ठूला केदार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डोटी बोगटानका श्री ठूलाकेदार यहाँ गौतम गोत्रीय चन्द्रवंशी चन्दको महत्त्व ठूलो हुन्छ, चन्दका कुलसंग सम्बन्धित देवता हुन्

ठुलो केदार नेपालको डोटी जिल्ला बडीकेदार गाउँपालिका वडा नं मा अवस्थित एक पबित्र धार्मिक स्थल हो । यसलाई सुदूर पश्चिम प्रदेशकै प्रख्यात धार्मिक स्थलका रूपमा मानिन्छ । ठुलो केदारलाई गौतम गोत्रिय चन्दहरूले कुल देवताको रूपमा पूजा गर्दछन् । यो मन्दिर डोटी बोगटान मान्ना कापडी गाउँ विकास समितिको पूर्वउत्तर, धिर्कमाण्डौ र सातफरी गाउँ विकास समितिको दक्षिण,लाना केदारेश्वर गाउँ विकास समितिको उत्तर र सिमचौर गाउँ विकास समितिको उत्तरवाट पश्चिमको शिखर गरी पाँच गाउँ विकास समितिको बीचमा पर्ने २८९१ मिटरको अग्लो केदारेश्वर लेकमा भगवान ठूलाकेदार विराजमान रहेका छन् । यो क्षेत्र उपल्लो वोगटानमा पर्दछ । डोटी जिल्लामा केदारका मन्दिर (माडौं) पौराणीककाल देखिनै प्रत्येक स्थानमा रहेको मान्यता छ । यी सबैको मूलस्थान ठूला केदारलाई मानिन्छ । डोटी वोगटान लानाकेदारेश्वरको उत्तरको लेकको पहरोको चुचुरोमा केदारको शिला रहेको छ । यो शिला दुई ठूला ढुङ्गाको बीचमा अलि समथर स्थानमा छ । ब्राह्मणहरूले यसगाथमा उक्लने सिडीभन्दा तल दुई ढुङ्गाको बीचमा बाटोको वरपर वडारमा बसेर केदारको पाठपूजा गर्ने गर्दछन् । यस जात्राको देउरामा आएका चोखा जातका धामी मात्र गाथमा गएर नाँच्ने गर्दछन् । अन्य जातका मानिसहरु अर्को एउटा ठूलो ढुङ्गा माथिमा गएर नाँच्ने गर्दछन् । यिनै केदारका पुत्र कार्तिकेय (मोहन्याल) मानिन्छन् । यी मोहन्याल आफ्ना बाबुका मूल जन्मेका थिए र केदारले तामाको ढोलमा हालेर गाड वगाएको भन्ने पौराणीक भनाई यहाँ पनि छ । यसै अनुसार यसकोतल केदार्नीमाडौ र मोहन्याल बगाएको स्थान भनेर बताईने गरिन्छ । तल्लो वोगटानमा मोहन्याल केदारनाथले मन्दाकिनीमा बगाएको किंवदन्ती रहेको छ । तल्लो बोगटानमा रहेको मोहन्याल ल्याउँन वडातडो देवता कुमाऊँ गढवालको कत्यूर गएको भनाई खापरेसँगको युद्ध हुँदाको लोक आख्यानले पनि सही भएको पुष्टि गर्दछ । केदारलाई खापरेले झेल हालेको समयमा मोहन्याल र खापरे बीचको युद्ध भएको समयको भनाई यसप्रकार छ । [१]

  • “जान दैत्य वडातोडा मालथलि जान,
  • मोहन्याल दैत्यकोदलु कत्यूर ल्यान ।
  • गयो दैत्य वडातोडो, वतासैको स्वर
  • आयोदलु मोहन्यालकी वादलकी ढिक,
  • मिल्ल छौ त खपरे हामु सित मिल,
  • नै त मिल्ला खपरेकी लाउत तेरी ठिक ,
  • केदारका दाईने तिर तुडया तुडया पानी ,
  • मिल्ला छौ त खपरे हमु सित मिल
  • नई त मिल्ला खपरेकी समाई ल्याए रानी
  • केदारैका गाथ मुनी थुम थुम केला
  • मिल्ला छौत खपरे हमु सीत मिल
  • नईमिल्ला खपरेका समाई ल्याय चेला–
  • गयोदलु खपरेको रुनु–रुनु गयो ।
  • भयो दैत्य मोहन्याल तेरै भन्नु भयो”
  • यसपछि खपरे सेतीमा डुब्दै रुदै भागेर गयो । त्यहाँबाट खप्तडमा गई माडौसजायर बस्यो ।

यस प्रकारको फाग वोगटानमा छ । मोहन्याल आफ्ना बाबु केदारका मूलजन्मेका कारण माथि केदारको गाथमा गएर ना“च्दैनन् । यिनै केदारलाई खापरे राक्षेसबाट मोहन्यालले आफ्ना दल र वलका सहयोगले युद्ध गरेर वचाएको किंवदन्ती छ । केदारको पूजामा गाईको दूध (मथाउत) चढाउने परम्परा रहेको छ । पूजाको दिनमा साजी (विहान दुहेको दूध) मथाउतका रूपमा घरबाट हिँड्दा हिँड्दै मन्दिरमा नपुग्ने र दूध दहीमा परिणत हुने भएका कारण अथवा अति दूरीका कारण यिनै केदारले त्यस ठाउँको एक मुठ्ठी माटो लगेर श्रद्धा भक्ति र आस्था पूर्वक जसले जस ठाउँमा स्थापना गरेको छ । त्यही पूजा आराधाना गर्नु भन्ने आदेश अनुसार अन्य ठाउँमा पनि केदारको रूपमा यिनै केदारलाई पूज्ने कार्य भएको मान्यता छ ।

  • चाकाकेदार र यस ठूलोकेदारमा कार्तिक शुक्लपक्ष त्रियोदशी ठूलो जाँत (जात्रा) र वैकुण्ठ चर्तुदशीका दिनमा विशेष पूजा हुन्छ ।
  • यस दिन यस अन्तरगतका विभिन्न देवताको देउरो आउँछ । केदारको जात्रालाई ठूलो धार्मिक पर्व मान्ने गरिन्छ ।
  • यस ठाउँमा एक पटक आएको मान्छेले अर्को पटक अनिवार्य आउनु पर्ने हुन्छ ।
  • पापीहरु केदारको स्थापना भएको ठाउँदेखि तल वाटोमा रहेको गौडो उक्लन सक्दैनन् ।
  • यहाँ आएकाहरु केदारको आर्शिवाद र प्रसाद लिएर जान्छन् ।
  • यहाँ नयाँ आएकाहरु यस ठाउँको देवताहरूको लिला देखेर निकै रमाईलो महशुस गर्दछन् । यो स्थानलाई तीर्थस्थल मान्ने गरिन्छ ।

केदारका पूजारी उपमन्यु गोत्रीय विनाडी थरका ब्राह्मण रहेका छन् । ठकुरीहरूमा बैतडीबाट पूर्व आएर बसेका भानादेवको सन्तानका झापर देउका वंशज मानिने गौतम गोत्रीय ,चन्द्रवंशी प्रतिहार चन्द ठकुरीहरूले केदारको जाँतमा अनिवार्य जानु पर्ने हुन्छ । तल्लो वोगटानका मोहन्याल कुलदेवता भएका ठकुरीहरु यस ठाउँमा आएको खण्डमा तिनको ठूलो सम्मान गरिन्छ । मोहन्यालको नयाँ धामी (नायाँ व्यक्ति) ले एक पटक केदारमा र एक पटक सिहासनमा जानु पर्ने कर हुन्छ । प्रत्येक १२ वर्षमा पनि मोहन्यालले यस स्थानमा पुग्नु पर्दछ । यस केदारको स्थापनाको उत्तर तिर पानीको सानो खोपिल्टो छ । यस खोपील्टाको पानी जाँतमा गएका दशौहजार मान्छेहरूलाई नुहाउ“न र खान पुग्छ । यो देखेर यस मेलामा आएकाहरु अचम्म मान्दछन् । यहाँ रात भरी बाजागाजा सहित रमाईलो हुन्छ । डेउडीयाहरु डेउडा खेल्छन् । धामी अनकन्टार डरलाग्दो पहरोमा गएर नाँच्छन् । आगाको चुर बाल्छन् । केही पसलहरु र खानाका दोकानहरु पनि हुन्छन् । रमाईलै रमाईलोमा रात वित्छ ।

डोटी बोगटानका श्री ठूलाकेदार बाबाको  जात्रा/जांतको दृश्य 

चित्र:केदार.gpg

ठूला केदार र मोहन्यालको सम्बन्ध[सम्पादन गर्नुहोस्]

मोहन्याल देवता १२ वर्षमा एकपटक नयाँ धामी फेरिएको समयमा कुनै अवसर पारेर मात्र केदारमा जान्छन् । केदारलाई निकै कठिनाई आइपरेमात्र मोहन्याल केदारमा जाने हुन् । अन्य समयमा केदारलाई केदार अन्तरगतका अन्य देवताले सुरक्षा र सहयोग गर्नु पर्दछ । केदारको जाँतमा केदार अन्तरगतका देवताहरु

  • धिरगाँणी (गणेश),
  • मोहन्याल,
  • अलडो,
  • वडातडो,
  • नवा,
  • विगरगाँणी,
  • मेलघट्टी,
  • जैनाडी,
  • कैलपाल,
  • भैंसीखर्के,
  • ब्रह्मवेताल,
  • मसानी,
  • साङौडी,सौडी/सौटी देवता

सौटी सहितकाको देउरो आउँछ । मेलघट्टी र जैनाडी मोहन्यालकी वहिनी भएका कारण मोहन्याल यिनका टाउकामा तेल हालिदिन्छन् कपालकोरी दिन्छन् । मोहन्याल २ वटा छन् । डोटी केदार र त्यहाको केदार्नीबाट पनि मोहन्यालको जन्म भएको मान्यता छ । ती मोहन्याल लाना केदारमा छन् । तल्लो बोगटान(कत्युरी नरेश )को मोहन्यालको पनि यहाँको केदारमा ठुलो सम्मान हुन्छ । डोटी तल्लो बोगटानका मोहन्याल कुमाऊ गडवालका केद्रनाथबाट उत्पति भएका हुन् । हाम्रो यस क्षेत्रदेखि जुम्लासम्म बीच बीचमा केदार प्रवेश गरेका छन् । अछाम र डोटीको चौखुट्टेसम्म केदारको र उता खापरेको क्षेत्र हो ।

ठूला केदारको दर्शन र अन्य जानकारी सम्बन्ध[सम्पादन गर्नुहोस्]

राजादिलिप र रामचन्द्रले पनि यस क्षेत्रमा घुमफेर गरेका थिए । केदारमा कुन्ती महारानी ५ दिनसम्म बसिन त्यहाँ पानी देखिनन् । त्यसैले केदारनाथबाट पानी मागेर छोडी गईन् । आज यो पानी केदारको जाँतमा देवता पूज्ने र खाने भएको छ । भगवान रामचन्द्रले यस केदारका ज्योतिलिङ्गको दर्शन गरेका थिए । यहाँबाट रामचन्द्र रामेश्वर गएका हुन् । यी केदारका ११ औ ज्योतिलिङ्ग मानिन्छन् । हामीले यसको विकास जुनरूपमा गर्नु पर्नेहो त्यो रूपमा गर्न सकेकाछैनौ ।

  • यो स्थान केदारनाथको खुट्टा रहेको स्थान हो । यहाँ केदारका पाउ (खुट्टा) को पूजा गर्ने गरिन्छ ।
  • काठमाण्डौको पशुपति शिवको “टाउको” हुन् ।
  • कुमाऊँ गढवालका केदारनाथ शिवको “ढाँड” हुन् ।

ठूला केदारमा केदारपक्ष र खापरेपक्षकाहरूको युद्ध गर्दाको रमिता[सम्पादन गर्नुहोस्]

लानाकेदारेश्वरको “गाथ” रहेको स्थानदेखि माथि उत्तर तर्फ केही समथर ठाउँ छ । यस समथर ठाउँमा केदारको जाँत भएको राती डेउडा खेल्छन् । देवताहरूको वयाँल(देउरो) यसै स्थानको उत्तरपूर्व र पश्चिम दक्षिण तिर रहेको बाटोबाट आउने गर्दछ । यहाँ खापरेपक्ष मानिने उपल्लो पूmर्सिल गर्खाकाहरूले आप्mनो ठाउँबाट काठ ल्याएर खापरे (मुसे) को माडौ बनाउने र तल्लो पूmर्सिल गर्षाको “दवातल सौडी” ले देख्ने वितिकै भत्काई फालिदिने प्रचलन रहेको छ । यदि दवातल सौडी आएन भने त्यो खापरे माडौ केदार अन्तरगतका अन्य देवताले भत्काई फाल्नु पर्ने हुन्छ । यस अवस्थामा यस स्थानमा युद्ध भएको भान पारि केही समय अनौठो दृश्य देखिन्छ । पहिलेका दिनमा बनाउने र भत्काउनेका बीचमा लठ्ठी हाना–हान कट्याङ्ग, कुटुङ्ग गर्ने गरिन्थ्यो । खापरेपक्ष आउँदा एक छिन् जोरतोड हुने गर्दथ्यो भने आजभोलि त्यस्तो गरिदैन । तर खापरमाडौ जसलाई स्थानिय स्तरमा मुसे(खापरे) माडौ भनिन्छ त्यो बनाउने फुर्सिलाहरूले खापरेको माडौ त्यहाँ बनाए पछि तिनीहरूलाई सुःख शान्ति र राम्रो हुने भएका कारण त्यस्तो गर्दछन् भने केदारको स्थानमा खापरेको स्थापना गरिए वैदिक देवगणकाहरूलाई नराम्रो हुने भएका कारण केदार पक्षकाहरु भत्काउने र फालिदिन्छन् । [२]

मुसे माडौ[सम्पादन गर्नुहोस्]

अछाम जिल्लाको विनायक गाउँ विकास समिति वार्ड नम्बर २ मा मुसे माडौ छ । त्यहाँ मुसेलाई मष्टो भनिन्छ । जनैपूर्णिमा, अनन्तचर्तुदशी वा मंसिर शुक्ल चर्तुदशीका दिन मुसेमाडौंमा धुमधामसँग मेला लाग्छ । वलि पनि गर्ने गर्दछन् । अनन्ते चर्तुदशी भनेको दाडेमष्टोको तिथि हो । दाडेमष्टोलाई डोटी भेगमा खापरेको नामले पनि सम्वोधन गरिन थालियो । यसैलाई मसे÷मुसे देवता भनियो । तान्त्रीक विधिको मष्टो परम्परा कर्णाली प्रदेशमा प्रसस्त भेटिन्छ ।

कहाँ कहाँबाट आउँछन यहाँ मेला भर्न

यस केदारको मेलामा लानाकेदारेश्वर तथा धिर्कामाण्डौ गा०वि०स० का मानिसहरु देवताको करले तथा रमाईलोको लागि पनि आउने गर्छन । किन भने विशेष गरी यी दुई गा०वि०स०बाट देवताको देउरो आउछ । बाँकी केदारको वरिपरि रहेका गा०वि०स०हरू क्रमश सिमचौर केदारअखडा कानाचौर चवाराचौतारा सातफरी मान्नाकापडी बर्छैन निरौली गा०वि०स० का मानिसहरु धेरै जसो आउने गर्छन । श्री केदार बाबाले मनोकामना पूरा गरिदिन्छन भन्ने जनिबश्वासका कारणले यहाँ धेरै टाढाबाट समेत निष्ठा काष्ठाका साथ भगवान शिवजीको नामले ब्रत गरी केदारबो द्शन गर्न आउने गर्दछन । अझै उल्लेख्य पक्ष त के छ भने नजिकको तिर्थ हेला भनेझैँ यो मन्दिर आसपासका भन्दा टाढाबाट श्रद्धा र भक्तिभावका साथ आउने मानिसहरूको मनोकाँक्षा पूरा हुने गरेको पाईन्छ ।त्यही वास्तबिकतमाको कारण हो कि कैलाली जिल्लाको विभिन्न स्थानबाट थारु समुदायका मानिसहरु यहाँ हर्क वर्ष आउने गर्छन । त्यसैमा पनि जसको सन्तान छैनन् त्यस्ता दम्पत्ति एक चोटी ब्रत लिएर आएपछि अर्को पटक कुनै न कुनै सन्थान ल्याएर केदार आउने गरेको वास्तविकता सबै सामू घाम जस्तै छर्लङ्ग छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. केदारका उपमन्यु गोत्रीय पुजारी र करवाला गौतम गोत्रीय ,चन्द्रवंशी बोगटानका चन्द ठकुरी /स्थानीय जानकारहरुका अनुसार ।
  2. बोधनारायण विनाडी वर्षः७१, लानाकेदारेश्वर ४ वस्तोला नजिक रहेको डमसिल्ला, धनगढी नगरपालीका ५ तारानगर र चौमाला गप्का