त्रिपुरासुन्दरी (बुढी घटाल)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
त्रीपुरासुन्दरी मन्दिर
त्रीपुरासुन्दरी मन्दिर is located in Nepal
त्रीपुरासुन्दरी मन्दिर
त्रीपुरासुन्दरी मन्दिर
नेपालको नक्शामा त्रीपुरासुन्दरी(बुढी घटाल) मन्दिर
निर्देशांक: २९°१७′उत्तर ८०°२९′पूर्व / २९.२९° उत्तर ८०.४८° पूर्व / 29.29; 80.48निर्देशाङ्क: २९°१७′उत्तर ८०°२९′पूर्व / २९.२९° उत्तर ८०.४८° पूर्व / 29.29; 80.48
नाम
वास्तविक नाम: बुढी घटाल
अवस्थिति
देश: नेपाल
राज्य/अञ्चल: महाकाली
जिल्ला: डडेल्धुरा
स्थान: अमरगढी, डडेल्धुरा
कला र संस्कृति
मुख्य देवता: भगवती
प्रमुख चाडपर्व: दशैं,चैते दशैं
वास्तुशैली: प्यागोडा

श्री त्रीपुरासुन्दरी (बुढी घटाल) नेपालको महाकाली अञ्चलमा पर्ने डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं. २ मा अवस्थित छ । बुढी घटाल देवतालाई अति पावन स्थल मानिएको छ यो स्थल सदरमुकामबाट करिब २ कि. मि. टाढा डोटी खोलाको किनारामा महाभारत श्रीखलाको फेदिमा रहेको छ ।

ऐतिहासिक पृष्ठभुमि[सम्पादन गर्ने]

पौरानिक कालदेखी आफ्ना सधक भक्तजनहरूलाई ईच्छित मुक्ति प्रदान गर्ने आदि शक्तीको रुपमा त्रिपुरा सुन्दरी नामले अति प्रख्यात रहंदै आएकी छन् । यिनै जगतमाताको नजिक रमणिय टाकुरामा परिपुर्णेश्वर महादेवको वाण लिङग वा शोव पञ्चायनका अति मोनमोहक देवताहरूको समेत स्थपना भई सुन्दरताको जीवन्त उदारण प्रस्तुत गरेको छन् । अध्या शक्ति त्रिपुरा सुन्दरी जगतमाताको उत्पतीको विषयमा कहिलेदेखी उत्पति भएको हो भन्ने प्रमाण छैन । यथार्थ त्रिपुरा सुन्दरी माताको मुर्ति स्थपना भएको नभई स्वयम उत्पति भएको कुरा निर्विवाद छ । जगतमाता को मुर्ति रहेको ठाँउमा धेरै वर्ष अघाडी कुनै मन्दिर नभएको कुरा बुढापाका बाट थाहा पाउन सकिन्छ । माता त्रिपुरा सुन्दरिको मन्दिर निर्माण गराउने शिलसिलामा स्वामि माधवानन्द गिरी ज्युलाई स्वप्नामा माताले दर्शन दिनुभएको र मन्दिरको जग खन्दा प्राचिन मूर्तिलाई साविक स्थानमा सुरक्षित नै राख्ने त्यही मणियुक्त नागको दर्शन पाइन्छ । यस मन्दिरको बार्षिक पूजा आजा गर्ने परम्परा अर्थात मुर्ति उत्खनन नगर्ने आदेश भएको भनिन्छ । त्रिपुरा सुन्दरी माताको मन्दिर परिशर भित्र एक मणीले युक्त भएको नाग रहन्छ साधक परुषहरूका अनुसार आजसम्म पनि सारदिय नव रात्रि पर्वमा पूजा पाठ ध्वनी आदि चल्दै आएको छ । माताको मन्दिर करिब ८० वर्ष अघि सिद्ध महात्मा माधवा नन्द स्वामिजिले निर्माण गराएको हुन् । हाल करिब ३० वर्ष देखि पूज्यपाद स्वामि दिगम्बर गौरी शंकर पुरी ज्यू महाराजको अखण्ड आश्रमको रुपमा सुप्रसिद्ध यस पवित्र देवस्थलमा अनेकौ प्रकारको धार्मिक सामाजिक कार्यक्रमका साथै विविध निर्माण कार्यहरू अविरल रुपमा प्रवाह भैरहेको कुरा सर्वविदित नै छ । यस धार्मिक तथा सामाजिक क्षेत्रको चारै तिर करिब ५७६ मिटर लम्बाई २ मि. उचाईं तथा १/२ मिटर चौडाईं भएको ढुङगाको ठुलो पर्खाल निर्माण गरिएको छ । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]