूपमा कालान्तरमा महायान बज्रयानी-कर्मकाण्डले महिमा बढाए पनि वास्तविक मूलस्वरूप भू-गर्भमुनिको पानी वा सृष्टिदेखि कै पानी आद्यजलको तर्पण नै विशेष देखिन्छ। वर्तमानमा यस स्थलमा पित्तलको अष्टकमलदलको पुष्पकेशरमाथि कलश आकार स्वरूपले छोपिएको कुण्डलाई नै गुहृयश्वरीका प्रतीक मानेर पुज्ने परम्परा छ।

नेपालमा शिवशक्तिका एकात्म्यलाई तन्त्र तथा पुराणहरूमा प्रतीक तथा मूर्त स्वरूपले विवेचना गरेको पाइन्छ। यसअनुसार गुहृयश्वरी मध्यकालदेखि दिव्यश्वरीका रूपमा भक्तपुर लोकन्थली, काठमाडौँ विशालबजारको (महालक्ष्मी मन्दिर परिसरको उत्तरपश्चिम कुनामा) न्युरोडमा पनि स्थापना गरिएको छ। गुहृयश्वरी स्कन्दपुराणको केदारखण्डमा वर्णन गरिएझै सतीदेवीको गुहृयस्थलको पतनबाट सिद्ध भएको पीठ मान्ने प्रथा रहे पनि तन्त्र परम्परामा आदिम 'गुहृयक' नामक जातिले पूजा गर्ने देवी हुनाले यिनीलाई 'गुहृयश्वरी' भन्ने गरेको अर्को मत पनि छ। त्यस्तै यो तन्त्रले मूलाधार चक्र संरक्षिका भैदिनाले यिनीलाई गुहृयश्वरी भनेको र 'गुहृया' शक्तिका नामले चिनिने स्त्री, पुरुष र नपुंसकसमेतबाट वन्दनीय 'काली' स्वरूपमा यिनलाई 'गुहृय काली' समेत भनिन्छ। तसर्थ, दसमहाविद्या परम्परामा यिनीको नाम सर्वप्रथम आउँछ, यथाः काली, तारा, षोडषी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बंगलामुखी, मातङ्गी र कमला।

बाहिरी कडीहरु[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]