गहबामाई मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गहवामाई मन्दिर, २०६९ सालमा तस्विर खिचिएको

गहवामाई मन्दिर बीरगञ्जको एक प्रसिद्ध मन्दिर हो । यो गहवामाई भगवतीको मन्दिर हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

हाल गहवामाईको मान्दिर रहेको ठाउँमा एउटा ठुलो अजङ्गको पिपलको रुख थियो । त्यस पिपलको रुख मुनि एउटा सानो मन्दिर बनाई गहवामीको स्थापना कार्य भयो । कालान्तरमा पछि उक्त पिपलको रुख काटी सानो मन्दिरको ठाउँमा अलि ठुलो मन्दिरको परिसरहरूको बेला बेलामा मर्मत सम्हार तथा निर्माण कार्य गरी हालको अवस्थामा गहवामाई मन्दिरको स्वरूप खडा भएको छ । यो मन्दिरको सञ्चालनार्थ एउटा कमिटी अन्तरगत यस मन्दिरको कार्य सम्पादन गरिन्छ ।

मन्दिरको बनावट[सम्पादन गर्नुहोस्]

यस मन्दिरको क्षेत्रफल करिब ७२२५ वर्ग फीट छ । मन्दिरको तीनवटा ढोकाहरू छन् । मूल ढोका पश्चिमपट्टि छ । मन्दिरको खोलिने समय ग्रिष्म ऋतुमा बिहान ४ बजेदेखि दिउसो १२ बजेसम्म र शरद ऋतुमा बिहान ५ बजेदेखि १२ बजेसम्म र साझ ४ बजेदेखि राति ८.३० बजेसम्म बाह्रै महिना खुल्दछ । मन्दिरको अनेकौ देवी देउताहरूको मुर्तिहरू छन् । तर सक्ति एवं बलदागी दुर्गा भवानीको सूर्यको निमित्त यो मन्दिरको लोकप्रिय छ । यो बीरगंजको सबैभन्दा प्रमुख र मानिसहरूको निकै चहल -पहल हुने क्षेत्र हो ।

दसैको बेलामा[सम्पादन गर्नुहोस्]

प्रतेक वर्ष दशैंको बेलामा घटस्थापनादेखि पुर्णिमाको दिनसम्म स्रादालु भक्तजनहरूको घुइचो लागिरहन्छ। नवरात्री बेलामा बिहान ४ बजे देखि घुइचो लागिसक्छ । अष्टमीको दिन देवीलाई पसुबली पनि चढाइन्छ । पसुबली धेरै जसो बोका भाले काटीन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

मा कसरि पागल मान्छे थियो

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:बिरगंजको नालीबेली, जयविक्रम शाह

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]