सामग्रीमा जानुहोस्

सवारी दर्ता प्लेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सवारी दर्ता प्लेट वा सामान्यतया नम्बर प्लेट, एक धातु वा प्लास्टिकको प्लेट हो जुन आधिकारिक रूपमा पहिचान गर्ने उद्देश्यका लागि सवारीसाधनसँग जोडिएको हुन्छ। सबै देशहरूले कार, ट्रक र मोटरसाइकल जस्ता व्यावसायिक सडक सवारी साधनहरूको लागि नम्बर प्लेट आवश्यक पर्दछ। साइकल, डुङ्गा वा ट्याक्टरजस्ता अन्य सवारी साधनहरूको लागि तिनीहरू आवश्यक छन् कि छैनन् भन्ने कुरा क्षेत्र अनुसार फरक-फरक हुन सक्छ। दर्ता पहिचानकर्ता सङ्ख्यात्मक हुन्छ जसले जारी कर्ता क्षेत्र भित्र सवारी वा सवारी धनीलाई विशिष्ट रूपमा पहिचान गर्दछ।[] केही देशहरूमा, नम्बर प्लेट सम्पूर्ण देश भित्र एउटै निकायले हेर्दछ भने अन्यमा यो एक राज्य वा प्रदेश भित्रको निकायले हेर्दछ। नम्बर प्लेट सवारी वा व्यक्तिसँग सम्बन्धित छ कि छैन भन्ने कुरा पनि जारी गर्ने एजेन्सीद्वारा भिन्न हुन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Convention on Road Traffic", Vienna: United Nations, ८ नोभेम्बर १९६८, XI B 19। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]