गुणकामदेव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुणकामदेव
गुणकामदेव
नेपाल मण्डलको राजा
शासनकालसन् ९४९-९९४
पूर्वाधिकारीविक्रमदेव
उत्तराधिकारीउदयदेव
वंशठकुरी वंश
धर्महिन्दु धर्म

गुणकामदेव एक ठकुरी शासक थिए जसलाई काठमाडौँ महानगरपालिकाको स्थापनाको श्रेय दिइन्छ। उनले सन् ९४९ देखि ९९४ सम्म शासन गरेका थिए।[१][२]

जीवनी[सम्पादन गर्नुहोस्]

उनलाई इन्द्रजात्रालाखे जात्रा सुरु गर्ने श्रेय पनि दिइन्छ।[३] उनी आफ्नो तान्त्रिक क्षमताका लागि परिचित थिए जुन उनले स्वयम्भूनाथको शान्तिपुरमा प्रवेश गरेर देखाएका थिए।[४] उनले आफ्नो शासनकालमा पशुपतिनाथ मन्दिर, रक्तकाली मन्दिर, कंकेश्वरी मन्दिर र पञ्चलिंग भैरव मन्दिरको जीर्णोद्धार गरेका थिए।[३]

गुणकामदेवलाई काठमाडौँको स्थापनाको श्रेय दिइन्छ।[५] नगरहरूको विकाससँगै उनले कृषि समाजलाई भारततिब्बतबीचको व्यापारिक औद्योगिक नगरमा रूपान्तरण गरे।[५]

उनको उत्तराधिकारी उदयदेव बनेका थिए।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Encyclopædia Britannica
  2. Regmi, D.R. (१९६०), Medieval Nepal: Early medieval period, 750-1350 A.D, Lucknow: Prem Printing Press। 
  3. ३.० ३.१ Nepal ka itihas (Hindi) Author:Kāśī Prasāda Śrīvāstava
  4. "Sherpa World (Nepali)", मूलबाट २०१६-०३-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-१२-११  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति
  5. ५.० ५.१ Book:Ancient Indian History And Civilization, Author:S. N. Sen

External links[सम्पादन गर्नुहोस्]

पूर्वाधिकारी
विक्रमदेव
नेपाल मण्डलको राजा
सन् ९४९-९९४
पछिल्लो
उदयदेव