चाकाकेदार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

चाका केदार [१][सम्पादन गर्ने]

चाकाकेदारको मुख्य स्थान भनेको तेलेको लेकमा रहेको उदैनी भन्ने स्थान हो । यसको क्षेत्र भनेको तेलेको लेकको हलोगडेबाट तल गाडको दोमोहानसम्मको क्षेत्र हो । यस उदैनी स्थलमा खापरे गणले प्रवेश गरेर लथालिङ्ग र भताभूङ्ग गरी अशुद्ध गरिदिएका कारण चाकाकेदारको जाँत हाल उदैनीमा नभएर गडसेरा गाउँ विकास समितिको वार्ड न.–३, देउवान क्षेत्रमा रहेको कुनेगडा गाउँ देखिमाथिको अग्लो डाँडाको टाकुरामा हुन्छ । यस स्थानमा केदारको स्थापना गरिएको छ । यसलाई चाकाकेदार भनिन्छ र यहाँ हुने जाँतलाई चाकाकेदारई जाँत भन्ने गरिन्छ । चाकाकेदारको जाँत पनि कार्तिक शुक्ल त्रयोदशीमा जांत र चर्तुदशीका दिन पूजा हुन्छ । यो जाँतको महत्वपनि कम छैन । भारत उत्तरखंड राज्यको केदारनाथ, डडेल्धुराको अशिग्राम केदार बोगटान लानाका ठूला केदार सरह यसलाई पनि लिने गरिन्छ । यस स्थानका पहिलेका पूजारी भारद्वाज गोत्रका निरोला भंडारी/भट्टका पूर्खा थिए । पछिका दिनमा अत्रि गोत्रका ओझा ब्राह्मण भएकाहुन । अत्रि गोत्रीय ओझाको इतिहास अनुसार यिनका पूर्खा गुजरातबाट दिल्लीहुँदै उत्तराखण्ड कुमाऊँ हुँदै डडेल्धुरा आए । त्यहाँबाट बुँडरभएर गडसेरा, डिग्देनाहुँदै धौलाकाँडा, मौवा, सिमली तर्फ फैलिएका हुँन । वर्तमानमा यहाँका पूजारी अत्रि गोत्रका ओझा ब्राह्मण छन् । भने यहाँ चन्द्रवंशी देउवा ठकुरीहरुको वोलवाला चल्दछ । यो जाँतमा कुमाऊँ कत्यूरबाट आएका भनिएका वोहरा, सेटी, ..........हरु सहितका व्यक्तिहरुको संयुक्त उपस्थिति भई केदार देवता मान्ने गर्दछन् । यस केदारमा रहेका देवताका दल बल यसप्रकार रहेका छन् ।

डोटी गड्सेरा देउवान चाकाकेदारको जात्रा/ जांतको दृश्य
  • केदार,
  • गडतोलो,
  • गगरी,
  • अलडो,
  • निमाउने( केदारमा पछि मिसिएको हो | यसको खासै भूमिका हुँदैन केदारलाई छुदैन टाढा बस्छ | आबश्यकता भए सहयोग गर्छ ),
  • मसानी,
  • मेलघट्टी,
  • मष्टो( केदारमा पछि मिसिएको हो | यसको खासै भूमिका हुँदैन केदारलाई छुदैन टाढा बस्छ | आबश्यकता भए सहयोग गर्छ ),
  • मचवाल,
  • असीऊ (केदारकी सहिनी),
  • अन्नाडी,
  • परणे आदि । यस स्थानबाट उत्तर क्षेत्रमा तेलेको लेक भनेर परिचित अग्लो र धेरै लामो लेकको धुरा क्षेत्र पर्दछ । यो लेकमा हिमपात पर्ने गर्दछ । यस लेकमा घनाजंगल भएका कारण बाघ, भालु सहितका डरलाग्ने जनावरहरु बास गर्दछन् । यो क्षेत्रबाट मानिसहरुको आवत जावत कम हुने गर्दछ । डोटीको सिलगडी जानेहरु यसै बाटो भएर ३/४ घण्टा लाग्ने यो तेलेको लेकको बाटो पारगरी डोटी सदरमुकाम तर्फ जान्छन् । चाकाकेदारको निमाउने देवता बाहिरबाट आएर मिसिएको देवता हो ।

उदैनीपुरी (उदम्पुरी/उदैनी) को अचल अवस्था[सम्पादन गर्ने]

उदैनी भन्ने स्थान गडसेरा गाउँ विकास समितिको वार्ड नम्बर ६ को पूर्वउत्तर र मान्नाकापडी गाउँ विकास समितिको पश्चिम उत्तरको तेलेको लेकमा पर्दछ । यो केदारको जाँतहुन्े अग्लो लेक स्थल हो । उदैनी (उदम्पुरी) मा एक ठूलोढुङ्गा छ । यस ढुङ्गामा ३ वटा सर्पका आकारका चित्रछन् । यी सर्पको चित्र र शिव लिड्ड रहेको ढुङ्गाकोतल सानो बग्ने पानीको मूल छ । यो पानी यस स्थानमा गएकाहरु पीउँछन् । निरयपाल राजाको कोट निरोली देखि ३/४ घण्टाको पैदलदुरीमा उत्तर पूर्व क्षेत्रमा रहेको यो स्थानमा खापरेगणले बास गरेका कारण यहाँ रहेका केदारले यो स्थान छोडेर देउवानको चाका भन्ने स्थानमा आई बसेका हुन् । उदैनीभन्ने स्थान अचल स्थान हो । सबैले सबै समयमा यहाँ जान सक्ने अवस्था हुँदैन् । त्यहाँ देवता र राक्षसहरुको दलबल हुने गर्दछ । खापरे गणलाई रैका राजाको तेडीले भनसुन र दलवलले नियन्त्रणमा ल्याउँने भएकाले यस स्थानमा कुनै कारणले केदारको पूजा/जाँत गर्नु पर्ने अवस्था आयो भने निमाउन (निमुन) भन्ने रैकाको देवतालाई भनेपछि निमुनले फकाई-फूलाई आफ्ना काँधमा बोकेर तेडीलाई त्यहाँ लग्छ । निमुन एक किलोमिटर तलै बस्छ भने तेडी त्यहाँ गएर केदारको जाँत र पूजा हुने समयसम्म हातमा ठूलो गाँण भएको चाँदीको लट्टी समातेर चारैकुना घुम्दै आफ्ना गणकाहरुले आक्रमण नगरुन् भनि सुरक्षा दिन्छ । तेडीमष्टाले सुरक्षा दिएको खण्डमा मात्र केदार त्यहाँ पूजिन्छन् । तेडी केदारगणको देवता होइन । यसले केदारलाई छुदैन र केदारका नजिक पनि जाँदैन निमाउनेका धामी दलित जातिका छन् । निमाउनेका धामीले तेडीका धामीलाई काँधमा बोकेर लाने यदि मानेन् भने रैका राजवंश/(रैका वंशज)को कसैलाई निमाउने देवताले कमाएर पनि त्यहाँ लाने गर्दछ । यस उदैनीबाट दक्षिणमा रहेको निरोलीको निरयपाल राजाको कोट स्थल पुग्न ३/४ घण्टा पैदल हिड्नु पर्दछ । यस उदैनी भन्ने स्थानबाट निरोलीको कोट भएको स्थल देखिन्छ । उदैनीपुरी भन्ने स्थानमा जुम्लीराजा पृथिवी मल्ल, सूर्यमल्लको निर्देशन र अभयमल्लको नेत्रृत्वमा नागी मल्ललाई सहयोग पुगाउँन आएको रैकाराजाको “सर्वगामिनिवाहीनी” भनिने सैन्य फौजको युद्ध अवधिभर मुकाम रहेको स्थान मानिन्छ । यस स्थानमा सेती पूर्वउत्तरबाट आएका खापरेगण र अभयमल्लको सैन्यगण बसेर निरोलीमा निरयपाल राजाको राज्य कब्जा गर्न सफल भएका थिए । यस उदैनीपुरीलाई नेपालका इतिहासकार भएको दावि गर्नेहरुले निरयपाल राजाको कोटस्थल भएको निरोलीबाट ३/४ दिनको पैदल यात्राको दूरीमा उत्तर क्षेत्रको विकट स्थान मानिने बझाँङ्गको डुमराकोट हो, भनेर नरहरीनाथले भनेका कुराको वैज्ञानिक अध्ययन नै नगरी गलत रुपमा त्यही स्थानलाई मान्न पुगेका छन् । ३ दिनको पैदल यात्रामा सैन्यमुकाम राखेर निरोलीकोट कब्जागर्न सक्ने सम्भावना रहँदैन । उदैनीको केही तल स्यालकोटामा रहेको देउखोलामा एक जना विशुभट्ट बस्ने गर्दर्थे । यी विशुभट्ट ब्राह्मण थिए । एक पटक विशुभट्ट गोठमा गएको समयमा एक जना जोगी उनका घरमा आएछन् । घरमा विशुभट्ट की बामनी एक्लै भएका कारण जोगीलाई भित्र बास दिईनन् र बाहिरै बस्न भनिन् ती जोगीले खाना पनि खाएनन् रातभरि विशुभट्ट ब्राह्मणको घरको पूर्वउत्तरमा रहेको ढुङ्गाको पर्खाल भएको नमूना छ । त्यहाँ बसेर विहानै जान लागे बामनीले भनिन् हजुरले खाना खानु भएको छैन । मेरा श्रीमान आउँदै होलान खाना खाएर जानुहोला भन्दा ती जोगी त्यतिकै गएछन् । केही माथि पुगेपछि विशुभट्ट बाटामा भेटिए र विशुभट्टले चार भाँणामा दही ल्याएर घर आउ“दै थिए । जोगीले विशुभट्टको घरमा बसेर आएको खाना नखाएको भनेपछि विशुभट्टले खाना खाएर जानु पर्ने भन्न थाले जोगीले मानेनन् । अन्तमा विशुभट्टले जोगीलाई दही दिन थाले यतिकैमा जोगीले भनेछन् । तपाईका यी चारै भाँणाको दही यसमा खन्याउँनुहोस् । भनेर एक कटौरा थापे चारै भाँणाको दही त्यो कटौरामा हाल्दा पनि कटौरा भरिएन् । यति भएपछि विशुभट्टलाई जोगीले भनेछन् । तपाईका ४ पुत्र हुनेछन् । यसपछि विशुभट्ट आफ्ना दहीका भाँणामा वुजो लगाएर घर फर्कन लागे । तर ती भाँणा त्यतिकै गरुङ्गा थिए भन्ने किंवदन्ती रहेको छ ।

ठाकुरज्यू महाराज जुम्ला[सम्पादन गर्ने]

यस्तै किवदन्ती जुम्ला जिल्ला कार्तिकेय स्वामी गाउँ विकास समितिमा रहेका ठाकुरज्यू महाराजको छ । त्यहाँको अवस्था वर्णनगर्दा ठाकुरज्यू र विष्टज्यू महाराज दुवै एउटैहुन् एक तलछन भने अर्को माथिछन् । यसको चारैतिर पहाड छ । बीचमा पोखरी छ । पोखरीकोछेउमा ठाकुरज्यू र विष्टज्यूछन् । यी दुवैमा बलि हुँदैन् । गाईको दूध चढाईन्छ । श्रावण पुर्णिमामा पुजिन्छन । न्यौपानेहरु यसका पुजारीछन । यहाँ न्यौपानेलाई पाँणपुजारा भन्दछन । यहाँका बुढापाकाहरुको भनाई अनुसार श्रावण पुर्णिमामा पुजा चलाउनु भन्दा पहिले यहाँ एक जना जोगी आएछन । ती जोगी गाउँबाट हाल ठाकुरज्यू महाराज रहेको स्थानमा जाँदैगर्दा वारकुट्टेवाडाको मान्छे भेटियो । त्यो मान्छे भेटिदा जोगीले अमृत देउ भनेछन् तर त्यस वारकुट्टेवाडाको शाही खान्दानको मान्छेले भनेछ । तँलाई दही दिएर फाईदाछैन वरु घर लगे मेरा बालबच्चा खालान भनि जोगीलाई दही नदिएर घर गएछ । त्यसपछि त्यो जोगी हाल ठाकुरज्यू महाराज भएको तिर लम्कदै गयो । बाटामा न्यौपाने खान्दानको मुख्य परिवारको एक जना लाटो त्यसै स्थानबाट आएछ । त्यहाँ त्यो जोगीले त्यस लाटासँग दही मागेछ । त्यो लाटाले आफुसँग रहेको जम्मै दही जोगीको टपरीमा हाल्दा टपरी भरिएन सबै खन्याउ“दा पनि भरिएन । त्यो टपरी नभरिएपछि लाटो घर फर्केर गयो । घरमा पुगे पश्चात दहीका खाली भाँणा आफ्नो घरको भकारीमा फालिदिएछ । जोगीलाई दही दिँदा भाँणा खालि भएका थिए । घरमा सराद थियो । सरादकालागि भनेर दही ल्याएको थियो । दही तथा गोरस नभए घरमा गाली गर्ने डरले लाटो गाउँमा लुक्न गएछ । लाटो गाउँमा लुक्न गए पछि लाटाको दाजु आएर हेर्दा ती खाली भाँणामा दही भरिएको देख्यो । सामान सबै देख्यो तर मान्छे देखेन । लाटोलाई खोज्न जाँदा त्यो लाटो गोठमा लुकेको देख्यो । त्यस पछि लाटालाई किनलुकेको भनि सोधेछ । लाटालाई सोध्दा लाटाले भन्यो । म आउँदा बाटामा एक जना जोगी भेटियो । त्यसले दही माग्यो । जोगीको सानो टपरी थियो । त्यसमा मैले सबै दही खन्याउँदा त्यो टपरी भरिएन । सबै दही त्यसलाई दिएपछि मेरा दहीका भाँणा खाली भए । घरमा गाली गर्ने डरले म लुकेको हुँ भनेछ । यस पछी उसका दाजुले भनेछन् त्यो देवता पनि हुन सक्छ जा त्यसलाई भेट भने पछि लाटो जोगीलाई भेट्न गयो । जाँदै गर्दा गोठथाप्ला भन्ने स्थानमा जोगी खाना पकाउँदै थिए । खाना पकाउँदा पकाउँदै लाटो त्यहाँ पुगेछ । लाटालाई त्यहाँ देखेपछि जोगीले खाना नखाएर त्यहाँबाट हिडेछन । हिड्दै जाँदा जोगीलाई पानी चिर्खा लागेछ । उल्छेयपानीमा पुगेर पानी खाँन्छु भन्दा पानी नपाएर जोगीले आप्mना घुँडा धसेर पानी निकालेछ र त्यो पानी खाँदा खाँदै लाटो त्यहाँ पुगेछ । लाटो पुग्ना साथ जोगीले थाहा पाएर जोगी त्यहाँबाट हिडेर देउथलादेउली भन्ने स्थानमा पुगेर ठाकुरज्यूको पूजा गर्दा गर्दै लाटो पुगेछ । लाटालाई त्यहाँ देखेपछि जोगी हिँडेछन र लाटो मेरो पछि आँउदा हराउन सक्छ भनि देवल राख्दै गएछन । जोगी विष्टज्यूू महाराज भन्ने स्थानमा पुगेर पूजागर्न थालेछन । त्यहाँ पनि लाटो पुगेछ । त्यहाँबाट देवल राख्दै जाँदा ठाकुर ज्यू महाराज भएको स्थानमा पुगेछन । लाटो पनि त्यही पुगेछ । त्यसपछि जोगी आफु परेवा बनेर ठाकुरज्यू नजिक रहेको पहाडमा बसेछन । त्यहाँ लाटोले जान सकेन परेवा भएको स्थानमा लाटो जाँन खोज्दा आँखा बन्दहुने भए पछि लाटो फर्कन थाल्यो । त्यस पछि जोगी परेवाको रुपमा तल फर्कि आएछन । फर्कि आएपछि भनेछन त यस्तो चीसो ठाउँमा जाडो ठण्डी नभनी आई हालीस अव श्रावण (साउन) पुर्णिमामा मलाई यही आई पुजा गर्नु भनेपछि त्यहाँ ठाकुरज्यू महाराजको पुजाहुन थालेको मानिन्छन । ठाकुरज्यू महाराजले आप्mनो चीनो स्वरुप सुनको हलो र जुवा त्यो लाटालाई दिएछन र भनेछन् तँ मलाई श्रावण पर्णिमामा भेट्न र पुजा गर्न आएस भने पछि लाटो पर्केर घर आएछ । घर फर्कदै गर्दा ठूलाआँखा भन्ने स्थानमा लाटो पुगेछ । त्यहाँ पुगेपछि आचार्यवाडाका मान्छेहरु त्यहाँ घोडी खोज्न गएका रहेछन । घोडी खोज्न जानेले लाटालाई देखेछन् । लाटो सुनको हलो र जुवा दुई हातमा समाती नाईटो नजीक राखेर घर फर्कदै थियो । ती सुनको हलो र जुवा आचार्यवाडाकाहरुले मागेछन् तर लाटाले दिएन नदीएपछी आचार्यवाडाकाहरुले लाटाबाट खोसेछन । त्यस पछि लाटो रुदै घर गएछ । घर आए पछि सबै कुरा आप्mना दाजुलाई भनेछ । उसका दाजुले यदि देवता हो भने ती खोस्नेलाई केहीगरि हाल्ला श्रावण पुर्णिमामा आउ“नु भनेकाले हामीले जानु पर्दछ । यसपछि सुनको हलो र जुवा लुटेर लाने आचार्यवाडा गाउँकाहरु एक दिनमा सात जना मर्नथाले । यस पछि आचार्यवाडाकाहरु त्यहाँ नजाने भए यसको दण्ड स्वरुप आशागुर्ज सजाय दिए पछि आचार्यवाडाकाहरुलाई शान्ति भयो । जुम्लामा यिनै ठाकुरज्यू महाराजलाई कार्तिकेय स्वामी भगवान भन्ने चलन छ । यिनकै नामबाट कार्तिकस्वामी गाविसको नाम रहेको छ । जुम्लामा दाडेमष्टो र थार्पु मष्टोमा बोका र भेडाको बलि हुन्छ भने दुधे शिलो र देउती बजैमा दूध चडाईन्छ । भोनी र भैरव पनि छन । भोनीलाई दूध र भैरवलाई बोका वा भेडाँको बलि दिईन्छ । जुम्लाको बजार क्षेत्रमा नाथ योगीहरुको पनि बसोबास रहेको छ ।

पंरणे र मष्टा देवताको विवाद[सम्पादन गर्ने]

डोटी जिल्ला मान्नाकापडी गाविस अन्तरगतको कापडीको धामी गाउँबाट दुधेमष्टाको बयाँल चाकाकेदारमा आउथ्यो । उता पातल दहबाट समैजीको वयाँल केदारमा आउथ्यो । दिगदना कोरईबाट एक वयाँल (मेलघट्टी) को आउँथ्यो । आएर चाका केदारमा सबै जम्मा भएर ठूलो भेला लगाएर जाँत गर्ने गर्दथे । यी देवताहरुका बीचमा के कारणले हो ऐतिहासिक कालमा विवाद हुन गयो । त्यो विवाद भए पछि कापडी धामी गाउँको वयाँल फक्र्यो । धामी गाउँमा अर्को वर्ष मष्टाको जात्रा त्यहीनै भयो (जाँत पर्वको अष्टमी तिथिमा) त्यस जाँतमा त्यताबाट पँरणे देवताको नाम र शक्तिीले वुरुङ्गी बजाएर त्यसको शक्तिले पिपलको हाँङ्गो टुटेर मष्टाको दाईनो घुम्टाई दियो । त्यो घुम्टो दाईनो कुनै देवताले उठाउन सकेनन् ।उता (धामीगाउँको) चिमल्टेईतो देवता वुरुङ्गीमा पसेर वुरुङ्गी बजाउन वन्द गरिदियो । त्यो विवाद अझसम्म पनि मिलेको छैन अझै पनि देख्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. स्थलगत अध्ययन ,अनुसन्धान ,सम्बन्धित स्थानका व्यक्ति र जानकारहरुबाट लिएको जानकारी अनुसार संकलन |