केदारनाथ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
केदारनाथ
नगर
केदारनाथ
केदारनाथ
केदारनाथ is located in उत्तराखण्ड
केदारनाथ
केदारनाथ
उत्तराखण्ड, भारतमा अवस्थिति
केदारनाथ is located in भारत
केदारनाथ
केदारनाथ
केदारनाथ (भारत)
निर्देशाङ्क: ३०°४४′N ७९°०४′E / ३०.७३°N ७९.०७°E / 30.73; 79.07निर्देशाङ्कहरू: ३०°४४′N ७९°०४′E / ३०.७३°N ७९.०७°E / 30.73; 79.07
देशभारत
राज्यउत्तराखण्ड
जिल्लारुद्रप्रयाद
क्षेत्रफल
 • जम्मा२.७५ किमी (१.०६ वर्ग माइल)
उन्नतांश
३,५५३ मिटर (११,६५७ फिट)
जनसङ्ख्या
 (2011)
 • जम्मा६१२
 • घनत्व२२०/किमी (५८०/वर्ग माइल)
भाषा
 • आधिकारिकहिन्दी, गढवाली
समय क्षेत्रयुटिसी+5:30 (IST)
Pin Code
246445
सवारी दर्ताUK-13
वेबसाइटuk.gov.in
केदारनाथ

केदारनाथ भारतका सहरहरू मध्येको एउटा सहर हो ।

केदारनाथ परिचय [१][सम्पादन गर्ने]

केदारनाथ भारत उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाको एक नगरपञ्चायतमा रहेको, अति दुर्गमस्थलमा रहेका चारधाममध्येको एक धाम हो । यिनलाई प्रसिद्ध शिवजी तथा प्रसिद्ध शिवलिङ्ग रहेको स्थान मानिन्छ । यो स्थान हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल हो । केदारनाथ रहेको यो स्थान समुन्द्रि सतहबाट ३५८४ मिटर उचाईमा रहेको छ । शिवका १२ ज्योतिलिङ्गमध्ये यिनी एक हुन् । आदि शंकराचार्यले ८२० ई.मा यिनै केदारनाथमा देह त्याग गरेका थिए । यहाँका पञ्चकेदारनाथहरु यस प्रकार छन् ।

  • १—केदारनाथ (३५८४मि.उचाईमा) मन्दाकिनी नदीको सिरानमा रहेकाछन् ।
  • २—मधमेश्वर (३२८९ मि.उचाईमा) चौखम्पा पहाडको चुचुरोमा रहेकाछन् ।
  • ३—तुङ्गनाथ (३८१० मि.उचाईमा) मधमेश्वर गंगा नदी र मार्कण्डे गङ्गानदीको संगम स्थल नजिक रहेका छन् ।
  • ४—रुद्रनाथ (२२८६ मि.उचाईमा) हटी पर्वतमा रहेकाछन् यी शिवको अनुहार मानिन्छन् ।
  • ५—कल्पनाथ (२१३४ मि.उचाईमा) यस प्रकारका पञ्चकेदारहरुमध्ये केदारनाथ प्रमुख केदार मानिन्छन् । केदारनाथका यी केदारको नजिकै पुराणअनुसार स्वर्गमा बग्ने गङ्गाको धारा मानिने कार्तिकेय (मोहन्याल) लाई केदारनाथले गाड(समुन्द्र) बगाएको मन्दाकिनीनदी रहेको छ । सत्ययूगका राजा केदारको नामबाट केदारनाथ रहन गएको हो, भन्ने मान्यता पाईन्छ । हजारौ वर्षपहिले पाण्डवहरूले यो केदारनाथको मन्दिर बनाएको मान्यता छ । यस स्थानलाई शंकराचार्यले आठौ शताब्दीमा पुर्ननिर्माण गरेका थिए । यिनै केदारनाथसंग सम्बन्धित
  • डोटी बोगटानका ठूला केदार, बन्नाकेदार,
  • डोटी देउवान गड्सेराका चाकाकेदार,
  • डडेल्धुराका अशिग्राम केदार
  • बैतडीका रौलाकेदार(रौलेश्वर केदार), ग्वालेख केदार,
  • पिथौड़ागड अस्कोट्का धजकेदार सम्बन्धित छन् |

केदारनाथका केदारको दक्षिण कुनामा भैरवको दलबल स्थापना गरिएको छ । यी भैरवका दलबल केदारका गार्ड हुन् । केदारको मन्दिरको पछाडि शंकराचार्यको समाधीस्थल रहेको छ । यहाँका तीर्थ स्थलमा महत्त्वपूर्ण स्थानहरु केदारले पार्वतीसँग विवाह गर्दाको होमकुण्ड अझै देख्न सकिन्छ । यो त्रिजुगानारायणको रूपमा रहेकाछन् ।

उखिमठ[सम्पादन गर्ने]

हिउँदको ठण्डी समयमा माथि शिखरमा अत्यधीक चिसो हुने भएका कारण केदारनाथ तल उखिमठमा आँउछन् भन्ने मान्यता छ । केदारनाथको चिसो महिनामा बस्ने उखिमठ हो । यस उखिमठमा केदारनाथ, केदारका पूजारी र ऋषिमुनीहरु बस्ने गर्दछन् । यी केदारलाई पञ्चकेदारमध्येका प्रमुख मानिएको छ । यस मठमा केदारनाथको पूजाको व्यवस्था मिलाउने रेखदेख गर्ने शिक्षा–दिक्षा दिने भक्तजनहरु बस्ने गर्दछन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा रजवार ठकुरी वंशावली (२०७०)

पर्यटन स्थलहरू[सम्पादन गर्ने]