त्रिपुरा सुन्दरी
डोल्पा जिल्लाको जुफाल विमानस्थलबाट करिब दुई घन्टा पैदल हिँडेपछि भेरी नदी आउँछ । त्यही भेरी नदीको किनारमा प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ । दुवैतर्फ खोलाको बीचमा रहेको थुम्कोमा अवस्थित त्रिपुरा सुन्दरी भगवतीको मन्दिर त्रिपुराकोटमा अवस्थित छ ।[१] चैते दशैं र बडादशैमा ठूलो मेला लाग्ने यो मन्दिर डोल्पावासीको शक्ति केन्द्र हो । यो मन्दिरमा पञ्चबलि दिने चलन छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "त्रिपुरा सुन्दरीः ऐतिहासिक सुन्दरता (फोटो फिचर)", अनलाइन खबर, अन्तिम पहुँच २०१९-०६-०१।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]