इन्द्रायणी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
  • विष्णुमती नदीको पूर्व किनारमा रहेको भगवती र मन्दिर| यसलाई स्थानीय भाषामा लुती अजिमा पनि भन्ने गर्दछन| वंशावली का अनुसार कलिगत संवत् ३८२५मा काठमाडौं नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएका हुन्।
  • भक्तपुरको इन्द्रायणी देवी

इन्द्रजात्राको दिन भक्तपुरको इन्द्रायणी देबीको खट यात्रा अवेर राति हुने गर्दछ। त्यसको भोलिपल्ट भने खटलाई सिद्धपोखरीमा राखिन्छ। यसै दिन यहाँ मेला लाग्ने गरेको हो। मेलाका दिन बिहान पख भक्तजनहरूको सिद्धपोखरीमा स्नान गर्नको लागि जाने गरेका छन्। दिउसोतिर बाजागाजा सहित इन्द्रयाणीको खट ल्याइए पछि भने पूजा अर्चना हुने गर्दछ। इन्द्रायणीको जात्रा हुने भएकोले यस पोखरीलाई इन्द्रसरोबर पनि भन्ने गरिएको छ। एक दशक अघि पोखरी पुरिन लागेको बेलामा लोप हुने देखिएको सिद्धपोखरी मेला केही वर्ष यता फेरी भब्यताका साथ मनाउन थालिएको हो। चारैतिर पर्खालले घेरिएको पोखरी परिसरमा साँझ सात बजे पछि प्रबेश निषेध गरिएको छ। दिपावलीको गरिने भएकोले बर्षको एक चोटी यसै दिन मात्र सिद्धपोखरी राति अवेर सम्म खुल्ला रहन्छ। भक्तपुर कै सबैभन्दा ठूलो पोखरीको रूपमा रहेका यस पोखरीलाई स्थानीय भाषामा तःपुखु पनि भन्ने गरिएको छ। पोखरीको करीब ९ मिटरको परिधि परिक्रमा गर्न सरदर १० मिनेट समय लाग्ने गर्दछ। मेलाका दिनमा पोखरीका चार वटा ढोका मध्ये पुर्बको एउटै ढोका मात्र खुल्ला राखिन्छ।

  • उत्तरी मकवानपुरको पालुङ खेल्पु डाँडाको इन्द्रायणी चौरमा रहेको भगवती र मन्दिर |यहाको तीनवर्षे मेला र रथ यात्रा त्यस भेकमा प्रसिद्द रहेको छ। बिहानै पालुङ-६, पालुङ बजारबाट पकाएको चामलको गोजा इन्द्रायणी मन्दिरमा पुर्‍याएपछि रथलाई खेल्पु डाँडामा रहेको इन्द्रायणी मन्दिरमा लैजाने चलन रहेको छ। धार्मिक किम्बदन्तीअनुसार इन्द्र र रावणबीच लर्डाईँ हुँदा हारेका इन्द्रले स्वर्ग छाडेपछि इन्द्रपत्नी इन्द्रायणीले श्रीमान युद्धमा मरेको आशंकामा इन्द्रायणी मन्दिर नजीकै रहेको सतीघाटमा सती जान लाग्दा आकासवाणीमा इन्द्रले आफू नमरेको जानकारी दिएपछि खुशियालीमा जात्रा मनाउन थालिएको हो।

मेलामा पालुङ-३ र ६ का बासिन्दाले ठगु जुजु (ठकुरी राजा) को पूजा गर्ने गरेका छन्। स्थानीय भक्तजनहरूले भाकलका बोका, कुखुरा, हाँसको बलि दिएपछि मात्र अन्यत्रबाट आएका भक्तजनका भाकलको पूजाआजा गर्ने चलन रहेको छ। उत्तरी मकवानपुरको सबैभन्दा बढी बलि दिने मेलाको रूपमा लिइने इन्द्रायणी मेला इन्द्रायणी चौरमा ल्याएको रथ फिर्ता गरेपछि नाचगान भजनका साथ रमाइलो गर्दै समापन गरिन्छ। मेला भर्न मकवानपुर, चितवन, वीरगञ्ज देखिका भक्तजनहरू पालुङ आउने गरेका छन|

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

शक्तिपीठ